The post बाढीपीडितको उद्धार र पुनःस्थापनामा सुरक्षा सेवा व्यवसायी संघ मोरङको साथ appeared first on Breaking Nepal.
]]>संघले बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ५१ हजार रुपैयाँ कोषमा जम्मा गरेको हो । विपद्को समयमा सानो भए पनि सामूहिक सहयोगले प्रभावित परिवारलाई राहत पुग्ने भएकाले संघका तर्फबाट सहयोग गरिएको अध्यक्ष तीर्थराज घिमिरेले बताए ।
भोटेकोशी क्षेत्रमा आएको बाढीले जनधनमा क्षति पुर्याएपछि प्रभावितको उद्धारसँगै तत्कालीन राहत र दीर्घकालीन पुनःस्थापनाको आवश्यकता बढेको छ । यस्तो अवस्थामा सरकारी प्रयाससँगै निजी क्षेत्र, व्यावसायिक संघसंस्था तथा सर्वसाधारणबाट प्राप्त सहयोगले राहत व्यवस्थापनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
मोरङबाट विभिन्न क्षेत्रका संघसंस्था तथा व्यक्तिले विपद् प्रभावितका लागि सहयोग घोषणा तथा रकम संकलन गर्दै आएका छन् । सुरक्षा सेवा व्यवसायी संघ मोरङको सहयोग पनि यही अभियानको निरन्तरताका रूपमा आएको हो ।
विपद् प्रभावितको तत्कालीन आवश्यकता पूरा गर्न राहतसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र प्रभावित परिवारको पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने आवाज उठिरहेका बेला सहयोग अभियानले थप गति लिन थालेको छ ।
The post बाढीपीडितको उद्धार र पुनःस्थापनामा सुरक्षा सेवा व्यवसायी संघ मोरङको साथ appeared first on Breaking Nepal.
]]>The post बालप्रतिभा प्रस्फुटनसँगै सामाजिक उत्तरदायित्वमा जोड, पिङ्क लोटसमा बाल दिवस विशेष appeared first on Breaking Nepal.
]]>विद्यालयको एकता बाल क्लबको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिएका थिए । बालबालिकाको क्षमता पहिचान, नेतृत्व विकास र अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।
एकता बाल क्लबकी अध्यक्ष जेनिसा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापा प्रमुख अतिथि थिइन् । कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक रमेश कार्की, प्रधानाध्यापक बाबुराम खड्का, सहायक प्रधानाध्यापक भुवन शाह तथा विद्यालय व्यवस्थापन समितिका शैलेन्द्र न्यौपानेको उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख थापाले बालबालिकाको अधिकार संरक्षणसँगै उनीहरूको प्रतिभा र क्षमतालाई व्यवहारमा ल्याउन विद्यालयस्तरीय क्लब तथा गतिविधि प्रभावकारी हुने बताइन् । बालबालिकालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर उपलब्ध गराउनु उनीहरूको आत्मविश्वास र नेतृत्व विकासका लागि महत्वपूर्ण हुने उनको भनाइ थियो ।
विद्यालयका प्रबन्ध निर्देशक कार्की र प्रधानाध्यापक खड्काले औपचारिक शिक्षासँगै अतिरिक्त गतिविधिलाई पनि प्राथमिकता दिँदै विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालयले जोड दिएको बताए ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति, कला तथा अन्य प्रतिभा प्रदर्शन गरेका थिए । विद्यार्थी, शिक्षक तथा शिक्षिकाको सहभागितामा भएको कार्यक्रमले विद्यालयमा बालमैत्री वातावरण निर्माणसँगै विद्यार्थीको सिर्जनशीलतालाई प्रोत्साहन गरेको विद्यालयले जनाएको छ ।
बाल दिवसको अवसरलाई सामाजिक सेवासँग जोड्दै रसुवाका बाढीपीडितका लागि राहत तथा सहयोग जुटाउन योगदान पुर्याउने विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । सामाजिक समस्याप्रति विद्यार्थीलाई जिम्मेवार बनाउने उद्देश्यले उनीहरूको योगदानको कदर गरिएको विद्यालयले जनाएको छ ।
बाल क्लबमार्फत विद्यार्थीलाई नेतृत्व, सामाजिक उत्तरदायित्व र सिर्जनात्मक गतिविधिमा सहभागी गराउने अभ्यासले विद्यालय शिक्षालाई कक्षाकोठाभन्दा बाहिर पनि विस्तार गरेको देखिएको छ ।
The post बालप्रतिभा प्रस्फुटनसँगै सामाजिक उत्तरदायित्वमा जोड, पिङ्क लोटसमा बाल दिवस विशेष appeared first on Breaking Nepal.
]]>The post चोरीका मोबाइल भारत लैजाँदै गर्दा विराटनगरमा दम्पती प्रहरीको नियन्त्रणमा appeared first on Breaking Nepal.
]]>पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–४ का २२ वर्षीय कृष्ण साह र उनकी २३ वर्षीया पत्नी बबिता बुढाथोकी रहेका छन् ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार शुक्रबार बिहान करिब ८ बजे विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाटबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनीहरूमाथि शंका लागेपछि इलाका प्रहरी कार्यालय रानी तथा रानी सीमाबाट खटिएको प्रहरी टोलीले जाँच गरेको थियो । जाँचका क्रममा विभिन्न कम्पनीका पाँच थान मोबाइल फेला परेपछि दम्पतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद मोबाइलमा रेडमी–७, रेडमी ए–५, सामसुङ, अनर र एप्पलका एक–एक थान रहेका छन् ।
मोबाइलसँगै उनीहरूको साथबाट नेपाली नगद ७ हजार ४ सय ३५ रुपैयाँ र भारतीय नगद १ हजार ८ सय रुपैयाँ पनि बरामद भएको छ ।
चोरीका मोबाइल कहाँबाट ल्याइएको हो भन्ने विषयमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको डीएसपी मिश्रले बताए ।
The post चोरीका मोबाइल भारत लैजाँदै गर्दा विराटनगरमा दम्पती प्रहरीको नियन्त्रणमा appeared first on Breaking Nepal.
]]>The post मोरङ कारागारमा कैदीको मृत्यु, तीन सातादेखि अस्पतालमा उपचाररत थिए भण्डारी appeared first on Breaking Nepal.
]]>धनकुटाको महालक्ष्मी नगरपालिका–९ घर भएका ४१ वर्षीय गोविन्द भण्डारीको शुक्रबार दिउँसो उपचारकै क्रममा मृत्यु भएको हो । उनी विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा लागुऔषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए ।
कारागारका निमित्त प्रशासक तुलसी पौडेलका अनुसार छातीमा समस्या देखिएपछि भण्डारीलाई गत भदौ ५ गते उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि अस्पतालमै राखेर उपचार भइरहेको थियो ।
करिब तीन सातासम्म उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि शुक्रबार दिउँसो करिब ३ बजे चिकित्सकले भण्डारीलाई मृत घोषणा गरेका थिए ।
पौडेलका अनुसार भण्डारीमा फोक्सोसँग सम्बन्धित समस्या देखिएको थियो । त्यससँगै अन्य स्वास्थ्य समस्या समेत देखिएपछि उनको अवस्था गम्भीर बनेको थियो ।
भण्डारी लागुऔषध मुद्दामा अदालतबाट १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिबानाको फैसला भएका कैदी थिए । अदालतको फैसलाअनुसार उनले २०८१ असोज १३ गतेदेखि कैद भुक्तान गरिरहेका थिए ।
उनको कैद अवधि २०९१ साउन १५ गतेसम्म कायम थियो । उपचारका क्रममा मृत्यु भएपछि शव परिवारको जिम्मा लगाइएको कारागार प्रशासनले जनाएको छ ।
The post मोरङ कारागारमा कैदीको मृत्यु, तीन सातादेखि अस्पतालमा उपचाररत थिए भण्डारी appeared first on Breaking Nepal.
]]>The post कोशीका युवा क्रिकेटर खोज्दै विराटनगर किङ्स, ‘ड्रिम टु प्ले’को दोस्रो संस्करण असोज १ देखि appeared first on Breaking Nepal.
]]>विराटनगर किङ्सको आधार तह विकास कार्यक्रमअन्तर्गत सञ्चालन हुने प्रतियोगिताको दोस्रो संस्करण आगामी असोज १ देखि ५ गतेसम्म आयोजना हुनेछ । प्रतियोगिता सेप्टेम्बर १७ देखि २१ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
कोशी प्रदेश क्रिकेट संघअन्तर्गत रहेका पाँच जिल्लाका युवा खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगिता ट्वान्टी–२० ढाँचामा सञ्चालन हुनेछ ।
विभिन्न जिल्लामा रहेका प्रतिभाशाली युवा क्रिकेटरलाई एउटै प्रतिस्पर्धात्मक मञ्चमा ल्याएर आफ्नो क्षमता देखाउने अवसर सिर्जना गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको विराटनगर किङ्सले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिता जितहारमा मात्र सीमित नभई कोशी प्रदेशको आधार तहको क्रिकेटमा सम्भावना बोकेका खेलाडी पहिचान गर्ने अभियानका रूपमा अघि बढाइएको हो ।
प्रतियोगितामार्फत खेलाडीको खेलकौशल, क्षमता, अनुशासन, प्रदर्शन र सम्भावनालाई नजिकबाट मूल्याङ्कन गरिनेछ । यही मूल्याङ्कनका आधारमा उत्कृष्ट खेलाडीमध्येबाट विराटनगर किङ्सको ‘आइकोनिक खेलाडी’ छनोट गरिनेछ ।
‘ड्रिम टु प्ले’को दोस्रो संस्करणले युवा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसरसँगै व्यावसायिक क्रिकेटमा प्रवेशका लागि थप प्रेरणा दिने अपेक्षा गरिएको छ । विशेषगरी आधार तहबाटै प्रतिभा पहिचान गरी उनीहरूको क्षमता विकासमा लगानी गर्ने विराटनगर किङ्सको योजनाले कोशी प्रदेशको क्रिकेट संरचनालाई थप बलियो बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।
किङ्सका अनुसार प्रत्येक युवा खेलाडीले आफ्नो भविष्यसँग जोडिएको एउटा सपना बोकेको हुन्छ । तर प्रतिभालाई अवसरमा बदल्न उचित मञ्च आवश्यक पर्छ । ‘ड्रिम टु प्ले २०२६’ त्यही अवसर सिर्जना गर्ने अभियानका रूपमा अघि बढाइएको हो ।
पाँच जिल्लाबाट आउने युवा खेलाडीबीचको प्रतिस्पर्धाले प्रतियोगितालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ । खेलाडीको प्रदर्शनसँगै उनीहरूको प्रतिस्पर्धात्मक क्षमता, अनुशासन र क्रिकेटप्रतिको समर्पणलाई समेत प्राथमिकतामा राखिनेछ ।
प्रतियोगिताबाट पहिचान हुने उत्कृष्ट प्रतिभाले विराटनगर किङ्ससँग जोडिएर आफ्नो क्रिकेट यात्रालाई थप उचाइमा पुर्याउने अवसर पाउनेछन् । यसले कोशी प्रदेशबाट व्यावसायिक क्रिकेटमा पुग्न चाहने नयाँ पुस्ताका खेलाडीका लागि सम्भावनाको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।

The post कोशीका युवा क्रिकेटर खोज्दै विराटनगर किङ्स, ‘ड्रिम टु प्ले’को दोस्रो संस्करण असोज १ देखि appeared first on Breaking Nepal.
]]>The post बालसुधार गृहदेखि कारागारसम्मको अवस्था सुधार्न सरकारलाई मुख्य न्यायाधिवक्ताको प्रतिवेदन appeared first on Breaking Nepal.
]]>मुख्य न्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा गरेको अनुगमन तथा निरीक्षणका क्रममा देखिएका समस्या र सुधारका उपाय समेटेर प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको छ । मुख्य न्यायाधिवक्ता नारायण वस्तीले शुक्रबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
कार्यालयका अनुसार अनुगमनका क्रममा बालसुधार गृह, कारागार र हिरासतको भौतिक पूर्वाधार, व्यवस्थापन, सुरक्षा अवस्था तथा त्यहाँ रहेका व्यक्तिले प्राप्त गरिरहेका सेवा तथा सुविधाको अध्ययन गरिएको थियो ।
अनुगमनबाट देखिएका समस्या, विद्यमान अवस्थाका साथै सुधारका लागि चाल्नुपर्ने कदमलाई प्रतिवेदनमा समेटिएको छ । सम्बन्धित निकायले तत्काल सुधारका पहल अघि बढाउनुपर्ने विषयमा समेत प्रतिवेदनमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।
कारागार तथा हिरासतमा रहेका व्यक्तिको आधारभूत अधिकार, सेवा सुविधा र सुरक्षित वातावरण सुनिश्चित गर्न आवश्यक सुधारका क्षेत्रमा प्रदेश सरकार र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ ।
मुख्य न्यायाधिवक्ताको कार्यालयले नियमित अनुगमनमार्फत यस्ता संस्थाको वास्तविक अवस्था पहिचान गरी सुधारका लागि सरकारलाई सुझाव दिँदै आएको जनाएको छ । अनुगमनबाट प्राप्त तथ्य र समस्याका आधारमा आगामी दिनमा आवश्यक नीतिगत तथा व्यवस्थापकीय सुधार गर्न सकिने कार्यालयको भनाइ छ ।
प्रतिवेदन हस्तान्तरण कार्यक्रममा कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन उपसचिव, उपन्यायाधिवक्ता तथा सहायक न्यायाधिवक्ताहरू सहभागी थिए ।
The post बालसुधार गृहदेखि कारागारसम्मको अवस्था सुधार्न सरकारलाई मुख्य न्यायाधिवक्ताको प्रतिवेदन appeared first on Breaking Nepal.
]]>The post भोटेकोशी बाढी प्रभावितलाई कांग्रेस विराटनगर–१२ को आर्थिक सहयोग appeared first on Breaking Nepal.
]]>
नेपाली कांग्रेसको विपद् व्यवस्थापन कोषमार्फत बाढी प्रभावितलाई सहयोग गर्ने उद्देश्यले वडा समितिले उक्त रकम पठाएको हो । समितिका पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यबाट संकलन गरिएको रकम कोषमा जम्मा गरिएको वडा सभापति हरिनारायण यादवले जानकारी दिए ।
देशभरका कांग्रेसका विभिन्न तह र संरचनाबाट विपद् व्यवस्थापन कोषमा संकलन हुने रकम एकमुष्ट परिचालन गरी भोटेकोशी बाढी प्रभावितलाई सहयोग गर्ने तयारी केन्द्रीय समितिले गरेको छ ।
बाढीबाट ठूलो जनधनको क्षति भएपछि उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले वडा समितिले आफ्ना सदस्य तथा कार्यकर्ताबाट रकम संकलन गरेको हो ।
यसैबीच, नेपाली कांग्रेस विराटनगर–१२ ले बाढीका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक कार्यक्रमसमेत आयोजना गरेको छ । मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरिएको वडा सचिव ज्ञानेन्द्र खड्काले जानकारी दिए ।
The post भोटेकोशी बाढी प्रभावितलाई कांग्रेस विराटनगर–१२ को आर्थिक सहयोग appeared first on Breaking Nepal.
]]>The post अध्ययनसँगै प्रतिभा खोज्दै मार्टस, फादर्स डेमा विद्यार्थीको गायनदेखि नृत्यसम्म प्रस्तुति appeared first on Breaking Nepal.
]]>विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीले गायन, नृत्य र नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीले आँखामा पट्टी बाँधेर आफ्ना अभिभावक पहिचान गर्ने रोचक गतिविधिसमेत प्रस्तुत गरेका थिए । विद्यार्थी र अभिभावकबीचको सम्बन्धलाई थप आत्मीय बनाउने उद्देश्यले आयोजना गरिएको उक्त गतिविधिले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।
कार्यक्रममा अभिभावक र विद्यार्थीको सामूहिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । सामूहिक नृत्यमा शिक्षक तथा कर्मचारीसमेत सहभागी भएपछि कार्यक्रम थप मनोरञ्जनात्मक बनेको थियो । विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सहभागिताले विद्यालय परिसरमा उत्सवमय वातावरण सिर्जना गरेको थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष सीएम श्रेष्ठले मार्टसका विद्यार्थीलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउने उद्देश्य रहेको बताए । विद्यार्थीलाई प्रदेश तथा देशका विभिन्न स्थानमा आयोजना हुने प्रतियोगितामा सहभागी गराएर आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर उपलब्ध गराइने उनले बताए ।
श्रेष्ठका अनुसार विद्यालयले विद्यार्थीको प्रतिभा पहिचान गर्ने अभियानसमेत सुरु गरेको छ । विद्यार्थीको रुचि र क्षमता पहिचान गरी सम्बन्धित क्षेत्रमा अघि बढ्न आवश्यक वातावरण निर्माण गरिने उनले बताए ।
‘विद्यार्थीमा जुन क्षेत्रमा रुचि र क्षमता छ, त्यही क्षेत्रमा अघि बढ्ने अवसर विद्यालयले सिर्जना गर्छ,’ श्रेष्ठले भने ।
उनले मार्टसका विद्यार्थी अध्ययनमा मात्र नभई खेलकुद, कला, संगीत, नृत्यलगायत अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्षम रहेको बताए । आगामी दिनमा यस्ता प्रतिभालाई प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी गराउने विद्यालयको योजना रहेको उनको भनाइ छ ।
विद्यालयका प्राचार्य विजय डाँगीले परिवारमा पिताको भूमिका र महत्वबारे विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले फादर्स डे कार्यक्रम आयोजना गरिएको बताए । यस्ता कार्यक्रमले विद्यार्थीलाई परिवार, अभिभावक र सम्बन्धको महत्व बुझ्न सहयोग पुग्ने उनको भनाइ छ ।
डाँगीले विद्यालयले पाठ्यक्रममा आधारित शिक्षासँगै विद्यार्थीलाई नैतिकता, अनुशासन र संस्कार सिकाउने कामलाई पनि प्राथमिकतामा राखेको बताए । केवल पाठ्यक्रमको अध्ययनले असल नागरिक निर्माण नहुने भएकाले शिक्षासँगै व्यवहारिक ज्ञान र संस्कार आवश्यक रहेको उनले बताए ।
‘विद्यार्थीलाई असल नागरिक बनाउन अध्ययनसँगै संस्कार, अनुशासन र नैतिक शिक्षा पनि आवश्यक छ,’ डाँगीले भने ।
कार्यक्रममा सहभागी अभिभावकले विद्यालयले विद्यार्थीको प्रतिभा पहिचान र विकासलाई प्राथमिकता दिएको भन्दै प्रशंसा गरेका थिए । अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई समेत महत्व दिँदा विद्यार्थीको आत्मविश्वास, सिर्जनशीलता र नेतृत्व क्षमता विकास हुने उनीहरुको भनाइ थियो ।
विद्यालयले आगामी दिनमा विद्यार्थीको रुचि र क्षमताअनुसार विभिन्न विधामा प्रशिक्षण तथा प्रतियोगितामा सहभागितालाई निरन्तरता दिने जनाएको छ ।
The post अध्ययनसँगै प्रतिभा खोज्दै मार्टस, फादर्स डेमा विद्यार्थीको गायनदेखि नृत्यसम्म प्रस्तुति appeared first on Breaking Nepal.
]]>The post भोजपुर प्रशासनलाई श्रम संस्कृतिको आठ बुँदे सुझाव, घुस र बिचौलिया अन्त्यदेखि बजार अनुगमनसम्म appeared first on Breaking Nepal.
]]>जिल्लास्थित राजनीतिक दलसँग आयोजित भेटघाट कार्यक्रममा श्रम संस्कृति पार्टी भोजपुरका जिल्ला सचिव दिलबहादुर राईले प्रमुख जिल्ला अधिकारी अर्याललाई सुझावपत्र हस्तान्तरण गरेका हुन् ।
गृह मन्त्रालयले सहसचिवको दरबन्दी कटौती गरेपछि उपसचिव अर्याललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर भोजपुर पठाएको हो । केही दिनअघि मात्र जिल्लामा आएका अर्यालले राजनीतिक दलका प्रतिनिधिसँग जिल्लाको शान्ति सुरक्षा, सेवा प्रवाह तथा समसामयिक विषयमा छलफल गरेका थिए ।
पार्टीले जिल्लाको शान्ति–सुरक्षा प्रभावकारी बनाउँदै अपराध, गुण्डागर्दी तथा अवैध गतिविधिमाथि कडाइ गर्न माग गरेको छ । प्रशासनिक क्षेत्रमा हुने भ्रष्टाचार, कमिसन, बिचौलियाको प्रभाव र राजनीतिक संरक्षण अन्त्य गर्न प्रभावकारी कदम चाल्नुपर्ने उसको सुझाव छ ।
सरकारी सेवा लिन नागरिकले घुस, पहुँच र अनावश्यक झन्झट बेहोर्नुपर्ने अवस्था अन्त्य गरी सेवा प्रवाहलाई सहज, पारदर्शी र नागरिकमैत्री बनाउन पनि पार्टीले आग्रह गरेको छ ।
महिला, दलित, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दुर्गम क्षेत्रका नागरिकलाई सरकारी सेवा प्राप्तिमा समान र सहज पहुँच सुनिश्चित गर्नुपर्ने सुझावमा उल्लेख छ । बजारमा हुने कालोबजारी, कृत्रिम अभाव तथा उपभोक्ता ठगी नियन्त्रणका लागि नियमित र प्रभावकारी बजार अनुगमन गर्न पनि पार्टीले माग गरेको छ ।
त्यसैगरी जिल्लाका सडक, यातायात, स्वास्थ्य, शिक्षा, खानेपानीलगायत सार्वजनिक सेवासँग जोडिएका समस्या पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गरेर समाधान गर्नुपर्ने सुझाव दिइएको छ । नागरिकका गुनासा प्रत्यक्ष सुन्न नियमित सार्वजनिक सुनुवाइ र जनतासँग प्रत्यक्ष संवादको व्यवस्था गर्न पनि पार्टीले आग्रह गरेको छ ।
प्रशासनिक निर्णय गर्दा कुनै राजनीतिक दल, व्यक्ति वा शक्तिको दबाबमा नभई कानुन र जनहितलाई प्राथमिकता दिनुपर्नेमा पनि श्रम संस्कृति पार्टीले जोड दिएको छ ।
प्रमुख जिल्ला अधिकारीसँगको भेटघाटमा जिल्लामा क्रियाशील अन्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

The post भोजपुर प्रशासनलाई श्रम संस्कृतिको आठ बुँदे सुझाव, घुस र बिचौलिया अन्त्यदेखि बजार अनुगमनसम्म appeared first on Breaking Nepal.
]]>The post पति हत्या गरी आत्महत्याको नाटक, आमाछोरा पक्राउ appeared first on Breaking Nepal.
]]>मिक्लाजुङ गाउँपालिका–३ आहालेकी ४३ वर्षीया महिला र उनका १७ वर्षीय छोरा पक्राउ परेका हुन् । उनीहरूमाथि ४८ वर्षीय इन्द्रकुमार दमाईको हत्या गरी घटनालाई आत्महत्याजस्तो देखाउन शव व्यवस्थापन गरेको आरोप छ ।
दमाई भदौ २० गते छिमेकी इन्द्र राईको पाखाबारीमा मृत अवस्थामा फेला परेका थिए । शवको घाँटीमा कपडाको सलको पासो लगाइएको थियो भने निधारलगायत शरीरका विभिन्न भागमा धारिलो वस्तुले प्रहार गरेको जस्तो चोट देखिएको थियो ।
घटनास्थलको अवस्था र शवमा देखिएको चोटपटकका आधारमा प्रहरीले सुरुदेखि नै घटनालाई शंकास्पद मानेर अनुसन्धान अघि बढाएको थियो । प्रारम्भिक अनुसन्धानमै दमाईले आत्महत्या गरेको नभई उनको हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार अनुसन्धानका क्रममा आमाछोराले दमाईलाई आफ्नै घरमा बन्चरो र दाउले प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् । हत्या गरेपछि घटनालाई आत्महत्याको रूप दिन घरनजिकै रहेको आल्चाको रुखमा शव झुन्ड्याइएको उनीहरूले प्रहरीसमक्ष बताएका छन् ।
त्यसपछि शवलाई रुखबाट निकालेर करिब पाँच सय मिटर तल रहेको भिरपाखामा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनामा प्रयोग भएको बन्चरोसहित केही हतियारसमेत प्रहरीले बरामद गरेको छ । घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले शव फेला परेको स्थानदेखि मृतकको घर र शव व्यवस्थापन गरिएको भनिएको स्थानसम्म अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीका अनुसार मृतक दमाईको काजकिरिया भदौ २३ गते सकिएको थियो । अनुसन्धानका क्रममा भदौ २४ गते घटनासम्बन्धी थप तथ्य खुलेपछि उनकी श्रीमती र छोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले बताए ।
पक्राउ परेका दुवै जनालाई भदौ २५ गते पाँचथर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । घटनाको कारण तथा हत्यामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
The post पति हत्या गरी आत्महत्याको नाटक, आमाछोरा पक्राउ appeared first on Breaking Nepal.
]]>The post सुत्केरी हुन अस्पताल पुगेकी महिलाले सडकमा बच्चा जन्माएको घटनामाथि तोसिमाको प्रश्न appeared first on Breaking Nepal.
]]>The post सुत्केरी हुन अस्पताल पुगेकी महिलाले सडकमा बच्चा जन्माएको घटनामाथि तोसिमाको प्रश्न appeared first on Breaking Nepal.
]]>The post ‘पसलमा ग्यास छ, उपभोक्तालाई बिक्री छैन’ : आशिका तामाङ appeared first on Breaking Nepal.
]]>The post ‘पसलमा ग्यास छ, उपभोक्तालाई बिक्री छैन’ : आशिका तामाङ appeared first on Breaking Nepal.
]]>The post भोटेकोशी बाढीपछि अन्तर्राष्ट्रिय सहयोगमा जोड, न्युजील्याण्डसँग शाहको टेलिफोन वार्ता appeared first on Breaking Nepal.
]]>The post भोटेकोशी बाढीपछि अन्तर्राष्ट्रिय सहयोगमा जोड, न्युजील्याण्डसँग शाहको टेलिफोन वार्ता appeared first on Breaking Nepal.
]]>The post तीन वर्षीया बालिका हत्या प्रकरणमा अदालतको आदेश : मुख्य प्रतिवादी धरौटीमा छुट्ने appeared first on Breaking Nepal.
]]>बिहीबार न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले चौधरीलाई तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने अवस्था नरहेको निष्कर्षसहित धरौटी माग गरेको हो । अदालतले २० हजार रुपैयाँ नगद धरौटी वा सो बराबरको जमानत तथा बैंक जमानत लिएर उनलाई तारिखमा राख्ने आदेश दिएको छ ।
तर अदालतले चौधरी घटनामा संलग्न छैनन् भन्ने निष्कर्ष भने निकालेको छैन । मिसिलमा संलग्न जाहेरी, घटनास्थलसम्बन्धी कागजात, विभिन्न व्यक्तिले दिएको घटनाविवरण तथा बालिकाको शव भेटिएको घरमा विद्युत् लाइन जडान गरेको चौधरीको स्वीकारोक्तिलाई तत्काल प्राप्त प्रमाणका रूपमा अदालतले लिएको छ ।
उपलब्ध प्रमाणले उनीमाथि लगाइएको अभियोगबाट तत्कालै पूर्ण रूपमा अलग हुने अवस्था नदेखाए पनि मुद्दाको अन्तिम टुंगो नलागेसम्म थुनामै राख्नुपर्ने पर्याप्त आधार नदेखिएको अदालतको ठहर छ । थप प्रमाण बुझ्दै जाँदा अभियोग पुष्टि वा खण्डन हुने अवस्था सोहीअनुसार कानुनबमोजिम निर्धारण हुने आदेशमा उल्लेख छ ।
प्रकरणमा अभियोग लागेका इन्द्रजीत चौधरी, बबिता चौधरी, ममता चौधरी, पुष्पा चौधरी, नविन विक, टेकबहादुर थापा मगर, शेष हस्मुदिन आलम, सविता चौधरी र बिन्दु देवी चौधरीलाई भने अदालतले साधारण तारिखमा राखेको छ ।
उनीहरूले बयानका क्रममा आरोप अस्वीकार गरेका थिए । उनीहरू मुख्य कसूरमा सहयोगी बनेको वा घटनासँग सम्बन्धित प्रमाण नष्ट गरेको देखाउने तत्काल प्राप्त पर्याप्त प्रमाण नदेखिएको भन्दै अदालतले उनीहरूसँग धरौटीसमेत मागेन ।
बालिकाको परिवारले भने घटनामा एकभन्दा बढी व्यक्तिको संलग्नता रहेको दाबी गर्दै अपहरण गरी शरीर बन्धक बनाएर जबरजस्ती करणीपछि हत्या गरिएको आरोपमा जाहेरी दिएको थियो । सोही जाहेरीका आधारमा उनीहरूसहितका व्यक्तिविरुद्ध मुद्दा अघि बढाइएको हो ।
यस प्रकरणमा अदालतले तत्काल उपलब्ध प्रमाण र प्रतिवादीहरूको बयानका आधारमा थुनछेकसम्बन्धी आदेश गरेको हो । मुद्दाको सुनुवाइका क्रममा थप प्रमाण तथा साक्षी बुझ्दै जाँदा प्रतिवादीहरूको कानुनी दायित्वबारे अन्तिम फैसला हुने अदालतले स्पष्ट गरेको छ ।
घटनामा संलग्न भनिएका केही प्रतिवादी अझै फरार रहेकाले उनीहरूको हकमा कानुनअनुसार म्याद जारी गरी अनुसन्धान तथा अदालती प्रक्रिया अघि बढाउन पनि अदालतले आदेश दिएको छ ।
The post तीन वर्षीया बालिका हत्या प्रकरणमा अदालतको आदेश : मुख्य प्रतिवादी धरौटीमा छुट्ने appeared first on Breaking Nepal.
]]>The post भोटेकोशी बाढीपीडितलाई बटेश्वर गाउँपालिकाले २० लाख ३० हजार दिने appeared first on Breaking Nepal.
]]>विपद्का बेला स्थानीय तहको स्रोत परिचालनसँगै जनप्रतिनिधि र कर्मचारीको तलबबाट समेत रकम कट्टा गरी सहयोग गर्ने निर्णय गाउँपालिकाले गरेको छ । बटेश्वर गाउँपालिकाको विपद् कोषमा रहेको रकम तथा जनप्रतिनिधि, कर्मचारी, शिक्षक र विद्यालय कर्मचारीको तलबबाट रकम जुटाइनेछ ।
गाउँपालिकाका अनुसार विपद् कोषबाट ५ लाख रुपैयाँ उपलब्ध गराइनेछ । त्यस्तै, जनप्रतिनिधिको तलबभत्ताबाट १ लाख १ हजार १७८ रुपैयाँ र कर्मचारीको तलबबाट ५ लाख ४८ हजार ७६८ रुपैयाँ कट्टा गरिनेछ ।
यसैगरी शिक्षक तथा विद्यालय कर्मचारीको तलबबाट ८ लाख ८० हजार ६०८ रुपैयाँ संकलन गरिने गाउँपालिकाले जनाएको छ । यी सबै रकम जोड्दा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख ३० हजार ५५४ रुपैयाँ दाखिला हुनेछ ।
भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको र प्रभावितको उद्धार तथा राहतका लागि स्रोतको आवश्यकता रहेकाले गाउँपालिकाले आफ्नो तर्फबाट सहयोग गर्ने निर्णय गरेको हो ।
The post भोटेकोशी बाढीपीडितलाई बटेश्वर गाउँपालिकाले २० लाख ३० हजार दिने appeared first on Breaking Nepal.
]]>The post विदेशी मुद्राको विनिमयदरमा नयाँ दर सार्वजनिक, कुन विदेशी मुद्राको विनिमयदर कति ? appeared first on Breaking Nepal.
]]>राष्ट्र बैंकका अनुसार युरोपियन युरोको खरिददर प्रतियुरो १७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७८ रुपैयाँ २ पैसा कायम भएको छ । युके पाउन्ड स्ट्रलिङको खरिददर २०६ रुपैयाँ ५३ पैसा र बिक्रीदर २०७ रुपैयाँ ३४ पैसा पुगेको छ । स्वीस फ्र्याङ्कको खरिददर १८८ रुपैयाँ ६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८० पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलरको खरिददर १०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३२ पैसा रहेको छ । क्यानेडियन डलरको खरिददर ११० रुपैयाँ ३७ पैसा र बिक्रीदर ११० रुपैयाँ ८० पैसा तोकिएको छ । सिङ्गापुर डलरको खरिददर १२० रुपैयाँ ४७ पैसा र बिक्रीदर १२० रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ । चिनियाँ युआनको खरिददर प्रतियुआन २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा रहेको छ ।
त्यस्तै, साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा तोकिएको छ । कतारी रियालको खरिददर ४१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
थाई भाटको खरिददर ४ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४ रुपैयाँ ६५ पैसा रहेको छ । संयुक्त अरब इमिरेट्सको दिरामको खरिददर ४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६६ पैसा तोकिएको छ । मलेसियन रिङ्गेटको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।
दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११ रुपैयाँ ४० पैसा रहेको छ । स्विडिस क्रोनरको खरिददर १५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५ रुपैयाँ ९४ पैसा तथा डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ ७२ पैसा र बिक्रीदर २३ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।
हङकङ डलरको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा रहेको छ । कुवेती दिनारको खरिददर ४९७ रुपैयाँ २ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९७ पैसा पुगेको छ । बहराइन दिनारको खरिददर ४०४ रुपैयाँ २४ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ८४ पैसा तथा ओमानी रियालको खरिददर ३९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।
The post विदेशी मुद्राको विनिमयदरमा नयाँ दर सार्वजनिक, कुन विदेशी मुद्राको विनिमयदर कति ? appeared first on Breaking Nepal.
]]>The post साहित्य र पत्रकारिताका अग्रणी मोतीराम भट्टको जन्मजयन्ती मनाइँदै appeared first on Breaking Nepal.
]]>विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मिएका भट्टको १६१औँ जन्मजयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संघसंस्थाले कार्यक्रम आयोजना गर्दै छन् ।
नेपाली साहित्यमा भानुभक्त आचार्यको योगदानलाई उजागर गर्न मोतीरामले खेलेको भूमिका विशेष मानिन्छ । उनले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए । भानुभक्तका रचनालाई खोजी, संकलन र प्रकाशनमार्फत व्यापक बनाउन मोतीरामले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
साहित्य सिर्जनासँगै मोतीरामले नेपालमा छापाखाना भित्र्याउनसमेत महत्वपूर्ण भूमिका खेले । छापाखानाको स्थापनासँगै पुस्तक तथा साहित्यिक सामग्री प्रकाशनको क्रम विस्तार भएको थियो । यही प्रकाशन गतिविधिले नेपालमा पत्रकारिताको विकासका लागि समेत आधार तयार गरेको मानिन्छ ।
मोतीरामको साहित्यिक योगदान भने उनको छोटो जीवनकालभन्दा निकै लामो प्रभाव पार्ने खालको देखिन्छ । नेपाली गजलको विकास, शृंगारिक काव्यधारा र साहित्यिक पत्रकारितालाई गति दिन उनले खेलेको भूमिका नेपाली साहित्य इतिहासमा महत्वपूर्ण मानिन्छ ।
विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएका मोतीरामले छोटो समयमै नेपाली साहित्यमा उल्लेखनीय छाप छाडेका थिए । उनको जन्मजयन्तीलाई नेपाली साहित्यको विकासक्रममा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वको स्मरण गर्ने अवसरका रूपमा लिइँदै आएको छ ।
जन्मजयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्ले आज दिउँसो २ बजे कवि सम्मेलन आयोजना गर्दै छ । सोही अवसरमा ‘युवा वर्ष मोती पुरस्कार’ समेत वितरण गरिने जनाइएको छ ।
विभिन्न साहित्यिक संस्था तथा प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममार्फत मोतीरामको साहित्यिक योगदान, नेपाली भाषाको विकासमा उनको भूमिका तथा प्रकाशन र पत्रकारिताको क्षेत्रमा उनले पुर्याएको योगदानको चर्चा गरिनेछ ।
The post साहित्य र पत्रकारिताका अग्रणी मोतीराम भट्टको जन्मजयन्ती मनाइँदै appeared first on Breaking Nepal.
]]>The post आज कुशेऔँसी, जीवित बाबुको सम्मान र दिवंगत पितृको सम्झना appeared first on Breaking Nepal.
]]>धार्मिक मान्यताअनुसार शास्त्रोक्त विधिबाट ब्राह्मणले पूजा गरी उखेलेको कुश घरमा भित्र्याएर राख्दा परिवारमा सुख, शान्ति र कल्याण हुने विश्वास छ । आज उखेलिएको कुश वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गर्न सकिने मान्यता छ भने अन्य दिन उखेलिएको कुश सोही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय व्यवस्था रहेको प्रा।डा। देवमणि भट्टराईले बताए ।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा मान्ने गर्छन् । धार्मिक विश्वासअनुसार सृष्टिकर्ता ब्रह्माले विवेकशील प्राणीको सृष्टिसँगै पवित्र कुशको पनि उत्पत्ति गरेका थिए । त्यसैले कुशलाई देवकार्य र पितृकार्य दुवैमा महत्वपूर्ण मानिन्छ ।
कुशेऔँसीलाई बाबुको सम्मान गर्ने दिनका रूपमा समेत लिइन्छ । यस दिन छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन खुवाएर श्रद्धा र सम्मान प्रकट गर्छन् । बाबुको हातबाट आशीर्वाद लिने तथा परिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा पनि छ ।
बाबु दिवंगत भइसकेकाले भने विभिन्न तीर्थस्थलमा पुगेर पितृका नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने गर्छन् । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार जीवित बाबुको सेवा र सम्मान तथा दिवंगत पितृको स्मरणलाई समान महत्व दिइन्छ ।
गोकर्णेश्वरमा विशेष मेला
कुशेऔँसीका अवसरमा काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज विशेष मेला लाग्दैछ । उत्तरगया भनेर चिनिने गोकर्णेश्वरमा दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्न देशका विभिन्न स्थानबाट श्रद्धालु पुग्ने गर्छन् ।
यही कारण कुशेऔँसीलाई गोकर्णेऔँसीका नामले समेत चिनिन्छ । गोकर्णेश्वरमा पितृकार्य गर्नेको भीड लाग्ने भएकाले मन्दिर परिसरमा आवश्यक तयारी पूरा गरिएको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष तथा मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले बताए ।
गोकर्णेश्वरमा पितृको सम्झनामा गरिने तर्पण, पिण्डदान र सिदादानलाई विशेष धार्मिक महत्वका साथ लिइन्छ । बाबुको निधन भएका परिवारका सदस्यले गोकर्णमा पुगेर पितृकार्य गर्दा पुण्य प्राप्त हुने र कुल स्थिर हुने धार्मिक विश्वास छ ।
बेत्रावतीमा बाढीले अन्योल
रसुवा र नुवाकोटको संगमस्थल बेत्रावतीमा पनि कुशेऔँसीका अवसरमा पितृकार्यका लागि श्रद्धालु पुग्ने गर्छन् । दिवंगत पितृका नाममा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा रहेको बेत्रावतीमा यस वर्ष भने भोटेकोसी नदीमा आएको बाढीका कारण मेला सञ्चालन हुने–नहुने विषयमा अन्योल छ ।
कुशेऔँसीमा गरिने दान, तर्पण तथा पितृकार्यलाई धार्मिक रूपमा विशेष फलदायी मानिन्छ । ‘बुद्धोक्त पाराजिकाय’ नामक धर्मग्रन्थमा बाबु परलोक भइसकेपछि गोकर्ण वा अन्य तीर्थस्थलमा पुगेर तर्पण तथा सिदादान गर्दा पुण्य प्राप्त हुने उल्लेख रहेको धार्मिक क्षेत्रका जानकार बताउँछन् ।
यस दिन थोरै दान गरे पनि त्यसको फल धेरै गुणा प्राप्त हुने धार्मिक विश्वास छ । त्यसैले कुशेऔँसीलाई पितृसम्मानसँगै दान, तर्पण र पुण्य आर्जनको महत्वपूर्ण पर्वका रूपमा मनाउने गरिन्छ ।
The post आज कुशेऔँसी, जीवित बाबुको सम्मान र दिवंगत पितृको सम्झना appeared first on Breaking Nepal.
]]>The post कटहरीका ३ सय विद्यार्थीको निःशुल्क दन्त परीक्षण, ६० जनालाई उपचारका लागि सिफारिस appeared first on Breaking Nepal.
]]>
कार्यक्रममा करिब ३०० विद्यार्थीको दाँत परीक्षण गर्नुका साथै दाँत तथा मुखको सरसफाइ, नियमित दन्त परीक्षण र दाँतको उचित हेरचाहका विषयमा जानकारी दिइएको थियो । दन्त चिकित्सक डा. दीपेन्द्र नौलखा र डा. नुतन नौलखाले परीक्षण गरेका थिए ।

दन्त स्वास्थ्यसम्बन्धी समस्या हुन नदिन अपनाउनुपर्ने सावधानीका विषयमा विद्यार्थीलाई चिकित्सक तथा स्वास्थ्यकर्मीले जानकारी दिएका थिए । कार्यक्रममा सहभागी विद्यार्थीलाई आवश्यक दन्त सरसफाइ सामग्रीसमेत उपलब्ध गराइएको थियो ।

परीक्षणका क्रममा दाँतमा थप उपचार आवश्यक देखिएका करिब ६० विद्यार्थीलाई उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने व्यवस्था गरिएको जनाइएको छ ।
कार्यक्रममा दन्त चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो । उनीहरूले बालबालिकाको दन्त स्वास्थ्यलाई विद्यालय तहदेखि नै प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।
आयोजकका अनुसार विद्यालयमा पुगेर सञ्चालन गरिने यस्ता कार्यक्रमले विद्यार्थीमा दाँत तथा मुखको स्वास्थ्यप्रति व्यवहारिक सचेतना बढाउनुका साथै समयमै समस्या पहिचान र उपचारमा सहयोग पुग्नेछ ।
The post कटहरीका ३ सय विद्यार्थीको निःशुल्क दन्त परीक्षण, ६० जनालाई उपचारका लागि सिफारिस appeared first on Breaking Nepal.
]]>The post रसुवा विपत्तिमा तेरापन्थी समाजको मानवीय पहल, उद्धार कोषमा ५ लाख ११ हजार सहयोग appeared first on Breaking Nepal.
]]>श्री जैन श्वेताम्बर तेरापन्थी सभाको पहलमा संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । सहयोग रकमको भौचर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालालाई हस्तान्तरण गरिएको छ ।
रकम हस्तान्तरण कार्यक्रममा श्री जैन श्वेताम्बर तेरापन्थी सभाका संयोजक मालचन्द सुराना, पूर्वअध्यक्ष विजयराज डागा र दिनेश गोल्छा, तेरापन्थ व्यावसायिक मञ्चका अध्यक्ष पंकज जैन, अणुव्रत समितिका महासचिव दिपेन्द्र दुगड, सभाका सदस्यहरू विजय पारख, निर्मल कोचर, फूलकुमार लालवानी, सञ्जय दुगड़, सुरेन्द्र नौलखा तथा अमित सुरानाको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले विपत्तिका बेला पीडितको राहत तथा उद्धारका लागि तेरापन्थी समाजले गरेको सहयोग सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरण भएको बताए । उनले विपत्तिमा प्रभावित नागरिकलाई सहयोग गर्न अघि सरेको तेरापन्थी समाजप्रति आभार व्यक्त गरे ।
सहयोग संकलन अभियानमा विराटनगरका तेरापन्थी समाजसँगै तेरापन्थ महिला मण्डल, तेरापन्थ युवक परिषद्, तेरापन्थ व्यावसायिक मञ्च र अणुव्रत समितिको विशेष सहभागिता रहेको थियो ।
तेरापन्थी समाजले प्राकृतिक विपत्तिमा परेका नागरिकको राहत र पुनःस्थापनामा सहयोग गर्नु सामाजिक दायित्व भएको जनाएको छ । आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार मानवीय तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने समाजको प्रतिबद्धता छ ।
The post रसुवा विपत्तिमा तेरापन्थी समाजको मानवीय पहल, उद्धार कोषमा ५ लाख ११ हजार सहयोग appeared first on Breaking Nepal.
]]>The post इन्जिनियर दीपक साह बने उद्योगमन्त्री, २३ वर्षको जलविद्युत् अनुभव अब मन्त्रालयमा appeared first on Breaking Nepal.
]]>यसअघि उक्त मन्त्रालय सम्हाल्दै आएकी गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले साहलाई दिएका हुन् । राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिले साहलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
प्राविधिक पृष्ठभूमिका साह अब उद्योग, वाणिज्य र आपूर्तिसँग जोडिएका नीतिगत तथा व्यवस्थापकीय जिम्मेवारीको केन्द्रमा रहनेछन् । औद्योगिक उत्पादन विस्तार, लगानी प्रवर्द्धन, व्यापार सहजीकरण, आपूर्ति व्यवस्थापन तथा निजी क्षेत्रसँगको समन्वय उनको कार्यकालका प्रमुख चुनौतीका रूपमा रहनेछन् ।
साहले सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा प्रथम श्रेणीमा स्नातक गरेका हुन् । उनले सन् २०२५ मा नेपाल खुला विश्वविद्यालयबाट प्राकृतिक स्रोत विकास विषयमा प्रथम श्रेणीमै स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।
संसदीय राजनीतिमा आउनुअघि साहले जलविद्युत् क्षेत्रमा करिब २३ वर्ष काम गरेका थिए । ऊर्जा क्षेत्रको प्राविधिक तथा व्यवस्थापकीय अनुभवलाई उनले संसद्मा समेत विकास र ऊर्जा नीतिसम्बन्धी बहसमा प्रयोग गर्दै आएका थिए ।
साहको राजनीतिक यात्रा भने विभिन्न दल हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीसम्म पुगेको हो । उनले सर्वोदय पार्टी र जनस्वराज पार्टीको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि सिके राउत नेतृत्वको जनमत पार्टीको उपाध्यक्षका रूपमा समेत काम गरेका साह पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुनसरी–४ मा निर्वाचित भएका हुन् ।
प्राविधिक ज्ञान, प्राकृतिक स्रोत विकाससम्बन्धी उच्च शिक्षा र जलविद्युत् क्षेत्रको लामो व्यावसायिक अनुभव भएका साहलाई उद्योग मन्त्रालयको जिम्मेवारी प्राप्त हुनु अर्थपूर्ण मानिएको छ । यद्यपि ऊर्जा र जलविद्युत् क्षेत्रको अनुभवलाई उद्योग, व्यापार तथा आपूर्तिका फराकिला क्षेत्रमा कसरी रूपान्तरण गर्छन् भन्ने विषय उनको कार्यकालको मुख्य परीक्षा हुनेछ ।
मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा साहसामु औद्योगिक क्षेत्रको सुस्तता हटाउने, उत्पादन लागत घटाउने, स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउने र आयातमा निर्भर आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउने चुनौतीसमेत छन् । निजी क्षेत्रको विश्वास जित्दै नीतिगत सुधारलाई व्यवहारमा उतार्नु उनका लागि तत्कालीन प्राथमिकतामध्ये एक हुनेछ ।
The post इन्जिनियर दीपक साह बने उद्योगमन्त्री, २३ वर्षको जलविद्युत् अनुभव अब मन्त्रालयमा appeared first on Breaking Nepal.
]]>The post राप्रपा भोजपुरमा नयाँ नेतृत्व : जनक नेपालको नेतृत्वमा १२ सदस्यीय जिल्ला समिति गठन appeared first on Breaking Nepal.
]]>जिल्ला सदरमुकाममा बिहीबार सम्पन्न जिल्ला अधिवेशनले नेपाललाई अध्यक्षमा चयन गर्दै नयाँ जिल्ला नेतृत्व गठन गरेको हो । अधिवेशनबाट १२ सदस्यीय जिल्ला कार्यसमिति समेत चयन भएको छ ।
नवनिर्वाचित जिल्ला कार्यसमितिको उपाध्यक्षमा पूर्णबहादुर खत्री, सचिवमा रोशन मोक्तान र कोषाध्यक्षमा गौरव तिवारी चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा बद्रीनाथ श्रेष्ठ, पुरुषोतम दाहाल, विज्ञान न्यौपाने, निर्मला दर्जी, सीताराम खत्री, यामबहादुर बस्नेत, शर्मिला श्रेष्ठ र खड्गबहादुर श्रेष्ठ चयन भएका छन् ।
अधिवेशनले पार्टीको प्रदेश ‘क’ अध्यक्षमा बमबहादुर भुजेल र प्रदेश ‘ख’ अध्यक्षमा प्रमोदकुमार कार्कीलाई चयन गरेको छ ।
राप्रपा कोशी प्रदेशका अध्यक्ष राम थापाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा जिल्लाका पार्टी नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
नयाँ नेतृत्व चयनसँगै भोजपुरमा संगठन विस्तार, पार्टीको राजनीतिक गतिविधि सुदृढ गर्ने तथा आगामी गतिविधिलाई थप प्रभावकारी बनाउने जिम्मेवारी नयाँ जिल्ला कार्यसमितिमा आएको छ ।
The post राप्रपा भोजपुरमा नयाँ नेतृत्व : जनक नेपालको नेतृत्वमा १२ सदस्यीय जिल्ला समिति गठन appeared first on Breaking Nepal.
]]>The post कानून शिक्षामा व्यावहारिक सीपसँगै गहिरो अध्ययनमा जोड appeared first on Breaking Nepal.
]]>कार्यक्रममा कलेज प्रमुख तथा वरिष्ठ अधिवक्ता चुडामणि आचार्यले कानून शिक्षा अन्य विषयको अध्ययनभन्दा व्यावहारिक र जिम्मेवारीपूर्ण भएकाले विद्यार्थीले अध्ययनमा विशेष लगनशीलता देखाउनुपर्ने बताए । कानूनका विषयवस्तुलाई सतही रूपमा बुझेर मात्र व्यावसायिक क्षेत्रमा प्रभावकारी रूपमा अघि बढ्न नसकिने भन्दै उनले नियमित अध्ययनसँगै विषयको गहिराइमा पुग्न विद्यार्थीलाई आग्रह गरे ।
कानून शिक्षालाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नगरी व्यवहारिक तथा सीपमूलक बनाउन कलेजले प्राथमिकता दिँदै आएको आचार्यले बताए । कानून अध्ययनपछि व्यावसायिक क्षेत्रमा प्रवेश गर्ने विद्यार्थीका लागि कानूनी ज्ञानसँगै बहस, विश्लेषण, लेखन तथा व्यवहारिक कार्यसम्पादनसम्बन्धी सीप आवश्यक पर्ने भएकाले त्यसतर्फ कलेजले विशेष ध्यान दिएको उनको भनाइ छ ।
बीएएलएलबीको नयाँ पाठ्यक्रम चालु शैक्षिक सत्रदेखि सेमेस्टर प्रणालीमा लागू भएको कलेजले जनाएको छ । नयाँ पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गर्दा शैक्षिक गतिविधिलाई थप व्यवस्थित, व्यावहारिक र प्रभावकारी बनाउने प्रयास भइरहेको आचार्यले बताए ।
कलेजमा चालु शैक्षिक सत्रका लागि बीएएलएलबीमा विद्यार्थी भर्ना जारी रहेको छ । यस वर्ष करिब ८० जना विद्यार्थी भर्ना हुने अपेक्षा गरिएको आचार्यले जानकारी दिए ।
कोशी प्रदेशका विभिन्न जिल्लाका साथै अन्य प्रदेशबाट समेत विद्यार्थी कानून अध्ययनका लागि ब्राइट भिजन ल कलेज आउने गरेका छन् । कलेजका अनुसार सन् २०१० मा स्थापना भएको ब्राइट भिजन ल कलेज काठमाडौं उपत्यकाबाहिर सञ्चालनमा आएको पहिलो कानून कलेज हो ।
अभिमुखीकरण कार्यक्रममा नयाँ पाठ्यक्रमको संरचना, सेमेस्टर प्रणालीअन्तर्गतको अध्ययन पद्धति, शैक्षिक अनुशासन, नियमित अध्ययन तथा कानून शिक्षामा आवश्यक व्यावसायिक दक्षताबारे विद्यार्थीलाई जानकारी गराइएको थियो । कार्यक्रममा कलेजका शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो ।
The post कानून शिक्षामा व्यावहारिक सीपसँगै गहिरो अध्ययनमा जोड appeared first on Breaking Nepal.
]]>The post एशियन पेन्ट्स यू–१८ फुटबलमा अर्किड र कान्तिपुरको विजयी सुरुआत appeared first on Breaking Nepal.
]]>प्रतियोगिताको पहिलो दिन भएका दुई खेलमा अर्किडले डिपिएसलाई २–० गोलले तथा कान्तिपुरले एभरेस्ट स्कुललाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेका हुन् ।
पहिलो खेलमा अर्किडले सुरुदेखि नै आक्रामक र प्रभावशाली खेल प्रदर्शन गर्दै डिपिएसमाथि दबाब बनाएको थियो । खेलको दुवै हाफमा आफ्नो पकड कायम राखेको अर्किडका लागि रोहन पासवान र बिकेस बिस्वासले एक–एक गोल गरे ।
दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल भए पनि अर्किडले प्राप्त अवसरलाई सदुपयोग गर्दै दुई गोलको अग्रता बनाएको थियो । त्यसपछि डिपिएसले खेलमा फर्कने प्रयास गरे पनि अर्किडको रक्षापंक्ति तोड्न सकेन ।
पहिलो दिनको दोस्रो खेलमा भने कान्तिपुरले एभरेस्टमाथि एकतर्फी दबदबा कायम गर्यो । कान्तिपुरले सुरुआतदेखि नै आक्रामक शैली अपनाउँदै एभरेस्टमाथि लगातार दबाब सिर्जना गरेको थियो ।
कान्तिपुरको फराकिलो जितमा सिद्धार्थ गुरुङले दुई गोल गरे । राजन मण्डल, प्रज्ज्वल ठकुरी र रोहित सरदारले एक–एक गोल थपे । कान्तिपुरका खेलाडीले मैदानको अधिकांश समय बलमाथि नियन्त्रण राख्दै एभरेस्टलाई खेलमा फर्कने अवसरसमेत दिएनन् ।
प्रतियोगिताको दोस्रो दिन चार खेल हुने आयोजकले जनाएको छ । अन्तरविद्यालय यू–१८ फुटबल प्रतियोगितामा विभिन्न विद्यालयका टोलीको सहभागिता रहेको छ ।
The post एशियन पेन्ट्स यू–१८ फुटबलमा अर्किड र कान्तिपुरको विजयी सुरुआत appeared first on Breaking Nepal.
]]>The post तीन जिल्लाका ६ पालिका समेटेर वृहत्तर बराहक्षेत्र विकास समिति सक्रिय appeared first on Breaking Nepal.
]]>सुनसरी, उदयपुर र धनकुटाका तीन जिल्ला तथा ६ स्थानीय तहलाई समेटेर गठन गरिएको समितिले धार्मिक पर्यटन प्रवर्द्धनसँगै मन्दिर तथा शक्तिपीठको भेटी व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । समितिमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका प्रमुख तथा भूमि प्रशासन कार्यालयका प्रमुख पदेन सदस्य छन् ।
समितिमा कोशी प्रदेश सरकारले अध्यक्ष प्रकाश बस्नेत, सदस्यसचिव तथा कार्यकारी निर्देशक अविजाल विष्टसहित सदस्यहरू मनोनित गरेको छ । कुल २३ सदस्यीय समितिको कार्यक्षेत्र सुनसरीका धरान उपमहानगरपालिका, बराहक्षेत्र र रामधुनी नगरपालिका, उदयपुरको बेलका नगरपालिका तथा धनकुटाका साँगुरीगढी र शहीदभूमि गाउँपालिकासम्म फैलिएको छ ।
बराहक्षेत्र, चतराधाम, पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, छिन्नमस्ता, मनकामना, सूर्यकुण्ड, विष्णुपादुका लगायतका प्रमुख धार्मिक स्थलसँगै उदयपुर र धनकुटाका ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रसमेत समितिको कार्यक्षेत्रमा परेका छन् । समितिले थप धार्मिक तथा सांस्कृतिक सम्पदाको खोजी र अभिलेखीकरणसमेत अघि बढाएको छ ।
समितिले मन्दिर तथा शक्तिपीठबाट संकलन हुने भेटीलाई व्यवस्थित गरी सम्बन्धित क्षेत्रकै विकासमा परिचालन गर्ने तयारी गरेको छ । कार्यकारी निर्देशक विष्टले विभिन्न धार्मिक संस्थाका पदाधिकारीसँग छलफल अघि बढाउँदै भेटी व्यवस्थापनको मोडालिटी तयार पार्ने काम थालेका छन् ।
समितिले मन्दिर तथा धार्मिक स्थलको सर्वेक्षण, स्थानीय तहसँग समन्वय र पूर्वाधार विकासलाई समेत अघि बढाउने जनाएको छ । धार्मिक क्षेत्रको आम्दानीलाई पारदर्शी रूपमा सम्बन्धित क्षेत्रमै उपयोग गरी पर्यटन प्रवर्द्धन गर्ने समितिको लक्ष्य छ ।
सम्पर्क र समन्वयलाई प्रभावकारी बनाउन समितिले भेडेटार र धरानमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याइसकेको छ । रामधुनी मन्दिर र बराहक्षेत्र मन्दिर परिसरमा थप सम्पर्क कार्यालय स्थापना गर्ने तयारी भइरहेको समितिले जनाएको छ ।
The post तीन जिल्लाका ६ पालिका समेटेर वृहत्तर बराहक्षेत्र विकास समिति सक्रिय appeared first on Breaking Nepal.
]]>The post रिलायबल लाइफको सामाजिक उत्तरदायित्व : भोजपुरका नौ विद्यार्थीलाई न्यानो कपडा appeared first on Breaking Nepal.
]]>विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्गता स्रोत कक्षाका नौ विद्यार्थीलाई इन्स्योरेन्स कम्पनीले जाडोमा प्रयोग गर्न ट्याक सुट वितरण गरेको हो । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यार्थीलाई सहयोग गरेको जनाएको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स भोजपुर शाखाका प्रमुख घमचन्द्र दाहालका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत स्रोत कक्षाका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । चिसो मौसममा विद्यार्थीलाई सहज हुने उद्देश्यले सहयोग गरिएको उनको भनाइ छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिमल रणपहेली, प्रधानाध्यापक विष्णुकुमार राई, शिक्षक–अभिभावक संघका अध्यक्ष बाबुराम तामाङ, स्रोत शिक्षक दिपेन्द्रकुमार श्रेष्ठ तथा पत्रकार निरोज कोइरालालगायतले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक राईले बौद्धिक अपाङ्गता भएका विद्यार्थीको शिक्षामा सहयोग पुग्ने गरी निजी क्षेत्रबाट गरिएको पहल सकारात्मक रहेको बताए । यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन उनले इन्स्योरेन्स कम्पनीलाई आग्रह गरे ।
यशोधरा माध्यमिक विद्यालय भोजपुर जिल्लामा बौद्धिक अपाङ्गता भएका विद्यार्थीका लागि स्रोत कक्षा सञ्चालन गरी पठनपाठन गराउँदै आएको विद्यालय हो । स्रोत कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई आवश्यक शैक्षिक तथा अन्य सहयोग जुटाउन विद्यालयले विभिन्न निकायसँग समन्वय गर्दै आएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणपहेलीले इन्स्योरेन्स कम्पनीलाई केवल नाफा कमाउने व्यावसायिक संस्थाका रूपमा मात्र हेर्न नहुने बताए । सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा समुदाय केन्द्रित कार्यक्रममार्फत निजी क्षेत्रले सामाजिक विकासमा समेत योगदान गर्न सक्ने उनको भनाइ छ ।
बौद्धिक अपाङ्गता भएका विद्यार्थीका लागि सञ्चालन गरिएको स्रोत कक्षामा निजी क्षेत्रको प्रत्यक्ष सहयोगले विद्यार्थीको दैनिक जीवनमा आवश्यक सामग्री जुटाउन सहज हुने विद्यालयको अपेक्षा छ ।
The post रिलायबल लाइफको सामाजिक उत्तरदायित्व : भोजपुरका नौ विद्यार्थीलाई न्यानो कपडा appeared first on Breaking Nepal.
]]>The post विराट व्यापार संघको आयोजनामा असोज २२ देखि विराट ट्रेड फेयर, एक लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको मेलामा के–के छन् आकर्षण ? appeared first on Breaking Nepal.
]]>मेलामा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका व्यवसायीको सहभागिता रहनेछ । आयोजकका अनुसार मेलामा करिब १०० वटा स्टल रहनेछन् । चाडपर्वको समयमा उपभोक्ताको बढ्दो मागलाई लक्षित गरी विभिन्न उपभोग्य तथा व्यावसायिक वस्तुको प्रदर्शनी र बिक्री गरिनेछ ।
मेलामा खाद्यान्न, लत्ताकपडा, जुत्ता–चप्पल, हार्डवेयर, विद्युतीय तथा इलेक्ट्रोनिक्स सामग्री, सवारीसाधन, फर्निचर, गृहउपयोगी सामग्री, कृषि उपज, बैंक तथा वित्तीय सेवा, सूचना प्रविधि र हस्तकलाका सामग्री राखिनेछन् । यसबाट उपभोक्ताले चाडपर्वका लागि आवश्यक सामग्री एउटै स्थलबाट खरिद गर्न सक्ने आयोजकको अपेक्षा छ ।
विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दलले मेला व्यापार विस्तारसँगै विराटनगरको बजारलाई थप चलायमान बनाउने माध्यम बन्ने बताए । दसैं–तिहारमा उपभोक्ताको ठूलो खर्च हुने भएकाले त्यसको लाभ स्थानीय बजार र व्यवसायीले पाउने वातावरण बनाउन मेला आयोजना गरिएको उनको भनाइ छ ।
‘चाडपर्वको उत्सव, व्यापारको महोत्सव’ भन्ने नारासहित आयोजना हुन लागेको मेलालाई वस्तु तथा सेवाको प्रदर्शनीमा मात्र सीमित नराख्ने आयोजकको तयारी छ । विराटनगरलाई पूर्वी नेपालको प्रमुख व्यापारिक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले व्यापार, पर्यटन र मनोरञ्जनलाई एउटै थलोमा जोड्ने योजना अघि सारिएको छ ।
विराट व्यापार संघले यसअघि २०६७ सालमा पहिलोपटक ‘विराट महोत्सव’ आयोजना गरेको थियो । त्यतिबेला ७८ वटा स्टल राखिएको मेलामा करिब ५२ हजार दर्शक पुगेका थिए । पहिलो संस्करणको १६ वर्षपछि संघले दोस्रोपटक ठूलो आकारमा व्यापार मेला आयोजना गर्न लागेको हो ।
यसपटक आयोजकले करिब एक लाख दर्शक भित्र्याउने लक्ष्य लिएको छ । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागितामा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ भने दर्शक आकर्षित गर्ने अन्य मनोरञ्जनात्मक गतिविधिसमेत राखिने आयोजकले जनाएको छ ।
मेला संयोजक श्यामलाल पौडेल ‘मिलन’का अनुसार मेलालाई प्रभावकारी बनाउन संघीय सरकार, कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग संगठन मोरङलगायत सम्बन्धित निकायसँग सहकार्य गरिनेछ ।
उनका अनुसार मेलाले व्यापारिक गतिविधि बढाउनुका साथै स्थानीय उत्पादन, उद्यमी र व्यवसायीलाई आफ्नो वस्तु तथा सेवा प्रवर्द्धन गर्ने अवसर दिनेछ । विदेशी व्यवसायीको सहभागिताले सीमावर्ती बजारसँगको व्यापारिक सम्बन्ध विस्तार गर्नसमेत सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।
चाडपर्वको समयमा विराटनगरमा हुने ठूलो उपभोक्ता गतिविधिलाई एउटै व्यापारिक मञ्चमा केन्द्रित गर्ने तयारीसँगै मेलाले स्थानीय व्यवसायमा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ । व्यापारिक कारोबार, उत्पादनको प्रवर्द्धन र मनोरञ्जनलाई एकसाथ अघि बढाउने योजनाले विराट ट्रेड फेयरलाई यस वर्षको दसैं–तिहार लक्षित प्रमुख व्यावसायिक कार्यक्रमका रूपमा हेरिएको छ ।
The post विराट व्यापार संघको आयोजनामा असोज २२ देखि विराट ट्रेड फेयर, एक लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको मेलामा के–के छन् आकर्षण ? appeared first on Breaking Nepal.
]]>The post बाढीपहिरो पीडितका लागि हिसान मोरङको साढे ५४ लाख रुपैयाँभन्दा बढी सहयोग appeared first on Breaking Nepal.
]]>हिसान मोरङले बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सरकारको आह्वानमा सहयोग रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र हिसान केन्द्रीय समितिमार्फत परिचालन गरेको हो ।
हिसान मोरङका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख ३३ हजार ५ सय ५५ रुपैयाँ र हिसान केन्द्रीय समितिमा २८ लाख ३२ हजार २ सय ७९ रुपैयाँ जम्मा गरिएको छ । दुवै शीर्षकमा गरी कुल ५४ लाख ६५ हजार ८ सय ३४ रुपैयाँ सहयोग गरिएको हिसान मोरङका अध्यक्ष अमित ढकालले जानकारी दिए ।
बाढीपहिरोबाट रुसुवा, चुवाकोट, बर्दिया, लमजुङलगायत विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै हिसान मोरङले प्रभावित परिवारको उद्धार र राहतका लागि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो ।
विपद्को कठिन अवस्थामा सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वयंसेवक तथा विभिन्न सामाजिक संघसंस्थाले सञ्चालन गरेको उद्धार तथा राहत अभियानमा हिसान मोरङले पनि सहकार्य गरेको जनाएको छ । प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणमा समेत सहयोग आवश्यक रहेको हिसान मोरङको निष्कर्ष छ ।
हिसान मोरङका अध्यक्ष ढकालले प्राकृतिक विपद्का बेला शिक्षा क्षेत्रको भूमिका कक्षाकोठाभित्र सीमित नरहने बताए । विपद्बाट प्रभावित नागरिकको जीवन सहज बनाउन सामाजिक संस्थाका रूपमा आफ्नो दायित्व पूरा गर्न हिसान प्रतिबद्ध रहेको उनको भनाइ छ ।
उनले आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक विपद्का अवस्थामा आवश्यकता र सम्भावनाअनुसार सहयोग तथा सहकार्यलाई निरन्तरता दिने बताए ।
हिसान मोरङले बाढीपहिरोबाट प्रभावित नागरिकको शीघ्र उद्धार, राहत वितरण तथा पुनःस्थापना प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएको छ । साथै, विपद्पछिको पुनर्निर्माणलाई दीर्घकालीन योजनासहित अघि बढाउनुपर्नेमा जोड दिएको छ ।
The post बाढीपहिरो पीडितका लागि हिसान मोरङको साढे ५४ लाख रुपैयाँभन्दा बढी सहयोग appeared first on Breaking Nepal.
]]>The post पत्रकार शम्भु पोखरेललाई खिलेश्वरी पत्रकारिता पुरस्कार appeared first on Breaking Nepal.
]]>नेपाल पत्रकार महासंघ मोरङ शाखाको १४औँ कार्यसमिति बैठकले पत्रकारिता क्षेत्रमा पोखरेलले पुर्याएको योगदानको मूल्यांकन गर्दै पुरस्कारका लागि छनोट गरेको हो । पुरस्कारको राशि ११ हजार रुपैयाँ रहेको छ ।
महासंघ मोरङ शाखाकी अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा विराटनगरमा बसेको बैठकले पुरस्कार समर्पण कार्यक्रम शुक्रबार महासंघको मोरङ शाखा सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ । मोतिराम जयन्तीका अवसरमा हरेक वर्ष पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले खिलेश्वरी पत्रकारिता पुरस्कार प्रदान गरिँदै आएको छ ।
बैठकले भोटेकोशी बाढीबाट प्रभावित तथा पीडितका लागि राहत रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले महासंघ मोरङ शाखाका तर्फबाट ३१ हजार ५ सय रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको शाखाका सचिव नेत्र पी अधिकारीले जानकारी दिए ।
The post पत्रकार शम्भु पोखरेललाई खिलेश्वरी पत्रकारिता पुरस्कार appeared first on Breaking Nepal.
]]>The post मोरङ कारागारको बी ब्लकमा छापा, १० लाखभन्दा बढी नगद र ८ फलामे रड बरामद appeared first on Breaking Nepal.
]]>नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार दिउँसो गरेको सर्चका क्रममा कारागारभित्र ठूलो परिमाणमा नगद र फलामे रड फेला पारेको हो ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार बरामद रकमको स्रोत र कारागारभित्र राख्नुको उद्देश्यबारे अनुसन्धान सुरु गरिएको छ । रकम कसको हो र के प्रयोजनका लागि राखिएको थियो भन्ने विषय अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।
‘कारागारभित्र सर्च गर्दा १० लाख ३ हजार १ सय ५५ रुपैयाँ र आठ वटा रड बरामद भएका छन्,’ कटुवालले भने ।
कारागारको बी ब्लकमा लामो समयदेखि केही कैदीबन्दीले आफ्नो प्रभाव कायम गर्दै आएको आरोप लाग्दै आएको थियो । भारतीय नागरिक चञ्चल बर्मा र मनिष विकको प्रभावमा ब्लकभित्र छुट्टै किसिमको शक्ति संरचना सञ्चालन हुने गरेको आरोपपछि सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको थियो ।
यसअघि बी ब्लकमा सर्च गर्न सुरक्षा निकायलाई सहज नभएको प्रहरीको भनाइ थियो । ब्लकभित्र प्रभाव जमाएका कैदीबन्दीका कारण सुरक्षा निगरानी र नियमित सर्च प्रभावित हुँदै आएको बताइएको छ ।
परिस्थिति सहज बनाउन प्रहरीले चञ्चल बर्मा र मनिष विकसहित ३७ जना कैदीबन्दीलाई दुई चरणमा अन्य कारागारमा स्थानान्तरण गरेको थियो । पहिलो चरणमा १९ र दोस्रो चरणमा १८ गरी ३७ जनालाई अन्यत्र सारिएको हो ।
कैदीबन्दी स्थानान्तरणपछि बी ब्लकको सुरक्षा अवस्था सामान्य बनेपछि प्रहरीले विस्तृत सर्च गरेको हो । त्यसक्रममा नगद रकमसँगै आठ वटा फलामे रड फेला परेका हुन् ।
कारागारभित्र यति ठूलो परिमाणमा रकम कसरी पुग्यो भन्ने प्रश्नसमेत उठेको छ । प्रहरीले रकमको स्रोत पहिचान गर्ने र त्यसको प्रयोग कहाँ र कसरी हुँदै आएको थियो भन्नेबारे अनुसन्धान अघि बढाएको छ ।
त्यस्तै, फलामे रड कारागारभित्र कुन प्रयोजनका लागि राखिएको थियो भन्ने विषय पनि अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।
बी ब्लकमा विगतमा पटकपटक विवाद र अशान्तिको अवस्था देखिँदै आएको थियो । एउटा समूहले ब्लकभित्र प्रभाव जमाएर सुरक्षा व्यवस्थालाई चुनौती दिएको आरोपपछि कारागार प्रशासन र सुरक्षा निकायले निगरानी बढाएका थिए ।
३७ जना कैदीबन्दीको स्थानान्तरण र त्यसपछि गरिएको सर्चलाई प्रहरीले कारागारको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने अभियानकै रूपमा लिएको छ । हाल बी ब्लकसहित मोरङ कारागारको अवस्था सामान्य र शान्त रहेको प्रहरीको दाबी छ ।
बरामद १० लाख ३ हजार १ सय ५५ रुपैयाँको वास्तविक स्रोत, प्रयोजन र फलामे रड कारागारभित्र राखिनुको उद्देश्य भने अनुसन्धान पूरा भएपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ ।
The post मोरङ कारागारको बी ब्लकमा छापा, १० लाखभन्दा बढी नगद र ८ फलामे रड बरामद appeared first on Breaking Nepal.
]]>The post सरकारी अस्पतालकै गेटमा विपन्न महिलाको प्रसूति, उपचार नपाउँदा फुटपाथमै जन्मियो शिशु appeared first on Breaking Nepal.
]]>राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा मंगलबार राति पुगेकी राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानले बुधबार बिहान अस्पताल परिसर बाहिरै छोरालाई जन्म दिएकी हुन् ।
प्रसव पीडा बढ्दै गएपछि अस्पताल पुगे पनि आवश्यक स्वास्थ्य परीक्षणका लागि रकम मागिएको र आफूसँग पैसा नभएको बताएपछि अस्पतालले भर्ना लिन नमानेको बबिताको आरोप छ । अस्पतालले भने आफूले भर्ना गरेको र परीक्षणका लागि प्रयोगशालातर्फ पठाइएपछि परिवार अस्पतालबाट बाहिरिएको दाबी गरेको छ ।
घटनाको भिडियो सार्वजनिक भएपछि सरकारी स्वास्थ्य संस्थाले विपन्न नागरिकलाई दिने सेवा, निःशुल्क उपचारको कार्यान्वयन र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको व्यवहारमाथि गम्भीर प्रश्न उठेको छ ।
२५ सय रुपैयाँ नभएपछि उपचारबाट वञ्चित भएको दाबी
बबिताका अनुसार मंगलबार राति करिब डेढ बजे प्रसव व्यथा लागेपछि श्रीमान् हरेराम पासवान र आफन्त दुई महिलासहित उनी सिटी रिक्सामा अस्पताल पुगेकी थिइन् ।
अस्पतालको प्रसूति विभागमा पुगेपछि स्वास्थ्यकर्मीले अल्ट्रासाउन्ड, रगत र पिसाब परीक्षण गर्नुपर्ने भन्दै करिब २ हजार ५०० रुपैयाँ खर्च लाग्ने बताएका थिए ।
आफू आर्थिक रूपमा विपन्न रहेको र तत्काल रकम नभएको जानकारी गराउँदा पनि परीक्षण नगरी प्रसूति सेवा दिन नमिल्ने भन्दै बाहिर जान भनिएको बबिताको दाबी छ ।
उनले यसअघि तीन सन्तान सामान्य रूपमा जन्मिएको र कुनै स्वास्थ्य परीक्षण नगराएको बताउँदै तत्काल भर्ना गरेर बिहान परीक्षण गराउन आग्रह गरे पनि आफ्नो आग्रह सुनुवाइ नभएको बताएकी छन् ।
बबिताका अनुसार त्यसपछि उनी परिवारसहित अस्पतालबाट बाहिरिएर नजिकैको औषधि पसलअगाडि बसेकी थिइन् । औषधि पसलेले बिहान चिकित्सक आएपछि परीक्षण गराइदिने भन्दै त्यहीँ बस्न भनेका थिए ।
तर केही समयमै उनको प्रसव पीडा झन् बढ्यो । साथमा रहेका आफन्तले उनलाई सम्हाल्ने प्रयास गरे पनि अस्पतालभित्र उपचारको व्यवस्था हुन नसक्दा सडक पेटीमै बच्चा जन्मिएको उनले बताइन् ।
शिशु जन्मिएपछि पनि अस्पतालले नलिएको आरोप
फुटपाथमै छोरा जन्मिएपछि परिवारले सालनालसहितको शिशु लिएर पुनः अस्पताल पुगेको बबिताको भनाइ छ । तर त्यसपछि पनि आफूलाई भर्ना नगरिएको र स्वास्थ्यकर्मीले अस्पतालबाट बाहिर जान दबाब दिएको उनले आरोप लगाएकी छन् ।
अस्पतालबाट समेत उपचार नपाएपछि परिवारले बबिता र नवजात शिशुलाई लिएर घर फर्किनुपरेको उनले बताएकी छन् ।
घटनाको सार्वजनिक भिडियोमा बबिता सडक पेटीमा प्रसव पीडाले छट्पटाइरहेको र उनका आफन्तले स्याहार गरिरहेको देखिन्छ । केही समयपछि सोही स्थानमा उनले शिशु जन्माएको दृश्य पनि भिडियोमा देखिन्छ ।
अस्पतालको दाबी भने फरक
अस्पतालका निःशुल्क स्वास्थ्य सेवा समन्वयकर्ता मनोज देवले भने बबिता राति करिब २ बजे अस्पताल आएपछि २४ नम्बर बेडमा भर्ना भएको दाबी गरेका छन् ।
उनका अनुसार प्रारम्भिक जाँचपछि गर्भावस्थामा आवश्यक स्वास्थ्य परीक्षण नगराएको देखिएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीले थप परीक्षणका लागि प्रयोगशालामा पठाएका थिए ।
देवले परिवार प्रयोगशालातर्फ गएपछि अस्पतालमा नफर्किएको र बिहान करिब ५ बजे बच्चा जन्मिएपछि मात्र अस्पताल आएको दाबी गरेका छन् । शिशु जन्मिएपछि अस्पतालमै सालनाल काटेर आवश्यक प्रक्रिया पूरा गरिएको उनको भनाइ छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जितकुमार झाले भने आफूले भिडियो सार्वजनिक भएपछि मात्र घटनाबारे जानकारी पाएको बताएका छन् ।
उनका अनुसार अस्पताल पुगेकी महिलालाई चिकित्सकले प्रयोगशाला परीक्षण आवश्यक रहेको बताएको र त्यसका लागि करिब ५ हजार रुपैयाँ लाग्ने भनिएपछि उनी अस्पतालबाट बाहिरिएको जानकारी आफूलाई आएको छ ।
घटना सार्वजनिक भएपछि अस्पताल प्रशासनमाथि समेत प्रश्न उठेको भन्दै झाले घटनाको छानबिनका लागि समिति गठन गर्ने बताएका छन् । उनी घटनाका बेला काठमाडौंमा रहेको बताइएको छ ।
विपन्नका लागि छुट्याइएको बेडको कार्यान्वयनमाथि प्रश्न
सरकारी तथा निजी अस्पतालले विपन्न तथा गरिब नागरिकका लागि निश्चित संख्यामा बेड छुट्याउनुपर्ने कानुनी व्यवस्था छ । तर सरकारी अस्पतालकै अगाडि प्रसव पीडामा रहेकी महिलाले उपचार नपाएर फुटपाथमा शिशु जन्माएको घटनाले उक्त व्यवस्थाको कार्यान्वयनमाथि गम्भीर प्रश्न उठाएको छ ।
स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकारका रूपमा स्थापित भएको अवस्थामा प्रसवजस्तो आकस्मिक अवस्थामा आर्थिक अवस्थाकै कारण कुनै महिला अस्पतालबाट बाहिरिनुपर्ने अवस्था आउनु स्वास्थ्य प्रणालीको संवेदनशील पक्षमाथिको गम्भीर प्रश्न बनेको छ ।
घटनाको वास्तविकता के हो, अस्पतालले महिलालाई भर्ना गरेको थियो वा थिएन, परीक्षणका नाममा रकम तिर्न नसकेकै कारण उपचार रोकिएको हो वा होइन र घटनामा स्वास्थ्यकर्मीको लापरबाही भएको हो भन्ने विषय छानबिनपछि मात्रै स्पष्ट हुनेछ ।
तर सरकारी अस्पतालको ढोकैअगाडि एक विपन्न महिलाले सुरक्षित प्रसूति सेवा पाउन नसकेर सडक पेटीमा शिशु जन्माउनुपरेको दृश्यले राज्यले घोषणा गरेको निःशुल्क तथा पहुँचयोग्य स्वास्थ्य सेवाको व्यवहारिक अवस्थालाई भने कठोर प्रश्न गरेको छ ।
The post सरकारी अस्पतालकै गेटमा विपन्न महिलाको प्रसूति, उपचार नपाउँदा फुटपाथमै जन्मियो शिशु appeared first on Breaking Nepal.
]]>The post उद्योगीको ‘पाता कस्नुपर्छ’ भन्ने अभिव्यक्तिले उद्योगमन्त्री गौरीकुमारी यादवको गयो मन्त्री पद appeared first on Breaking Nepal.
]]>मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामापत्र बुझाएकी हुन् । उनका सञ्चार संयोजक कमल चौलागाईंले राजीनामा दिएको जानकारी दिएका छन् ।
यादवको राजीनामा ग्यास उद्योगीमाथि दिएको विवादास्पद अभिव्यक्तिको भोलिपल्ट आएको हो । बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले ग्यास अभाव उद्योगीका कारण भएको दाबी गर्दै उद्योगीमाथि कडा टिप्पणी गरेकी थिइन् ।
‘ग्यास उद्योगीको पाता नकसेसम्म ग्यास अभाव सहज हुँदैन’ भन्ने उनको अभिव्यक्तिपछि उद्योगी–व्यवसायीका विभिन्न संघसंस्थाले आपत्ति जनाएका थिए । उनीहरूले मन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए ।
समितिको बैठकमा मन्त्री यादवले मुलुकमा सञ्चालनमा रहेका ५८ वटा ग्यास उद्योगको इजाजत खारेज गर्नुपर्ने धारणा समेत राखेकी थिइन् । देशमा यति धेरै ग्यास उद्योग आवश्यक नरहेको भन्दै दुईवटा उद्योग मात्रै भए पुग्ने उनको भनाइ थियो ।
यतिबेला काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । उपभोक्ता एउटा सिलिन्डर ग्यासका लागि घण्टौं लाइन बस्न बाध्य छन् । बजारमा ग्यास पाइहाले पनि सरकारले तोकेको मूल्यभन्दा महँगो तिर्नुपर्ने अवस्था रहेको उपभोक्ताको गुनासो छ ।
हाल एउटा ग्यास सिलिन्डरको मूल्य २ हजार ६० रुपैयाँ रहे पनि अभावको मौका छोपेर उपभोक्ताले ३ हजार रुपैयाँसम्म तिर्नुपरेको बताइएको छ ।
ग्यास आपूर्तिको अवस्था सहज रहेको दाबी गर्दै नेपाल आयल निगम र उद्योग मन्त्रालयले नियमित रूपमा आपूर्ति तथा मौज्दातसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै आएका छन् । तर सरकारी तथ्यांक र बजारको वास्तविक अवस्थाबीच ठूलो अन्तर देखिएको छ ।
सरकारले पर्याप्त ग्यास आपूर्ति भइरहेको तथ्यांक सार्वजनिक गरे पनि उपभोक्ता भने सिलिन्डर पाउन घण्टौं लाइनमा बस्नुपर्ने बाध्यतामा छन् । बजारमा ग्यासको सहज उपलब्धता हुन नसक्दा अभावसँगै कालोबजारी र बढी मूल्य असुलीको गुनासोसमेत बढेको छ ।
यही पृष्ठभूमिमा उद्योगमन्त्री यादवको उद्योगीमाथिको कडा अभिव्यक्ति थप विवादमा तानिएको थियो । अभिव्यक्तिको चौतर्फी आलोचनापछि उनले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएकी हुन् ।
The post उद्योगीको ‘पाता कस्नुपर्छ’ भन्ने अभिव्यक्तिले उद्योगमन्त्री गौरीकुमारी यादवको गयो मन्त्री पद appeared first on Breaking Nepal.
]]>The post भोटेकोशी बाढीपीडितका लागि कान्तिपुर कलेजले दियो ५ लाख १ हजार appeared first on Breaking Nepal.
]]>कलेजले उक्त रकम उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो ।
कान्तिपुर कलेजका निर्देशक तथा विद्यार्थीले सहयोग रकमको चेक हिसानका केन्द्रीय सचिव राजेश कार्की, केन्द्रीय सहकोषाध्यक्ष शंकर भट्टराई, हिसान कोशी प्रदेश सचिव दिपेश वास्तोला, मोरङ जिल्ला अध्यक्ष अमित ढकाल र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल विराटनगर महानगर अध्यक्ष अर्जुन श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहतमा सहयोग पुर्याउने उद्देश्यले कलेज परिवारले उक्त रकम संकलन गरेको जनाएको छ । विद्यार्थी, शिक्षक, कर्मचारी, निर्देशकसहित कलेज परिवारको सामूहिक सहभागिताबाट सहयोग रकम जुटाइएको हो ।
कलेजका प्रिन्सिपल भुवन नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले रकम उपलब्ध गराइएको बताए । उनले सहयोग अभियानमा सहभागी विद्यार्थी, शिक्षक, कर्मचारी, निर्देशक तथा कलेज परिवारप्रति आभार व्यक्त गरे ।
प्राकृतिक विपद्का समयमा शैक्षिक संस्थाले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने भएकाले राहत कोषमा सहयोग गरिएको कलेजले जनाएको छ ।
The post भोटेकोशी बाढीपीडितका लागि कान्तिपुर कलेजले दियो ५ लाख १ हजार appeared first on Breaking Nepal.
]]>The post रथयात्रामा संकलित भेटी बाढीपीडितका लागि राहत कोषमा जम्मा appeared first on Breaking Nepal.
]]>राधाकृष्ण मन्दिर कार्यसमिति तथा रथयात्रा आयोजक समितिले बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमार्फत उक्त रकम कोषमा जम्मा गरेको हो । कोषमा रकम जम्मा गरिएको भौचर राधाकृष्ण रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मी, उपाध्यक्ष नन्दकिशोर राठी, सचिव कृष्णबहादुर कार्कीलगायतले जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालालाई हस्तान्तरण गरे ।
समितिले यसअघि नै रथयात्राका क्रममा संकलित भेटी बाढीबाट प्रभावित नागरिकको राहतका लागि उपलब्ध गराउने घोषणा गरेको थियो । सोही निर्णयअनुसार रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको राधाकृष्ण मन्दिर कार्यसमितिका सचिव कृष्णबहादुर कार्कीले बताए ।
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीसम्म आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले भेटी रकम राहत कोषमा जम्मा गरिएको कार्कीले बताए । बाढीका कारण प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको उनको भनाइ छ ।
यस वर्षको राधाकृष्ण रथयात्रा भव्य र सभ्य रूपमा सम्पन्न भएको आयोजक समितिले जनाएको छ । सुरक्षा निकायको समन्वयमा रथयात्रामा सहभागी भक्तजनलाई दर्शन तथा रथ तान्न सहज व्यवस्था गरिएको समितिका अध्यक्ष रेग्मीले बताए ।
रथयात्राका क्रममा उच्छृंखल गतिविधि गर्ने १ सय १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
विराटनगरमा हरेक वर्ष आयोजना हुँदै आएको राधाकृष्ण रथयात्रा यसपटक ५९ औँ संस्करणका रूपमा सम्पन्न भएको हो । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको रथयात्रामा ठूलो संख्यामा भक्तजनको सहभागिता रहेको थियो । यसपटक रथयात्राबाट संकलित भेटीलाई धार्मिक गतिविधिमा खर्च नगरी विपदबाट प्रभावित नागरिकको राहतका लागि उपयोग गरिएको हो ।
The post रथयात्रामा संकलित भेटी बाढीपीडितका लागि राहत कोषमा जम्मा appeared first on Breaking Nepal.
]]>The post सगरमाथाको गोल वर्षा, भोजपुर एकाडेमीमाथि १०–० को शानदार जित appeared first on Breaking Nepal.
]]>सगरमाथाको जितमा अविशेक साह एक्लैले चार गोल गरे । आक्रामक सुरुवात गरेको सगरमाथाले खेलभर भोजपुर एकाडेमीमाथि दबाब कायम राख्दै गोलको अन्तर दोहोरो अंकमा पुर्याएको थियो ।
प्रतियोगिताअन्तर्गत बुधबार नै सिद्धकाली बोर्डिङ इङ्लिस स्कुल र जाल्पा माध्यमिक विद्यालय भैसीपंखाबीच खेल हुँदैछ । त्यस्तै, तेस्रो खेल जनोदय माध्यमिक विद्यालय कोट र कालिका माध्यमिक विद्यालय हेलौछाबीच हुने आयोजक बिहानी फुटबल क्लबले जनाएको छ ।
बिहानी फुटबल क्लबको आयोजना तथा भोजपुर जिल्ला फुटबल संघको संयोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा १५ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ४४ हजार ४५० रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले २२ हजार २५० रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ ।
भदौ २४ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सगरमाथा बोर्डिङ इङ्लिस स्कुल, सिद्धकाली बोर्डिङ इङ्लिस स्कुल, युनिक एन्ड युनाइटेड पब्लिक एकेडेमी, जाल्पा माध्यमिक विद्यालय, भोजपुर एकाडेमी, समता स्कुल, जनसेवा आधारभूत विद्यालय, विद्योदय माध्यमिक विद्यालय, पञ्चकन्या माध्यमिक विद्यालय, जनोदय माध्यमिक विद्यालय, यशोधरा माध्यमिक विद्यालय, सिद्धेश्वर माध्यमिक विद्यालय, पशुपति माध्यमिक विद्यालय, सिंहदेवी माध्यमिक विद्यालय र कालिका माध्यमिक विद्यालय सहभागी छन् ।
प्रतियोगिताको पहिलो दिन भएका खेलबाट विद्योदय माध्यमिक विद्यालय, युनिक एन्ड युनाइटेड पब्लिक एकेडेमी र पञ्चकन्या माध्यमिक विद्यालय विजयी हुँदै अर्को चरणमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताका आगामी खेलमा पनि विद्यालयस्तरीय युवा खेलाडीबीचको प्रतिस्पर्धा थप रोमाञ्चक हुने आयोजकको अपेक्षा छ ।
The post सगरमाथाको गोल वर्षा, भोजपुर एकाडेमीमाथि १०–० को शानदार जित appeared first on Breaking Nepal.
]]>The post लायन्स क्लब विराटनगरमा नयाँ नेतृत्व, सेवा र सदस्यता विस्तारलाई प्राथमिकता appeared first on Breaking Nepal.
]]>विराटनगरस्थित मनास्लु इनमा बुधबार आयोजित इन्डक्सन तथा पदस्थापना समारोहमा लायन्स क्लब अफ विराटनगरका नयाँ सदस्यलाई सदस्यता प्रदान गर्नुका साथै लायन्स र लियो क्लबका नयाँ कार्यसमितिको पदस्थापना गरिएको हो ।
लायन्स क्लब इन्टरनेसनल जिल्ला ३२५ ‘सी’ का जिल्ला गभर्नर लायन लिला प्रसाद चिमरिया पीएमजेएफले नयाँ कार्यसमितिको पदस्थापना गराएका थिए । सोही अवसरमा लियो क्लब अफ विराटनगरको वर्ष २०२६/२७ का लागि लियो सञ्जु गोइत अध्यक्ष चयन भएका छन् ।
कार्यक्रममा अघिल्लो कार्यकालका अध्यक्ष तथा नयाँ नेतृत्वबीच जिम्मेवारी हस्तान्तरणसमेत गरिएको थियो । लायन्स क्लबका निवर्तमान अध्यक्ष लायन मनोज मण्डाबाट अध्यक्ष चाँद बाबु इराकीलाई जिम्मेवारी हस्तान्तरण गरिएको थियो । त्यस्तै, लियो क्लबको निवर्तमान नेतृत्वले अध्यक्ष सञ्जु गोइतलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो ।
नयाँ नेतृत्वले क्लबको सेवा गतिविधिलाई थप प्रभावकारी बनाउँदै सदस्यता विस्तार, युवा सहभागिता र समुदायमा दीर्घकालीन प्रभाव पार्ने कार्यक्रमलाई प्राथमिकतामा राख्ने जनाएको छ ।
अध्यक्ष चाँद बाबु इराकीले आफ्नो कार्यकालमा ‘सन्तुलित सेवा, सुदृढ सदस्यता र दीर्घकालीन प्रभाव’लाई मूल आधार बनाएर काम गर्ने बताएका छन् । उनले लायन्स क्लब अफ विराटनगरको गौरवशाली इतिहासलाई थप मजबुत बनाउँदै सामाजिक सेवाका कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने बताए ।
समारोहमा लायन्स तथा लियो क्लबका वर्तमान तथा पूर्व नेतृत्व, पदाधिकारी, सदस्य र शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको समापनमा अध्यक्ष इराकीले लायन्स तथा लियो परिवारप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा एकताबद्ध भएर सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
The post लायन्स क्लब विराटनगरमा नयाँ नेतृत्व, सेवा र सदस्यता विस्तारलाई प्राथमिकता appeared first on Breaking Nepal.
]]>The post बसको पांग्राले किचेको खुट्टाको हड्डी झर्यो सडकमा, प्राइमका चिकित्सकको प्रयासपछि मृत्युको मुखबाट सुनवर्षीका सलामको यसरी फर्कियो जीवन appeared first on Breaking Nepal.
]]>विराटनगरको अस्पताल चोकमा बिहान करिब १० बजेर ४५ मिनेटमा दुर्घटना भएपछि सलामलाई तत्काल एम्बुलेन्समार्फत प्राइम अस्पताल ल्याइएको थियो । बसको पांग्राले खुट्टा किच्दा उनको तल्लो शरीरमा गम्भीर चोट लागेको थियो । दुर्घटनाको क्रममा तिघ्राको करिब ८ सेन्टिमिटर लामो हड्डीसमेत सडकमा झरेको थियो ।
आफन्तले सडकमा झरेको हड्डी उठाएर सलामसँगै अस्पताल ल्याएका थिए । शरीरबाट अत्यधिक रगत बगेको र खुट्टामा गम्भीर क्षति पुगेको अवस्थामा अस्पताल ल्याइएका सलामको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
अस्पताल पुगेपछि तत्काल उपचार सुरु गरिएको थियो । गम्भीर घाउ, तिघ्राको हड्डीमा भएको क्षति र शरीरको तल्लो भागमा परेको चोट व्यवस्थापन गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले उपचार अघिाउँदा अवस्था निकै गम्भीर थियो । तत्काल उपचारसँगै घाउ व्यवस्थापन, संक्रमणको जोखिम नियन्त्रण र क्षतिग्रस्त भाग जोग बढाएको थियो ।
उपचारको नेतृत्व प्राइम अस्पताल विराटनगरका चिकित्सक डा. अजय महतोले गरेका थिए । उनका अनुसार सलामलाई अस्पताल ल्याउँदा अवस्था निकै गम्भीर थियो । तत्काल उपचारसँगै घाउ व्यवस्थापन, संक्रमणको जोखिम नियन्त्रण र क्षतिग्रस्त भाग जोगाउने कामलाई प्राथमिकता दिइएको थियो ।
सलामलाई अस्पताल ल्याउँदा अवस्था गम्भीर थियो । खुट्टामा ठूलो चोट थियो र हड्डीमा समेत क्षति पुगेको थियो । यस्तो अवस्थामा समयमै अस्पताल पुर्याउनु सबैभन्दा महत्वपूर्ण हुन्छ । हामीले तत्काल उपचार सुरु गरेर घाउ व्यवस्थापन, संक्रमणको जोखिम नियन्त्रण र खुट्टा जोगाउनेतर्फ काम गर्यौँ । निरन्तर उपचार र निगरानीपछि अहिले उनको स्वास्थ्यमा सुधार आएको छ ।
दुर्घटनापछि सलामको खुट्टा बच्नेमा आफन्तमा समेत आशंका थियो । तर उपचारको क्रममा स्वास्थ्य अवस्थामा सुधार आउँदै गएपछि परिवारमा पनि आशा पलाएको थियो । अहिले जीवन नै संकटमा परेको अवस्थामा पुगेका उनी चिकित्सक र स्वास्थ्यकर्मीको उपचार प्रयासप्र सलाम आफैँ बोल्न र सामान्य गतिविधिमा फर्किन सक्ने अवस्थामा पुगेका छन् ।
सलामका लागि दुर्घटनाको त्यो क्षण अहिले पनि पीडादायी सम्झना बनेको छ । केही समयअघिसम्म जीवन नै संकटमा परेको अवस्थामा पुगेका उनी चिकित्सक र स्वास्थ्यकर्मीको उपचार प्रयासप्रति कृतज्ञ छन् ।
दुर्घटनापछि मेरो अवस्था कस्तो थियो भन्ने कुरा सम्झँदा अहिले पनि डर लाग्छ । खुट्टामा गम्भीर चोट लागेको थियो र बाँच्ने कि नबाँच्ने भन्ने अवस्था थियो । अस्पताल ल्याएपछि चिकित्सक र स्वास्थ्यकर्मीले निरन्तर उपचार गर्नुभयो । अहिले स्वास्थ्यमा सुधार आएको छ । मेरो जीवन र खुट्टा जोगाउन उपचारमा खटिनुभएको चिकित्सक र स्वास्थ्यकर्मीप्रति म आभारी छु ।
सडक दुर्घटनामा गम्भीर चोट लागेका बिरामीका लागि प्रारम्भिक उपचार र अस्पताल पुर्याउने समयले ठूलो महत्व राख्छ । अत्यधिक रक्तस्राव, हड्डीमा क्षति र खुला घाउ भएका बिरामीमा संक्रमण तथा अन्य जटिलताको जोखिमसमेत रहने भएकाले तत्काल चिकित्सकीय हस्तक्षेप आवश्यक हुन्छ ।
सलामको घटनाले दुर्घटनापछि घाइतेलाई जतिसक्दो छिटो उपचारको पहुँचमा पुर्याउनुपर्ने आवश्यकता पनि देखाएको छ । दुर्घटनास्थलबाट अस्पतालसम्मको केही समयले बिरामीको अवस्था थप जटिल बन्ने वा उपचारको सम्भावना प्रभावित हुने जोखिम रहन्छ ।
अहिले सलामको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकले बताएका छन् । दुर्घटनाको दिन सडकमा रगताम्य अवस्थामा रहेका उनी अहिले अस्पतालको शय्याबाट सामान्य जीवनमा फर्किने प्रतीक्षामा छन् ।
यो घटना दुर्घटनाबाट हुने क्षतिको एउटा उदाहरण मात्र होइन, गम्भीर अवस्थाका बिरामीलाई समयमै अस्पताल पुर्याउने परिवारको तत्परता, चिकित्सकीय निर्णय, निरन्तर उपचार र स्वास्थ्यकर्मीको समन्वयले जीवन जोगाउन खेल्ने भूमिकाको पनि उदाहरण बनेको छ ।
The post बसको पांग्राले किचेको खुट्टाको हड्डी झर्यो सडकमा, प्राइमका चिकित्सकको प्रयासपछि मृत्युको मुखबाट सुनवर्षीका सलामको यसरी फर्कियो जीवन appeared first on Breaking Nepal.
]]>The post संसद् बैठक आज : आर्थिक तथा कानुनी विधेयकमाथि छलफलदेखि शोक प्रस्तावसम्म appeared first on Breaking Nepal.
]]>प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै, अर्थमन्त्री वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन् । प्रस्तावमाथि सांसदहरूले छलफल गर्ने कार्यसूची रहेको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनप्रति शोक प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची छ । सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसैबीच, राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय मानव अधिकार आयोगका आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
राष्ट्रियसभामा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि पनि छलफल हुने भएको छ । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शाहले प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
उक्त प्रस्तावमाथि छलफल गरी पारित गर्ने कार्यसूचीसमेत राष्ट्रियसभामा राखिएको छ । बिहीबारका दुवै सदनका बैठकमा आर्थिक, प्रशासनिक तथा कानुनी विषयसँग सम्बन्धित विधेयक र प्रस्ताव अघि बढाउने तयारी गरिएको छ ।
The post संसद् बैठक आज : आर्थिक तथा कानुनी विधेयकमाथि छलफलदेखि शोक प्रस्तावसम्म appeared first on Breaking Nepal.
]]>The post बिहानी कप यू–१६ फुटबल : पञ्चकन्या, विद्योदय र युनाइटेड विजयी appeared first on Breaking Nepal.
]]>प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न हुँदा तीनै टोलीले विपक्षीलाई पराजित गर्दै अर्को चरणमा स्थान बनाएका हुन् ।
उद्घाटन खेलमा पञ्चकन्या माध्यमिक विद्यालय बोखिमले सिंहदेवी माध्यमिक विद्यालय भामराङलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्यो । सुरुदेखि नै आक्रामक देखिएको पञ्चकन्याले विपक्षीलाई दबाबमा राख्दै सहज जित निकाल्यो ।
यसअघि बिहान भएको पहिलो खेलमा विद्योदय माध्यमिक विद्यालयले यशोधरा माध्यमिक विद्यालय टक्सारलाई ३–२ गोलले पराजित गरेको थियो । प्रतिस्पर्धात्मक बनेको खेलमा विद्योदयले एक गोलको अन्तरमा जित निकाल्दै प्रतियोगिताको अर्को चरणको यात्रा तय गर्यो ।
यस्तै, तेस्रो खेलमा युनिक एन्ड युनाइटेड पब्लिक एकेडेमी भोजपुरले जनसेवा आधारभूत विद्यालयलाई ६–० गोलले पराजित गर्यो । युनाइटेडले खेलभर दबाब कायम राख्दै फराकिलो अन्तरको जित हात पारेको हो ।
बिहानी फुटबल क्लबको आयोजना तथा भोजपुर जिल्ला फुटबल संघको संयोजनमा प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगितामा जिल्लाका १५ विद्यालयको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ४४ हजार ४५० रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले २२ हजार २५० रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने आयोजक बिहानी फुटबल क्लबले जनाएको छ ।
भदौ २४ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सगरमाथा बोर्डिङ इङ्लिस स्कुल, सिद्धकाली बोर्डिङ इङ्लिस स्कुल, युनिक एन्ड युनाइटेड पब्लिक एकेडेमी, भोजपुर एकेडेमी, समता स्कुल, जनसेवा आधारभूत विद्यालय, विद्योदय माध्यमिक विद्यालय, पञ्चकन्या माध्यमिक विद्यालय, जनोदय माध्यमिक विद्यालय, यशोधरा माध्यमिक विद्यालय, सिद्धेश्वर माध्यमिक विद्यालय, पशुपति माध्यमिक विद्यालय, सिंहदेवी माध्यमिक विद्यालय र कालिका माध्यमिक विद्यालय सहभागी छन् ।
The post बिहानी कप यू–१६ फुटबल : पञ्चकन्या, विद्योदय र युनाइटेड विजयी appeared first on Breaking Nepal.
]]>The post सिंगापुरका प्रधानमन्त्रीको तलब सात गुणाले ट्रम्पभन्दा बढी, अन्य देशका राष्ट्र प्रमुखको तलब कति ? appeared first on Breaking Nepal.
]]>नयाँ संरचनाअनुसार वोङले वार्षिक ३६ लाख सिंगापुर डलर अर्थात् करिब २८ लाख अमेरिकी डलर बराबरको बेन्चमार्क तलब पाउनेछन् । यसअघि प्रधानमन्त्रीको बेन्चमार्क तलब २२ लाख सिंगापुर डलर थियो । नयाँ व्यवस्था आगामी अक्टोबर १५ देखि कार्यान्वयनमा आउनेछ ।
रोयटर्सका अनुसार यो पुनरावलोकनपछि वोङ विश्वकै सबैभन्दा बढी तलब पाउने राजनीतिक नेता बन्नेछन् । सिंगापुर सरकारले सार्वजनिक सेवामा उच्च क्षमता भएका व्यक्तिलाई आकर्षित गर्न तथा प्रभावकारी र स्वच्छ शासन कायम गर्न राजनीतिक नेतृत्वलाई प्रतिस्पर्धी पारिश्रमिक दिनुपर्ने तर्क गर्दै आएको छ ।
प्रधानमन्त्रीको तलब वृद्धि स्वतन्त्र समितिको समीक्षापछि गरिएको हो । सिंगापुरको राजनीतिक नेतृत्वको पारिश्रमिकमा १५ वर्षयता भएको यो सबैभन्दा ठूलो पुनरावलोकन भएको बताइएको छ ।
नयाँ व्यवस्थाले प्रधानमन्त्री मात्रै होइन, मन्त्रीहरूको पारिश्रमिकसमेत बढाएको छ । सुरुआती तहका मन्त्रीको बेन्चमार्क वार्षिक तलब ११ लाख सिंगापुर डलरबाट बढाएर १८ लाख सिंगापुर डलर पुर्याउने सिफारिस सरकारले स्वीकार गरेको छ ।
बढेको रकम व्यक्तिगत रूपमा नराख्ने वोङको घोषणा
तलब वृद्धि भए पनि त्यसबाट प्राप्त हुने थप रकम व्यक्तिगत रूपमा नलिने प्रधानमन्त्री वोङले बताएका छन् ।
उनका अनुसार प्रधानमन्त्री पदमा रहँदासम्म आगामी पाँच वर्षमा तलब वृद्धिबाट प्राप्त अतिरिक्त रकम उपयुक्त परोपकारी काममा दान गरिनेछ ।
सिंगापुरमा राजनीतिक नेतृत्वको तलब लामो समयदेखि संवेदनशील विषयका रूपमा रहँदै आएको छ । वोङले पनि संसद्मा सम्बोधन गर्दै राजनीतिक पदाधिकारीले प्राप्त गर्ने पारिश्रमिक अधिकांश नागरिकको आम्दानीभन्दा निकै बढी हुने भएकाले यस विषयमा प्रश्न उठ्नु स्वाभाविक भएको बताएका छन् ।
तर, उनले राजनीतिक पारिश्रमिकलाई केवल रकमका रूपमा मात्र हेर्न नहुने तर्क गरेका छन् । उनको भनाइमा सक्षम राजनीतिक नेतृत्व प्रभावकारी सरकारका लागि आवश्यक हुन्छ र त्यसका लागि सार्वजनिक सेवामा योग्य व्यक्तिलाई आकर्षित तथा टिकाइराख्न उचित पारिश्रमिक महत्वपूर्ण हुन्छ ।
ट्रम्पको तलबभन्दा करिब सात गुणा बढी
सिंगापुरका प्रधानमन्त्रीको नयाँ बेन्चमार्क तलब अमेरिकी राष्ट्रपतिको मूल तलबभन्दा करिब सात गुणा बढी हुनेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्षिक राष्ट्रपतीय तलब ४ लाख अमेरिकी डलर छ । यो मूल तलब सन् १९९९ देखि कायम छ । यसबाहेक अमेरिकी राष्ट्रपतिले भ्रमण, मनोरञ्जन तथा अन्य खर्चका लागि छुट्टाछुट्टै सुविधा पाउँछन् ।
तर, मूल राष्ट्रपतीय तलबलाई आधार मान्दा सिंगापुरका प्रधानमन्त्रीको संशोधित पारिश्रमिकमा ठूलो अन्तर देखिन्छ । वोङको नयाँ वार्षिक बेन्चमार्क तलब करिब २८ लाख अमेरिकी डलर पुग्दा ट्रम्पको मूल वार्षिक तलब ४ लाख डलरमै सीमित छ ।
यसले सिंगापुरमा राजनीतिक नेतृत्वलाई दिइने पारिश्रमिक विश्वका प्रमुख अर्थतन्त्रका सरकार प्रमुखको तुलनामा कति उच्च छ भन्ने देखाउँछ ।
हङकङका प्रमुख कार्यकारी पनि उच्च पारिश्रमिक पाउने नेतामध्ये
उच्च पारिश्रमिक पाउने राजनीतिक नेताको सूचीमा हङकङका प्रमुख कार्यकारी जोन ली पनि पर्छन् ।
लीको वार्षिक पारिश्रमिक करिब ७ लाख १९ हजार अमेरिकी डलर रहेको विभिन्न तथ्यांकमा उल्लेख छ । हङकङ चीनको विशेष प्रशासनिक क्षेत्र भएकाले त्यहाँको शासन प्रणाली सार्वभौम देशको सरकार प्रमुखसँग प्रत्यक्ष तुलना गर्न मिल्दैन । यद्यपि, अन्तर्राष्ट्रिय राजनीतिक नेतृत्वको पारिश्रमिक तुलना गर्दा हङकङका प्रमुख कार्यकारीलाई पनि समावेश गरिन्छ ।
सिंगापुरका प्रधानमन्त्रीको नयाँ पारिश्रमिकसँग तुलना गर्दा लीको वार्षिक आम्दानी पनि निकै कम देखिन्छ ।
स्विट्जरल्यान्डमा फरक व्यवस्था
स्विट्जरल्यान्डमा भने शासन प्रणाली अमेरिका वा अन्य कार्यकारी राष्ट्रपतीय प्रणाली भएका मुलुकभन्दा फरक छ ।
त्यहाँ सात सदस्यीय संघीय परिषद्बाट एक सदस्यलाई प्रत्येक वर्ष राष्ट्रपतिको जिम्मेवारी दिइन्छ । सन् २०२६ का लागि यो जिम्मेवारी गाय पार्मेलिनले सम्हालेका छन् । उनी सन् २०२५ को डिसेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
रोयटर्सले उद्धृत गरेको तथ्यांकअनुसार पार्मेलिनको वार्षिक तलब करिब ६ लाख ६ हजार अमेरिकी डलर छ ।
यस हिसाबले स्विट्जरल्यान्डको राष्ट्रपतीय जिम्मेवारी सम्हाल्ने व्यक्तिको पारिश्रमिक पनि सिंगापुरका प्रधानमन्त्रीको नयाँ बेन्चमार्क तलबभन्दा निकै कम छ ।
चीनका राष्ट्रपति सीको तलब तुलनात्मक रूपमा न्यून
विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको आधिकारिक आधारभूत तलब भने सिंगापुरका प्रधानमन्त्रीको तुलनामा अत्यन्त न्यून देखिन्छ ।
बीबीसीले सन् २०१५ मा प्रकाशित गरेको विवरणअनुसार चिनियाँ राष्ट्रपतिको मासिक आधारभूत तलब ७ हजार २० युआनबाट बढाएर ११ हजार ३८५ युआन पुर्याइएको थियो । त्यसअनुसार त्यतिबेला वार्षिक आधारभूत तलब करिब २२ हजार अमेरिकी डलर बराबर थियो ।
उक्त तलब वृद्धि चिनियाँ कम्युनिस्ट पार्टीका अन्य वरिष्ठ अधिकारी तथा देशभरका सरकारी कर्मचारीको पारिश्रमिक पुनरावलोकनसँगै गरिएको थियो ।
यसले चीनजस्तो विशाल अर्थतन्त्र भएको मुलुकका सर्वोच्च राजनीतिक नेतृत्वको आधिकारिक तलब र सिंगापुरको राजनीतिक नेतृत्वको पारिश्रमिकबीच रहेको असाधारण अन्तरलाई पनि देखाउँछ ।
बेलायत र भारतमा पनि ठूलो अन्तर
बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमको वार्षिक तलब करिब २ लाख ३० हजार अमेरिकी डलर रहेको पछिल्ला तुलनात्मक विवरणमा उल्लेख गरिएको छ ।
सिंगापुरका प्रधानमन्त्रीको नयाँ पारिश्रमिकसँग तुलना गर्दा बेलायती प्रधानमन्त्रीको तलब पनि निकै कम देखिन्छ । हङकङका प्रमुख कार्यकारी र स्विट्जरल्यान्डको राष्ट्रपतीय जिम्मेवारी सम्हाल्ने व्यक्तिको पारिश्रमिकभन्दा समेत यो कम हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आधिकारिक तलब पनि सिंगापुरको नयाँ संरचनाभन्दा निकै तल छ ।
उपलब्ध विवरणअनुसार मोदीको मासिक आम्दानी करिब १ लाख ६६ हजार भारतीय रुपैयाँ अर्थात् वार्षिक करिब २० लाख रुपैयाँ रहेको बताइन्छ । यसमा आधारभूत तलब, खर्च भत्ता, संसदीय भत्ता र दैनिक भत्ता समावेश हुन्छ ।
भारतीय प्रधानमन्त्रीले तलबबाहेक सरकारी आवास, सुरक्षा र अन्य सरकारी सुविधा पनि पाउँछन् । त्यसैले केवल आधारभूत तलबका आधारमा मात्रै दुई देशका राजनीतिक नेतृत्वको वास्तविक कुल पारिश्रमिक तुलना गर्नु पूर्ण चित्र नहुन सक्छ ।
पाकिस्तानमा पनि तलबसँगै सुविधा जोडिन्छ
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफको मासिक तलब करिब ५ लाख ५० हजार पाकिस्तानी रुपैयाँ पुगेको विभिन्न विवरणमा उल्लेख छ । यसअनुसार उनको वार्षिक तलब ६० लाख पाकिस्तानी रुपैयाँभन्दा बढी हुन्छ ।
प्रधानमन्त्रीले सरकारी आवास, सवारीसाधन, सुरक्षा तथा अन्य सरकारी सुविधा पनि पाउने व्यवस्था छ ।
पाकिस्तानको आर्थिक अवस्थालाई ध्यानमा राख्दै शरीफ र उनको मन्त्रिपरिषद्ले आफ्नो तलब तथा केही भत्ता नलिने निर्णय गरेको विवरणसमेत सार्वजनिक भएको थियो ।
तलबभन्दा ठूलो प्रश्न स् सक्षम नेतृत्व कि जनताको बोझ ?
सिंगापुरले प्रधानमन्त्री तथा मन्त्रीको पारिश्रमिक बढाएपछि विश्वभर राजनीतिक नेतृत्वको तलबबारे बहस फेरि चर्किने देखिएको छ ।
सिंगापुर सरकारको तर्क स्पष्ट छ—राजनीतिमा योग्य र क्षमतावान व्यक्तिलाई आकर्षित गर्न निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने पारिश्रमिक आवश्यक हुन्छ । उच्च तलबले भ्रष्टाचारको जोखिम घटाउन र प्रभावकारी शासन कायम गर्नसमेत सहयोग पुग्ने सरकारको दाबी छ ।
तर, राजनीतिक नेतृत्वको तलब तुलना गर्दा केवल आधारभूत पारिश्रमिक हेरेर निष्कर्ष निकाल्न भने कठिन हुन्छ । सरकारी आवास, सुरक्षा, यात्रा, कार्यालय, पेन्सन, भत्ता तथा अन्य सुविधा जोड्दा नेताको वास्तविक कुल पारिश्रमिक फरक हुन सक्छ ।
त्यसैले सिंगापुरका प्रधानमन्त्रीको नयाँ २८ लाख अमेरिकी डलर बराबरको पारिश्रमिकलाई ट्रम्प, मोदी, सी वा अन्य नेताको तलबसँग तुलना गर्दा उनीहरूको शासन प्रणाली, जिम्मेवारी, भत्ता र सुविधाको संरचनालाई समेत सँगै हेर्नुपर्ने हुन्छ ।
The post सिंगापुरका प्रधानमन्त्रीको तलब सात गुणाले ट्रम्पभन्दा बढी, अन्य देशका राष्ट्र प्रमुखको तलब कति ? appeared first on Breaking Nepal.
]]>The post फिलिपिन्समा यात्रुवाहक फेरीमा भीषण आगलागी, ५ जनाको मृत्यु, ८७ बेपत्ता appeared first on Breaking Nepal.
]]>फिलिपिन्स तटरक्षकका अनुसार दुर्घटनाको समयमा ‘एमभी जुन एस्टर’ नामक फेरीमा यात्रु र चालक दलका सदस्यसहित १३४ जना सवार थिए । आगलागीपछि फेरीमा सवार यात्रुहरू समुद्रमा हाम फालेर ज्यान जोगाउने प्रयास गरेका थिए ।
दुर्घटनालगत्तै परिचालन गरिएको उद्धार टोलीले समुद्रबाट ४२ जनालाई सकुशल उद्धार गरेको तटरक्षकले जनाएको छ । तर, ठूलो संख्यामा यात्रु अझै सम्पर्कविहीन रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।
फिलिपिन्स तटरक्षककी कप्तान नोएमी कायाब्याबले स्थानीय रेडियोमार्फत दिएको जानकारीअनुसार ८७ जना अझै बेपत्ता छन् । बेपत्ताहरूको खोजीका लागि समुद्री उद्धार टोलीसँगै हवाई टोलीसमेत परिचालन गरिएको छ ।
तटरक्षकले सार्वजनिक गरेको घटनाको भिडियोमा पूरै फेरी आगोको भीषण लप्काले ढाकिएको देखिन्छ । आगो नियन्त्रणमा लिन तथा समुद्रमा फसेका यात्रुको उद्धार गर्न सुरक्षाकर्मी र उद्धारकर्मीहरू सक्रिय रहेको दृश्य भिडियोमा देखिएको छ ।
फेरीमा आगलागी के कारणले भयो भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन । घटनाको कारण पत्ता लगाउन सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको छ ।
उद्धार टोलीले बेपत्ता यात्रुको खोजीलाई तीव्र बनाएको जनाएको छ । समुद्रमा सम्भावित रूपमा बगेर पुगेका यात्रुको खोजीका लागि उद्धार अभियानलाई थप क्षेत्रसम्म विस्तार गरिएको तटरक्षकले जनाएको छ ।
The post फिलिपिन्समा यात्रुवाहक फेरीमा भीषण आगलागी, ५ जनाको मृत्यु, ८७ बेपत्ता appeared first on Breaking Nepal.
]]>The post कोशीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, मनसुन सक्रिय appeared first on Breaking Nepal.
]]>देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले कोशीसहित वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा मधेस प्रदेशलगायत ती प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।
दिउँसो कोशी प्रदेशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ । प्रदेशका पहाडी भूभागका धेरै स्थानमा पनि मध्यमसम्म वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ । तराई भूभागका केही स्थानमा समेत मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशमा मौसम बदलीसँगै वर्षाको सम्भावना रहेकाले पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ । भारी वर्षा हुने स्थानमा सडक तथा यातायात प्रभावित हुन सक्ने भएकाले थप सावधानी आवश्यक पर्नेछ ।
विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्नेछ ।
त्यस्तै, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ ।
मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मध्यमसम्म वर्षा हुन सक्नेछ ।
रातिको समयमा पनि देशभर साधारणतया बादल लाग्ने विभागको पूर्वानुमान छ । हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्नेछ । पहाडी भूभागका केही स्थानमा र तराई क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।
देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको विभागले जनाएको छ । न्यूनचापीय रेखा आसपासमै रहेकाले आगामी मौसममा पनि वर्षाको गतिविधि कायम रहने देखिएको छ ।
The post कोशीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, मनसुन सक्रिय appeared first on Breaking Nepal.
]]>The post आन्दोलनको मर्मविपरीत तोडफोडले भाटभटेनी खरानी बनायो, पाँच दिनपछि निभेको आगोबाट फेरि सुरु भयो यात्रा appeared first on Breaking Nepal.
]]>The post आन्दोलनको मर्मविपरीत तोडफोडले भाटभटेनी खरानी बनायो, पाँच दिनपछि निभेको आगोबाट फेरि सुरु भयो यात्रा appeared first on Breaking Nepal.
]]>The post बाढीपीडितको उद्धारमा निजी विद्यालयको साथ, प्याब्सन मोरङबाट ७५ लाख राहत कोषमा जम्मा appeared first on Breaking Nepal.
]]>
प्याब्सन केन्द्रीय कार्यसमितिको सर्कुलरअनुसार मोरङका १५ पालिकामा रहेका सदस्य विद्यालयमार्फत रकम संकलन गरिएको प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले बताए ।
पालिकागत विवरणअनुसार सबैभन्दा धेरै रकम विराटनगरका विद्यालयबाट संकलन भएको छ । विराटनगरका ३३ विद्यालयले २३ लाख १३ हजार ५ सय २७ रुपैयाँ जुटाएका छन् । त्यसपछि सुन्दरहरैँचाका २५ विद्यालयबाट १५ लाख ७० हजार ३ सय १९ रुपैयाँ र बेलबारीका २० विद्यालयबाट ९ लाख ६५ हजार ३ सय ७२ रुपैयाँ संकलन भएको छ ।
पथरीशनिश्चरेका २३ विद्यालयले ६ लाख ९० हजार ५ सय ४१ रुपैयाँ, उर्लाबारीका १६ विद्यालयले ३ लाख ५३ हजार ३ सय १९ रुपैयाँ, रंगेलीका ११ विद्यालयले ४ लाख ५३ हजार ६ सय ३ रुपैयाँ र रतुवामाईका ११ विद्यालयले २ लाख ४६ हजार ४ सय ७७ रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै, केराबारीका ६ विद्यालयबाट २ लाख ४१ हजार ४६ रुपैयाँ, मिक्लाजुङका १० विद्यालयबाट १ लाख ९९ हजार ३३ रुपैयाँ, लेटाङका १२ विद्यालयबाट २ लाख ६६ हजार १३ रुपैयाँ र सुनवर्षीको एक विद्यालयबाट ६२ हजार ९ सय २५ रुपैयाँ संकलन भएको छ ।
धनपालथानबाट २५ हजार २५ रुपैयाँ, कानेपोखरीबाट २५ हजार रुपैयाँ, ग्रामथानबाट १० हजार ९ सय रुपैयाँ र कटहरीका दुई विद्यालयबाट २७ हजार २ सय ३५ रुपैयाँ संकलन भएको प्याब्सन मोरङले जनाएको छ ।
अध्यक्ष बस्नेतका अनुसार विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यालय परिवारबाट स्वतःस्फूर्त रूपमा रकम जुटाइएको हो । विद्यालय सञ्चालकदेखि शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकसम्मको सहभागितामा संकलित रकम केन्द्रीय राहत कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइनेछ ।
‘विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व हो । सदस्य विद्यालयबाट संकलित रकम केन्द्रीय राहत कोषमा पठाएका छौं,’ बस्नेतले भने, ‘देशभरबाट प्याब्सनले संकलन गरेको रकम एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ ।’
भोटेकोशी नदीमा आएको बाढी तथा रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्याब्सनले देशभरबाट राहत रकम संकलन गरिरहेको छ । मोरङबाट संकलित रकम त्यसै अभियानअन्तर्गत केन्द्रीय राहत कोषमा पठाइएको हो ।
The post बाढीपीडितको उद्धारमा निजी विद्यालयको साथ, प्याब्सन मोरङबाट ७५ लाख राहत कोषमा जम्मा appeared first on Breaking Nepal.
]]>The post विपद् प्रभावितका लागि मेरिल्याण्ड कलेजले दियो ५ लाख ११ हजार सहयोग appeared first on Breaking Nepal.
]]>कलेजले बुधबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । रकम उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, मोरङमार्फत कोषमा पठाइएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।
भोटेकोशी नदीमा आएको बाढी तथा रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहतका लागि कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ ।
प्राकृतिक विपत्तिका बेला प्रभावित समुदायको राहत र पुनःस्थापनामा निजी क्षेत्रले पनि भूमिका निर्वाह गर्नुपर्ने भन्दै कलेजले सहयोगलाई सामाजिक दायित्वसँग जोडेको छ । प्रिन्सिपल ढकालले विपद्को कठिन समयमा प्रभावित नागरिकको साथमा उभिनु शैक्षिक संस्थाको पनि दायित्व भएको बताए ।
‘विपद्को समयमा निजी क्षेत्र, विभिन्न संघसंस्था र आम नागरिक एकजुट भएर प्रभावित समुदायको घाउमा मलम लगाउनुपर्छ,’ उनले भने ।
कलेजले यसअघि पनि विभिन्न सामाजिक गतिविधि तथा प्राकृतिक विपद्का समयमा आर्थिक तथा अन्य सहयोग गर्दै आएको जनाएको छ ।
यसैबीच, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, मोरङले सदस्य विद्यालयबाट संकलन हुने राहत रकम एकमुष्ट रूपमा केन्द्रीय संघमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने तयारी गरेको छ ।
संघका अनुसार अहिले सदस्य विद्यालयबाट राहत रकम संकलन भइरहेको छ । संघका अध्यक्ष अमित ढकालले मोरङबाट संकलित रकम केन्द्रमा पठाएर एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने बताए ।
‘अहिले सदस्य विद्यालयहरूबाट राहत रकम संकलन भइरहेको छ । मोरङबाट पनि रकम केन्द्रमा पठाउनेछौं । त्यसपछि एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ,’ उनले भने ।
The post विपद् प्रभावितका लागि मेरिल्याण्ड कलेजले दियो ५ लाख ११ हजार सहयोग appeared first on Breaking Nepal.
]]>The post अल्पविकसित मुलुकबाट स्तरोन्नतिपछि नेपाली निजी क्षेत्रलाई नयाँ चुनौती, तयारीमा जुट्न उद्यमीलाई आग्रह appeared first on Breaking Nepal.
]]>
नेपाल उद्योग वाणिज्य महासंघको ‘नेपालको समावेशी व्यावसायिक वातावरण तथा साना एवं मझौला उद्यम सुदृढीकरण’ परियोजनाअन्तर्गत कोशी प्रदेशमा आयोजित कार्यशाला गोष्ठीमा स्तरोन्नतिपछि निजी क्षेत्रले सामना गर्नुपर्ने सम्भावित चुनौती र त्यसका लागि गर्नुपर्ने तयारीबारे छलफल गरिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका विभिन्न उद्योग वाणिज्य संघ तथा व्यावसायिक संस्थासँग आबद्ध करिब १५० उद्यमीको सहभागिता थियो ।
कार्यक्रममा अध्यक्ष राउतले विकासशील मुलुकमा स्तरोन्नति हुनु अन्तर्राष्ट्रिय समुदायमा नेपालको आर्थिक तथा सामाजिक प्रगति प्रतिबिम्बित गर्ने महत्वपूर्ण उपलब्धि भए पनि यससँगै निजी क्षेत्रले नयाँ चुनौतीको सामना गर्नुपर्ने बताए ।
‘स्तरोन्नतिसँगै अवसर आउँछन्, तर त्यससँगै चुनौती पनि थपिन्छन् । त्यसैले नेपाली उद्यमी तथा व्यवसायीले सम्भावित प्रभावको अध्ययन गरी प्रतिस्पर्धात्मक क्षमता बढाउन अहिलेबाटै तयारी गर्न आवश्यक छ,’ राउतले भने ।
उनले विशेषगरी महिला उद्यमीले सञ्चालन गरेका साना तथा मझौला उद्यममा स्तरोन्नतिपछि पर्न सक्ने प्रभावबारे सचेतना बढाउन कार्यक्रम आयोजना गरिएको बताए । स्तरोन्नतिले बजार, लगानी, उत्पादन तथा प्रतिस्पर्धाको क्षेत्रमा पार्न सक्ने असरबारे उद्यमीलाई समयमै जानकारी दिनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रमको उद्देश्यबारे नेपाल उद्योग वाणिज्य महासंघ र जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्थाको परियोजना टोलीले जानकारी दिएको थियो ।
कार्यशालामा अल्पविकसित मुलुकबाट स्तरोन्नतिपछि नेपालको उद्योग तथा व्यवसायमा पर्न सक्ने प्रभावसम्बन्धी अध्ययन प्रस्तुत गर्दै परामर्शदाता भोजराज पौडेलले नेपालको स्तरोन्नतिको प्रक्रिया, संयुक्त राष्ट्रसंघमा अघि बढाइएको कार्यसूची, सम्भावित प्रभाव र निजी क्षेत्रको भूमिकाबारे जानकारी दिए ।
उनका अनुसार स्तरोन्नतिपछि नेपालले अन्तर्राष्ट्रिय व्यापारमा हाल पाइरहेका केही विशेष सुविधा क्रमशः गुमाउन सक्ने भएकाले उत्पादनको लागत, गुणस्तर र प्रतिस्पर्धात्मक क्षमता सुधार गर्नु निजी क्षेत्रका लागि मुख्य चुनौती बन्न सक्छ । यस्तो अवस्थामा उद्योगी व्यवसायीले बजार विस्तार, उत्पादन विविधीकरण र प्रविधिको प्रयोगमा विशेष ध्यान दिनुपर्ने उनले बताए ।
कार्यक्रममा सहभागी महिला उद्यमीले स्तरोन्नतिसँग सम्बन्धित आफ्ना व्यावहारिक समस्या र जिज्ञासा राखेका थिए ।
लेटाङ उद्योग वाणिज्य संघकी कुमारी थापा गुरुङले आफूले सञ्चालन गरिरहेको ब्याग उद्योगमा लगानी तथा बजारीकरणको समस्या रहेको बताउँदै स्तरोन्नतिले आफ्नो व्यवसायमा पार्न सक्ने प्रभावबारे जिज्ञासा राखिन् ।
मोरङ उद्योग व्यापार संघकी श्रुति शर्माले महिला उद्यमीले सञ्चालन गरेका उद्योगलाई वित्तीय पहुँच सहज बनाउनुपर्नेमा जोड दिइन् । उनले स्तरोन्नतिपछि प्रतिस्पर्धा बढ्ने अवस्थामा महिला उद्यमीलाई सहुलियतपूर्ण वित्तीय स्रोत र बजारमा पहुँच आवश्यक रहेको बताइन् ।
विराट ब्यागेटेकका सञ्चालक ढुण्डी ढकालले स्तरोन्नतिले निर्यात क्षेत्रमा पार्न सक्ने प्रभावबारे प्रश्न गर्दै राज्यको लगानी आयात प्रतिस्थापन र स्वदेशी उत्पादन प्रवद्र्धनमा केन्द्रित हुनुपर्ने बताए ।
उद्यमी यात्री चापागाईंले हस्तकला व्यवसायमा आफू संलग्न रहेको बताउँदै चीनबाट कच्चा पदार्थ आयात गर्दा विभिन्न समस्या भोग्नुपरेको अनुभव सुनाइन् । उनले उद्यमशीलता प्रवद्र्धन गर्ने गरी नीति निर्माणसँगै प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले नेपाली उद्यमीले उत्पादन प्रवद्र्धन गरिरहेका भए पनि भारतसँगको खुला सीमाका कारण प्रतिस्पर्धामा समस्या भइरहेको बताए । तेस्रो मुलुकमा नेपाली उत्पादनको निर्यात बढाउन निजी क्षेत्रले उत्पादनको गुणस्तर र प्रतिस्पर्धात्मक क्षमता थप सुधार गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि शिवसताक्षी उद्योग वाणिज्य संघकी प्रतिनिधि मेरिना कार्की, उद्यमी मनिषा दर्नाल तथा इटहरी खुसी मिटका सञ्चालक मीनुकुमारी राईले टिप्पणी र सुझाव राखेका थिए । सहभागीले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ परामर्शदाता भोजराज पौडेलले दिएका थिए ।
कार्यक्रमको समापन गर्दै नेपाल उद्योग वाणिज्य महासंघकी महिला उद्यमी सभापति कृति श्रेष्ठ उपाध्यायले विकासशील मुलुकमा स्तरोन्नतिको प्रक्रियालाई महिला उद्यमीले अवसरका रूपमा उपयोग गर्नुपर्ने बताइन् ।
उनले उत्पादनको गुणस्तर, बजार पहुँच, प्रविधिको प्रयोग र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा महिला उद्यमीले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् । स्तरोन्नतिपछि आउन सक्ने चुनौतीलाई अवसरमा बदल्न निजी क्षेत्र, सरकार र वित्तीय क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यशालाले अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिपछि नेपाली निजी क्षेत्र, विशेषगरी महिला उद्यमीले सामना गर्न सक्ने चुनौती र त्यसका लागि आवश्यक तयारीबारे जानकारी आदानप्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले जानकारी दिए ।
भण्डारीका अनुसार स्तरोन्नतिको प्रक्रियासँगै नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले उद्योगी व्यवसायीले उत्पादनको गुणस्तर, लागत, प्रविधि, बजार विस्तार र निर्यात क्षमतामा अहिलेबाटै सुधार गर्न आवश्यक छ ।
The post अल्पविकसित मुलुकबाट स्तरोन्नतिपछि नेपाली निजी क्षेत्रलाई नयाँ चुनौती, तयारीमा जुट्न उद्यमीलाई आग्रह appeared first on Breaking Nepal.
]]>The post एक वर्षपछि खुल्यो धरानको भाटभटेनी, पुरानो घाउ मेटाउँदै बजारमा फर्कियो appeared first on Breaking Nepal.
]]>गत वर्ष भदौ २४ गते आन्दोलनका क्रममा अराजक समूहको आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको धरान पुतलीलाइनस्थित भाटभटेनी मर्मत तथा पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएको हो ।
आगजनी भएकै दिन पारेर भाटभटेनी पुनः सञ्चालनमा आएसँगै लामो समयदेखि बन्द रहेको स्टोरको कारोबार फेरि सुरु भएको छ । वैदिक परम्पराअनुसार पूजा गरेर भाटभटेनीकी सञ्चालक सावित्री घले गुरुङले स्टोरको पुनः शुभारम्भ गरेकी हुन् ।
पुनः सञ्चालनमा आएसँगै धरान तथा आसपासका उपभोक्ताले दैनिक उपभोग्य वस्तुदेखि घरायसी सामग्री र अन्य आवश्यक सामान एउटै छानामुनि खरिद गर्न सक्ने भएका छन् ।
आन्दोलनका क्रममा भएको आगजनीबाट भाटभटेनीको भवन, बिक्री कक्ष, सामान तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो । क्षतिपछि स्टोर पूर्ण रूपमा बन्द गरी कम्पनीले पुनर्निर्माण तथा मर्मतको काम अघि बढाएको थियो ।
पुनर्निर्माणका क्रममा भवन तथा भौतिक संरचनाको मर्मतसँगै स्टोरको आन्तरिक व्यवस्थापनमा समेत सुधार गरिएको भाटभटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराईले बताए । ग्राहकलाई सहज, सुरक्षित र गुणस्तरीय सेवा दिने गरी आवश्यक सुविधा थपेर स्टोर सञ्चालनमा ल्याइएको उनले बताए ।
कर्मचारीलाई कटौती गरिएन
लामो समय स्टोर बन्द रहे पनि कम्पनीले कार्यरत कर्मचारीलाई कटौती नगरेको व्यवस्थापनले जनाएको छ । पुनः सञ्चालनमा आएको धरान शाखामा यसअघि कार्यरत जनशक्तिलाई नै प्राथमिकताका साथ काममा फर्काइएको छ ।
स्टोर बन्द हुँदा प्रत्यक्ष रूपमा प्रभावित कर्मचारीलाई रोजगारीमा निरन्तरता दिइएको र पुनः सञ्चालनसँगै उनीहरू नियमित काममा फर्किएको व्यवस्थापनले जनाएको छ ।
कोशीमा चारमध्ये तीन शाखा सञ्चालनमा
गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा भाटभटेनीका शाखा तोडफोड, लुटपाट र आगजनीको चपेटामा परेका थिए । कोशी प्रदेशमा धरानसहित विराटनगर, बिर्तामोड र दमकका शाखा प्रभावित भएका थिए ।
कोशी प्रदेशमा क्षति पुगेका चार शाखामध्ये विराटनगर र बिर्तामोड शाखा यसअघि नै मर्मत तथा पुनर्निर्माणपछि सञ्चालनमा आइसकेका छन् । धरान शाखा पनि बुधबारदेखि सञ्चालनमा आएपछि कोशी प्रदेशका चारमध्ये तीनवटा शाखा नियमित कारोबारमा फर्किएका छन् ।
दमक शाखाको पुनर्निर्माण भने अन्तिम चरणमा पुगेको व्यवस्थापनले जनाएको छ । आवश्यक काम पूरा भएपछि दमक शाखा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
स्थानीय बजारमा बढ्ने अपेक्षा
करिब एक वर्षसम्म भाटभटेनी बन्द हुँदा दैनिक उपभोग्य वस्तु खरिद गर्ने उपभोक्ता प्रभावित भएका थिए । ठूलो परिमाणमा विभिन्न वस्तु एकै स्थानमा उपलब्ध गराउँदै आएको स्टोर बन्द भएपछि उपभोक्ता वैकल्पिक बजारमा निर्भर हुनुपरेको थियो ।
धरानको बजारमा भाटभटेनी पुनः सञ्चालनमा आएपछि उपभोक्तालाई सहज हुनुका साथै पुतलीलाइन क्षेत्रको व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीय व्यवसायीको अपेक्षा छ ।
धरानका व्यवसायी तथा सुनसरी उद्योग वाणिज्य संघका प्रचारप्रसार संगठन सचिव विष्णु बरालले भाटभटेनी पुनः सञ्चालनमा आउनु धरानका लागि सकारात्मक भएको बताए ।
आन्दोलनका क्रममा निजी क्षेत्रका व्यवसायमा भएको आक्रमण दुःखद भएको उल्लेख गर्दै उनले उद्योग तथा व्यवसायको लगानी सुरक्षित हुने वातावरण आवश्यक रहेको बताए । भाटभटेनीले उपभोक्तालाई सेवा दिनुका साथै ठूलो संख्यामा स्थानीयलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिइरहेको उनले बताए ।
उनका अनुसार निजी क्षेत्रको लगानी सुरक्षित नभए आर्थिक गतिविधिमा नकारात्मक असर पर्छ । विगतका घटना दोहोरिन नदिने र उद्योगी–व्यवसायीको सम्पत्ति तथा लगानी सुरक्षित हुने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।
पुनः सञ्चालनसँगै आर्थिक गतिविधि बढ्ने
धरान शाखा पुनः सञ्चालनमा आएपछि स्टोरसँग प्रत्यक्ष रूपमा जोडिएका कर्मचारी, आपूर्तिकर्ता, ढुवानी व्यवसायी तथा अन्य सेवा प्रदायकको आर्थिक गतिविधिसमेत बढ्ने अपेक्षा गरिएको छ ।
करिब एक वर्षदेखि रोकिएको कारोबार सुरु भएसँगै पुतलीलाइन क्षेत्रमा समेत व्यापारिक गतिविधि बढ्ने स्थानीय व्यवसायीको विश्वास छ ।
पूर्वी नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको धरानमा ठूलो उपभोक्ता बजार छ । भाटभटेनी पनि लामो समयदेखि धरानको खुद्रा बजारको महत्वपूर्ण केन्द्रका रूपमा रहँदै आएको थियो ।
स्टोर बन्द भएपछि उपभोक्ताले दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्रीका लागि अन्य बजारमा निर्भर हुनुपरेको थियो । पुनः सञ्चालनपछि त्यसको प्रत्यक्ष लाभ उपभोक्तादेखि स्थानीय व्यापारिक गतिविधिसम्म पुग्ने अपेक्षा गरिएको छ ।
कम्पनीले आन्दोलनका क्रममा क्षति पुगेका अन्य शाखालाई पनि क्रमशः सञ्चालनमा ल्याउँदै आएको छ । महाराजगन्ज, बौद्ध, कोटेश्वर, पोखरा, चितवन, विराटनगर र बिर्तामोडलगायत प्रभावित शाखा सञ्चालनमा आइसकेका छन् ।
काठमाडौंको नक्सालस्थित भाटभटेनीको मुख्य स्टोर पनि आगामी असोजमा सञ्चालनमा ल्याउने तयारी कम्पनीले गरेको छ ।
The post एक वर्षपछि खुल्यो धरानको भाटभटेनी, पुरानो घाउ मेटाउँदै बजारमा फर्कियो appeared first on Breaking Nepal.
]]>The post ग्यास लिक भएर जलेकी महिलाको १० दिनपछि मृत्यु appeared first on Breaking Nepal.
]]>बूढीगंगा गाउँपालिका–४ प्रगति टोलकी ४६ वर्षीया सुष्मा भण्डारीको आगलागी भएको १० दिनपछि बुधबार बिहान मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
प्रहरीका अनुसार भदौ १५ गते बिहान करिब ६ बजे आफ्नै घरको भान्सामा चिया पकाउन ग्यास बाल्ने क्रममा ग्यास चुहिएर अचानक आगो सल्किएको थियो । आगोले सुष्माको टाउको, अनुहार, बायाँ हात तथा दुवै खुट्टामा गम्भीर चोट लागेको थियो ।
घटनापछि उनलाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो । अस्पतालमा उपचार भइरहेको अवस्थामा बुधबार बिहान ७ बजेर ५० मिनेटमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुष्माको शरीरमा लागेको आगो निभाउने क्रममा उनका पति ५० वर्षीय केशव भण्डारीसमेत घाइते भएका थिए । सामान्य अवस्थामा रहेका केशवको सोही अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
The post ग्यास लिक भएर जलेकी महिलाको १० दिनपछि मृत्यु appeared first on Breaking Nepal.
]]>The post बिहानी कपमा पञ्चकन्याको शानदार सुरुआत, सिंहदेवीमाथि ६–० को फराकिलो जित appeared first on Breaking Nepal.
]]>उद्घाटन खेलमा पञ्चकन्याले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै सिंहदेवीमाथि दबाब कायम राखेको थियो । लगातार गोल गर्दै पञ्चकन्याले ६–० को प्रभावशाली नतिजा निकाल्यो । फराकिलो जितसँगै पञ्चकन्या प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ ।
प्रतियोगिताको उद्घाटन भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आले, बिहानी फुटबल क्लबका अध्यक्ष विकल श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी कुलशेखर अर्यालले मुख्य निर्णायकलाई बल हस्तान्तरण गरेर गरेका थिए ।
यसअघि बुधबार बिहान भएको पहिलो खेलमा विद्योदय माध्यमिक विद्यालयले यशोधरा माध्यमिक विद्यालय टक्सारलाई ३–२ गोलले पराजित गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा जित निकाल्दै विद्योदयले पनि अर्को चरणको यात्रा तय गरेको छ ।
बुधबारकै तेस्रो खेलमा युनिक एन्ड युनाइटेड भोजपुर र जनसेवा आधारभूत विद्यालय भोजपुरबीच प्रतिस्पर्धा भएको छ ।
बिहानी फुटबल क्लबको आयोजना तथा भोजपुर जिल्ला फुटबल संघको संयोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा १५ विद्यालय सहभागी छन् । प्रतियोगिता भदौ २४ देखि २८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले ४४ हजार ४५० रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले २२ हजार २५० रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने आयोजक बिहानी फुटबल क्लबका अध्यक्ष विकल श्रेष्ठले बताए ।
प्रतियोगितामा सगरमाथा बोर्डिङ इङ्लिस स्कुल, सिद्धकाली बोर्डिङ इङ्लिस स्कुल, युनिक एन्ड युनाइटेड पब्लिक एकेडेमी, भोजपुर एकेडेमी, समता स्कुल, जनसेवा आधारभूत विद्यालय, विद्योदय माध्यमिक विद्यालय, पञ्चकन्या माध्यमिक विद्यालय, जनोदय माध्यमिक विद्यालय, यशोधरा माध्यमिक विद्यालय, सिद्धेश्वर माध्यमिक विद्यालय, पशुपति माध्यमिक विद्यालय, सिंहदेवी माध्यमिक विद्यालय र कालिका माध्यमिक विद्यालय सहभागी छन् ।
The post बिहानी कपमा पञ्चकन्याको शानदार सुरुआत, सिंहदेवीमाथि ६–० को फराकिलो जित appeared first on Breaking Nepal.
]]>The post भदौ २३ र २४ का घटनामा संलग्नलाई कारबाही गर्न कांग्रेस सभापति गगन थापाको माग appeared first on Breaking Nepal.
]]>बीपी स्मृति दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै थापाले भदौ २३ गते शान्तिपूर्ण आन्दोलनमाथि भएको राज्य दमनदेखि भदौ २४ गते सार्वजनिक संरचनामा भएको व्यापक ध्वंससम्मका घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताएका हुन् ।
गत वर्ष भदौ २४ गते आफ्नो घरसमेत जलेको स्मरण गर्दै थापाले व्यक्तिगत क्षतिभन्दा त्यस घटनामा ज्यान गुमाएका र घाइते भएका युवाको पीडा ठूलो रहेको बताए । आफ्नो घर जलेको घटनालाई व्यक्तिगत पीडाका रूपमा मात्र नहेरी त्यस दिन भएका समग्र घटनाको जवाफदेहिता खोजिनुपर्ने उनको भनाइ छ ।
थापाले भदौ २३ गते युवाहरूले आक्रोश र असन्तुष्टि व्यक्त गर्दै आन्दोलन गरेको भए पनि त्यस क्रममा राज्यबाट चरम दमन भएको आरोप लगाए । शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी हिंसा भड्काउने समूहको पहिचानसमेत हुनुपर्ने उनले बताए ।
त्यसपछि भदौ २४ गते भएको व्यापक हिंसा र ध्वंसलाई पनि छुट्टै कोणबाट अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ । आवेग र आक्रोशको स्वाभाविक प्रतिक्रियालाई अपराधसँग एउटै रूपमा हेर्न नहुने तर त्यसैलाई आधार बनाएर योजनाबद्ध हिंसा र आपराधिक गतिविधि गर्नेहरूलाई उन्मुक्ति दिन नहुने उनले बताए ।
‘आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ । तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ, उसले माफी पाउनु हुँदैन । उसले दण्ड पाउनुपर्छ,’ थापाले भने ।
भदौ २४ गते सिंहदरबार, अदालतलगायत महत्वपूर्ण सार्वजनिक संरचनामा भएको आगजनी तथा तोडफोडबारे प्रश्न उठाउँदै थापाले ती घटनाको योजनाकार, उक्साउने व्यक्ति र संलग्न समूहको पहिचान गर्नुपर्ने बताए ।
‘को थिए सिंहदरबार जलाउने ? को थिए अदालत जलाउने ? को थिए त्यो दिन त्यत्रो ठूलो ध्वंस गराउने र उक्साउने ? को थियो योजना बनाउने ?’ उनले प्रश्न गरे ।
उनले यति ठूलो क्षति हुँदासमेत राज्यको संयन्त्र कसरी क्षणभरमै प्रभावहीन बन्यो भन्ने विषयमा पनि छानबिन हुनुपर्ने बताए । घटनाको जिम्मेवारी कसैले नलिने र अपराधमा संलग्नलाई कारबाही नहुने अवस्था कायम रहे दण्डहीनता झनै बढ्ने उनको चेतावनी छ ।
सरकारले भदौ २४ गतेका घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै थापाले अनुसन्धान कहाँ पुगेको र छानबिनको अवस्था के छ भन्नेबारे सरकारसँग जवाफ मागेका छन् ।
त्यस्तै, भदौ २३ गतेका घटनाबारे गरिएको अध्ययनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न उनले माग गरेका छन् । भदौ २३ गते आन्दोलनमाथि दमन गर्ने, हिंसा भड्काउने तथा भदौ २४ गते आपराधिक गतिविधिमा संलग्न सबैमाथि समान रूपमा कानुनी कारबाही हुनुपर्ने उनको भनाइ छ ।
थापाले राजनीतिक आग्रह वा पूर्वाग्रहका आधारमा कसैलाई जोगाउने र कसैलाई मात्र दोषी देखाउने प्रयास नगरी घटनाको तथ्यमा आधारित अनुसन्धान गर्नुपर्ने बताएका छन् ।
‘भाद्र २३ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ । २४ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ,’ उनले भने ।
अपराधमा संलग्नलाई समयमै कारबाही नगरे त्यसले भविष्यमा हिंसा र आगजनीलाई प्रोत्साहन गर्ने थापाको चेतावनी छ । उनका अनुसार राज्यले कानुन उल्लंघन गर्ने जोसुकैलाई जवाफदेही बनाउन सके मात्रै दण्डहीनताको अन्त्य र जवाफदेही राज्य निर्माणको प्रक्रिया अघि बढ्न सक्छ ।
The post भदौ २३ र २४ का घटनामा संलग्नलाई कारबाही गर्न कांग्रेस सभापति गगन थापाको माग appeared first on Breaking Nepal.
]]>