नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज (कात्तिक १५) देखि सडक दस्तुर संकलन सुरु भएको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनले तोकिएको शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको हो ।
निर्धारित दरअनुसार साना कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। त्यसैगरी, ठूला सवारीसाधनले सुरुङमार्ग प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
सुरुवाती चरणमा सवारीसाधनले नगद वा क्यूआर कोडमार्फत दस्तुर भुक्तानी गर्न सक्नेछन् । आगामी दिनमा आरएफआईडी कार्ड तथा ट्याग प्रणाली लागू गरी स्वचालित रूपमा शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको आयोजना प्रमुख नेपालले जानकारी दिएका छन् ।
सुरुङमार्गमा सेवा प्रदायकका कर्मचारीमार्फत दस्तुर संकलन गरिनेछ । यसरी संकलित रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ। दस्तुर संकलनको सञ्चालन तथा अनुगमन सडक बोर्ड नेपाल र सडक विभागले गर्नेछन् ।
दस्तुर संकलन सुरु भएसँगै नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आफ्नो वर्गअनुसार निर्धारित शुल्क तिरेर मात्र यात्रा गर्नुपर्ने भएको छ ।
]]>विभागका अनुसार २४ घण्टाको अवधिमा १०० मिलिमिटरभन्दा बढी र २०० मिलिमिटरभन्दा कम वर्षा भएमा धेरै भारी वर्षा भएको मानिन्छ। २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा अति भारी वर्षा भनिन्छ।
बङ्गालको खाडीमा विकसित चक्रवात अर्नबको अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण अहिले देशभर वर्षा भइरहेको छ। हाल अधिकांश स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा मापन भएको विभागले जनाएको छ।
शुक्रबार राति १० बजेको विवरणअनुसार तीन घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा मुगुको ताल्चामा ७६.९ मिलिमिटर मापन भएको थियो। यस्तै, राति ११:१० बजेको विवरणअनुसार एक घण्टाको अवधिमा सुर्खेतको रानीमत्ता मौसम मापन केन्द्रमा सबैभन्दा धेरै ११.२ मिलिमिटर वर्षा भएको थियो।
विभागका अनुसार २४ घण्टाको अवधिमा ५० मिलिमिटरभन्दा बढी र १०० मिलिमिटरभन्दा कम वर्षा भएमा भारी वर्षा भएको मानिन्छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यद्यपि, आज अपराह्नदेखि वर्षा गराउने मौसमी प्रणालीको प्रभाव क्रमिक रूपमा कमजोर हुँदै जाने र मौसममा सुधार आउने पूर्वानुमान महाशाखाले जनाएको छ।
]]>मुक्ति राम पोखरेल, सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको एकता, पहिचान र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सिड्नीमा आगामी नोभेम्बर २७ र २८ मा दुई विशेष कार्यक्रम आयोजना हुने भएका छन् ।
सन् १९७६ मा स्थापना भएको नेपालीज अस्ट्रेलियन एसोसिएसन (NAA) ले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा नोभेम्बर २७ शुक्रबार हर्स्टभिलस्थित माराना हलमा स्वर्णजयन्ती समारोह आयोजना गर्न लागेको हो ।
साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रममा नेपाली कला क्षेत्रका चर्चित कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल र गायिका शान्तिश्री परियारको विशेष प्रस्तुति रहनेछ। कार्यक्रममा प्रख्यात मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाको समेत विशेष उपस्थिति रहने आयोजकले जनाएको छ ।
यसैगरी, ग्रेटर सिड्नी नेपालीज मल्टिकल्चरल सेन्टर (GSNMC) ले नोभेम्बर २८ शनिबार सिड्नीस्थित वेस्ली कन्फरेन्स सेन्टरमा सदस्य सम्मान तथा कोष सङ्कलन साँझ आयोजना गर्ने भएको छ। साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रममा संस्थाका सदस्य तथा नेपाली समुदायमा विभिन्न माध्यमबाट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिनेछ ।
GSNMC ले आफ्नो मूल नारा ‘Connect, Inspire, Thrive’ अर्थात् ‘जोडौँ, प्रेरित गरौँ र समृद्ध बनौँ’ लाई आत्मसात् गर्दै सिड्नीमा नेपाली कला, संस्कृति र पहिचान झल्किने सांस्कृतिक भवन निर्माणको दीर्घकालीन अभियान अघि बढाएको छ ।
प्रस्तावित सांस्कृतिक भवनमा नेपाली मौलिक वास्तुकला, परम्परा, संस्कृति तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण र प्रदर्शन गरिने परिकल्पना गरिएको छ। नेपाली समुदायले विवाह, चाडपर्व, सांस्कृतिक उत्सव, सभा, सम्मेलन तथा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्न सक्ने साझा स्थलका रूपमा भवन विकास गर्ने संस्थाको लक्ष्य छ ।
त्यसका साथै, अस्ट्रेलियामा रहेका विभिन्न जातजाति तथा सांस्कृतिक समुदायलाई समेत समेटेर बहुसांस्कृतिक एकता र आपसी सद्भाव प्रवर्द्धन गर्ने केन्द्रका रूपमा भवनलाई विकास गर्ने योजना रहेको छ । विशेषगरी अस्ट्रेलियामा हुर्किरहेका दोस्रो पुस्ताका नेपाली बालबालिका तथा युवालाई आफ्नो भाषा, संस्कृति र पुर्खाको पहिचानसँग जोड्न यसले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
NAA का सल्लाहकार उमेश पन्तले दुवै कार्यक्रमलाई नेपाली समुदायको इतिहास, उपलब्धि र भविष्यसँग जोडिएका महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार NAA को स्वर्णजयन्तीले पाँच दशकसम्म नेपाली समुदायका लागि पुर्याएको योगदानको स्मरण र सम्मान गर्नेछ भने GSNMC को अभियानले भावी पुस्ताका लागि साझा सांस्कृतिक आधार निर्माण गर्नेछ।
त्यस्तै, GSNMC का अध्यक्ष विष्णु हमालले नेपाली सांस्कृतिक भवन निर्माणको सपना साकार पार्न सबै नेपालीको साथ र सहयोग आवश्यक रहेको बताएका छन्। उनले सिड्नी तथा आसपासमा बसोबास गर्ने सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी भई संस्थाको अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।
लगातार दुई दिन आयोजना हुने यी कार्यक्रमले अस्ट्रेलियामा नेपाली समुदायले हासिल गरेका उपलब्धिको उत्सव मनाउनुका साथै भाषा, संस्कृति, पहिचान र सामुदायिक एकतालाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने अभियानलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

काठमाडौं । विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास भएको घटनाप्रति राजनीतिक क्षेत्र, पत्रकारिता क्षेत्र र नागरिक अभियन्ताहरूले विरोध जनाएका छन्। उनीहरूले समाचार लेखेकै आधारमा पत्रकारलाई नियन्त्रणमा लिने कार्यले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रश्न उठाएको बताएका छन्।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले समाचार कक्षबाटै पत्रकारलाई नियन्त्रणमा लिने कार्यलाई राज्य आतंकको संज्ञा दिनुभएको छ। उहाँले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिनु संविधान, प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानुनी मान्यताविपरीत भएको बताउँदै यस्तो कार्य तत्काल रोक्न सरकारसँग आग्रह गर्नुभएको छ। यस्तो गतिविधि नरोकिए आन्दोलनमा उत्रिनुको विकल्प नरहने उहाँको चेतावनी छ।
वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले समाचारको स्रोत खोज्ने नाममा समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्न थालिएको हो भने संविधान र प्रेस स्वतन्त्रता नै संकटमा पर्ने टिप्पणी गर्नुभएको छ। उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लड्नुभन्दा पहिले संविधान जोगाउनुपर्ने अवस्था आएको धारणा सार्वजनिक गर्नुभएको छ।
नेपाल प्रेसका प्रधानसम्पादक मातृका पौडेलले पत्रकारको समाचार स्रोतको गोपनीयता पत्रकारिताको आधारभूत मान्यता भएको बताउनुभएको छ। प्रहरीको दबाबका कारण समाचार स्रोतप्रतिको विश्वास तोड्न नसकिने उहाँको भनाइ छ।
जेनजी अभियन्ता रवि किरण हमालले सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने कार्यको विरोध गर्दै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द गर्न माग गर्नुभएको छ। सत्ता आलोचनादेखि डराएर सञ्चारगृहमाथि प्रहरी परिचालन गर्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको उहाँको टिप्पणी छ। पत्रकारको कलम तर्साएर सत्यलाई कैद गर्न नसकिने भन्दै उहाँले प्रेस स्वतन्त्रता र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाउनसमेत आह्वान गर्नुभएको छ।
त्यस्तै, जेनजी अभियन्ता रक्षा बमले पनि पत्रकार पक्राउको घटनाप्रति असन्तुष्टि जनाउनुभएको छ। उहाँले सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै सञ्चारगृहमा प्रहरी परिचालन गर्ने र पत्रकारलाई तर्साउने गतिविधि सुशासनको अवधारणाविपरीत भएको बताउनुभएको छ।
वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्न नमिल्ने बताउनुभएको छ। समाचारको विषयवस्तु गलत भए त्यसलाई सच्याउने र कानुनी प्रक्रिया अघि बढाउने छुट्टै संयन्त्र रहेको उल्लेख गर्दै समाचार सामग्रीप्रति असहमति हुँदैमा पत्रकारलाई पक्राउ गर्नु संविधानको मर्मविपरीत हुने उहाँको धारणा छ।
यसैबीच, घटनाबारे प्रधानमन्त्रीको सचिवालयले आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री, उहाँको सचिवालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुनै संलग्नता नरहेको र यसबारे पूर्वजानकारीसमेत नभएको स्पष्ट पारेको छ। प्रधानमन्त्रीका प्रेस विज्ञ दीप दाहालले फेसबुकमार्फत घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिइसक्नुभएको जानकारी दिनुभएको छ।
शुक्रबार नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनए खबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसैगरी, नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन भन्दै सादा पोशाकका प्रहरी सञ्चारगृहमा पुगेका थिए।
घटनापछि प्रेस स्वतन्त्रता, समाचार स्रोतको गोपनीयता, पत्रकारको व्यावसायिक सुरक्षा र राज्यका निकायले अपनाउनुपर्ने कानुनी प्रक्रियाबारे बहस चर्किएको छ। सरोकारवालाहरूले समाचार सामग्रीप्रति असहमति भए स्थापित कानुनी तथा नियामकीय प्रक्रियाबाट समाधान खोज्नुपर्ने र पत्रकारिता क्षेत्रले पनि सत्यतथ्य तथा व्यावसायिक आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएका छन्।
]]>काठमाडौं । विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनामा प्रधानमन्त्री, उहाँको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता नरहेको प्रधानमन्त्रीको प्रेस विज्ञ दीप दाहालले स्पष्ट पार्नुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दाहालले उक्त घटनाबारे प्रधानमन्त्री तथा उहाँको सचिवालयलाई पूर्वजानकारीसमेत नभएको बताउनुभएको छ।
घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसक्नुभएको उहाँले उल्लेख गर्नुभएको छ।
शुक्रबार विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेपछि यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाबारे बहस सिर्जना गरेको छ।
यसअघि प्रेस काउन्सिल नेपालले पनि घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्न आग्रह गरेको थियो।
]]>काठमाडौं । सरकारी कार्यालय समय सकिएपछि शुक्रबार विभिन्न सञ्चारमाध्यमका कार्यालयमै प्रवेश गरी प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ।
प्रेस काउन्सिल नेपालले विज्ञप्ति जारी गर्दै पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको नदेखिएको र अपराधसम्बन्धी जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिने प्रयास गरिनु गम्भीर विषय भएको जनाएको छ।
प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि प्रश्न उठाएको काउन्सिलको भनाइ छ। सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी भएमा त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको रहेको विज्ञप्तिमा उल्लेख छ।
समाचार सामग्रीकै विषयमा प्रहरी परिचालन गर्नुभन्दा काउन्सिलको स्थापित विधि र प्रक्रियामार्फत समस्या समाधान गर्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित सबै पक्षलाई काउन्सिलले आग्रह गरेको छ।
त्यसैगरी नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्न पनि काउन्सिलले माग गरेको छ। पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्दै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नसमेत अनुरोध गरिएको छ।
शुक्रबार नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै, नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन भन्दै सादा पोशाकमा खटिएका प्रहरी नयाँ पत्रिकाको कार्यालयमै प्रवेश गरेका छन्। प्रहरी टोलीले मैनालीलाई नियन्त्रणमा नलिई कार्यालयबाट नफर्किने अडानसहित कार्यालयमै बसेको जनाइएको छ।
प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको संवर्द्धनका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस काउन्सिल नेपालले घटनाको कानुनी प्रक्रिया र पत्रकारको सुरक्षाका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
]]>काठमाडौं, ११ कात्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको चौथो खेलमा दुवै टोली कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आमनेसामने हुन लागेका हुन्।
निर्धारित खेल तालिकाअनुसार खेल आज बुधबार साँझ ५ बजे सुरु हुनेछ। टी–२० प्रारूपमा हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।
पोखरा एभेन्जर्सको कप्तानी कुशल भुर्तेलले गरिरहेका छन् भने सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन्। दुवै टोलीका लागि आजको खेल लिगमा महत्त्वपूर्ण हुनेछ।
सुदूरपश्चिम रोयल्स प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो। लुम्बिनीले उक्त खेलमा सुदूरपश्चिमलाई सात विकेटले हराएको थियो। त्यसैले सुदूरपश्चिम आजको खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ। पोखरा एभेन्जर्स भने आजको खेलबाट प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्दैछ।
यसअघि एनपीएलका दुई संस्करणमा सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो। यसपटक पनि उपाधि दाबेदारका रूपमा हेरिएको टोलीका लागि आजको खेलमा जित निकाल्नु महत्त्वपूर्ण हुनेछ। यता पोखरा एभेन्जर्स पनि जितसहित प्रतियोगिताको सुरुवात गर्ने योजनामा हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन भइरहेको एनपीएलको तेस्रो संस्करणमा आठ टोली सहभागी छन्। प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भइरहेका छन्। लिग चरणपछि प्लेअफका खेल हुनेछन् भने प्रतियोगिताको फाइनल नोभेम्बर २१ अर्थात् मंसिर ५ गते हुनेछ।
]]>हाल कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लागेको छ भने बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना छ। देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्कासम्म वर्षा र हिमपातको सम्भावना रहेको छ।
राति देशभर साधारणतया बादल लागेर कोशी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षा र हिमपात हुने अनुमान छ। साथै बागमती र गण्डकीका हिमाली भू-भागका थोरै स्थान तथा कोशी र बागमतीका पहाडी, मधेस र कोशीको तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
भोलि बिहीबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी लगायत कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी र बागमतीका हिमाली भू-भागका केही स्थान र बाँकी हिमाली भू-भागका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।
]]>काठमाडौं । नेपालीहरूको प्रमुख चाड बडादसैँमा धार्मिक तथा सांस्कृतिक गतिविधिसँगै खानपानको पनि विशेष महत्त्व हुन्छ। परिवारका सदस्य तथा आफन्तसँग भेटघाट गर्ने, मिठामिठा परिकार खाने र खुसी साटासाट गर्ने अवसरका रूपमा दसैँलाई लिइन्छ। तर, चाडपर्वका बेला खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले सन्तुलित र स्वस्थकर भोजनमा जोड दिन आवश्यक छ।
दसैँमा मासु, चिउरा, सेलरोटी, खीर, मिठाई, अचार तथा अन्य परिकार खाने चलन छ। यस्ता परिकार स्वादिष्ट भए पनि अत्यधिक मात्रामा सेवन गर्दा पाचन प्रणालीमा समस्या आउन सक्छ। विशेषगरी धेरै चिल्लो, बोसोयुक्त, नुनिलो र गुलियो खानेकुराको सेवनले शरीरमा असहजता बढाउन सक्छ। त्यसैले दसैँको रमाइलोमा खानाको मात्रा र गुणस्तर दुवैमा ध्यान दिनुपर्छ।
दसैँमा मासुका परिकार बढी खाने भएकाले मासुको छनोट, भण्डारण र पकाउने तरिकामा विशेष सावधानी अपनाउनुपर्छ। ताजा र स्वच्छ मासु प्रयोग गर्ने, काँचो मासु र पकाएको खानालाई अलग राख्ने तथा मासु राम्ररी पकाएर मात्र खाने बानी महत्त्वपूर्ण हुन्छ। लामो समयसम्म कोठाको तापक्रममा राखिएको खाना सेवन गर्दा खाद्यजन्य संक्रमणको जोखिम बढ्न सक्छ। पकाएको खाना सुरक्षित तापक्रममा राख्ने र लामो समय बाहिर राखिएको खाना पुनः सेवन नगर्ने कुरामा पनि ध्यान दिनुपर्छ।
चाडपर्वका बेला नियमित खानपानको तालिका परिवर्तन हुने र एकैपटक धेरै खाने प्रवृत्ति पनि देखिन्छ। यसले अपच, पेट फुल्ने, अम्लपित्त तथा अन्य पाचनसम्बन्धी समस्या निम्त्याउन सक्छ। त्यसैले एकैपटक धेरै खानुभन्दा आवश्यकताअनुसार थोरै–थोरै खाने, नियमित समयमा भोजन गर्ने र शरीरलाई आवश्यक पर्ने पानी पर्याप्त मात्रामा पिउने बानी अपनाउनु उपयुक्त हुन्छ।
मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी समस्या तथा मिर्गौलाका रोग भएका व्यक्तिले खानपानमा थप सावधानी अपनाउनुपर्छ। यस्ता व्यक्तिले आफ्नो स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहअनुसार चिनी, नुन, बोसो तथा अन्य खाद्य पदार्थको मात्रा नियन्त्रण गर्नुपर्छ। नियमित औषधि सेवन गरिरहेका व्यक्तिले चाडपर्वका कारण औषधि खाने समय वा मात्रा आफूखुसी परिवर्तन गर्नु हुँदैन।
बालबालिका तथा ज्येष्ठ नागरिकको खानपानमा पनि विशेष ध्यान दिन आवश्यक छ। उनीहरूलाई उमेर र स्वास्थ्य अवस्थाअनुसार उपयुक्त खाना दिनुपर्छ। बासी, दूषित वा असुरक्षित खानेकुराबाट टाढा रहनुका साथै फलफूल र तरकारी राम्ररी सफा गरेर सेवन गर्नुपर्छ। मदिरा सेवन गर्ने व्यक्तिले यसको स्वास्थ्य जोखिमबारे सचेत रहनु आवश्यक छ। मदिरा सेवन नगर्नु नै सबैभन्दा सुरक्षित विकल्प हो।
दसैँको खानपानलाई स्वस्थकर बनाउन परम्परागत परिकारको आनन्द लिँदै खानाको मात्रा सन्तुलित राख्ने, नियमित शारीरिक गतिविधि गर्ने र पर्याप्त आराम गर्ने बानी उपयोगी हुन्छ। चाडपर्वमा स्वाद र मनोरञ्जनसँगै स्वास्थ्यलाई प्राथमिकता दिन सके दसैँको खुसी अझ सुखद बनाउन सकिन्छ।
दसैँको वास्तविक आनन्द स्वादिष्ट भोजनमा मात्र नभई परिवारसँगको आत्मीयता, आपसी सद्भाव र स्वस्थ जीवनशैलीमा पनि निहित छ। त्यसैले खानपानमा सामान्य सावधानी अपनाउँदै स्वस्थ र सुरक्षित तरिकाले दसैँ मनाउनु सबैका लागि आवश्यक छ।
]]>अन्तर्राष्ट्रिय विद्युतीय फोहोर दिवस २०२६ को अवसरमा काठमाडौंमा “Green Digital Nepal: E Waste Dialogue 2026” आयोजना गरिएको छ। आहा नेपालको आयोजना तथा डोको रिसाइक्लर्सको सहआयोजनामा सम्पन्न कार्यक्रममा विद्युतीय फोहोर (E-Waste) को वैज्ञानिक व्यवस्थापन, चक्रीय अर्थतन्त्र (Circular Economy), हरित वित्त, निजी क्षेत्रको लगानी, वातावरणीय संरक्षण तथा हरित रोजगारी सिर्जनाका विषयमा नीतिगत तथा व्यावहारिक छलफल गरिएको थियो।
कार्यक्रममा सरकारी निकाय, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, वातावरण तथा फोहोर व्यवस्थापन क्षेत्रका सरोकारवाला, विकास साझेदार, उद्यमी तथा विज्ञहरूको सहभागितामा विद्युतीय फोहोरलाई वातावरणीय चुनौतीबाट आर्थिक अवसरमा रूपान्तरण गर्ने सम्भावनाबारे विचार आदानप्रदान गरिएको थियो।
विद्युतीय फोहोर वातावरणीय चुनौती मात्र होइन, आर्थिक अवसर पनि
कार्यक्रममा प्रस्तुत कार्यपत्र तथा छलफलमा विद्युतीय र इलेक्ट्रोनिक उपकरणहरूको बढ्दो प्रयोगसँगै उत्पन्न हुने फोहोरको सुरक्षित व्यवस्थापन नेपालका लागि महत्वपूर्ण विषय बन्दै गएको औँल्याइयो।
विद्युतीय फोहोरमा तामा, आल्मुनियम, फलाम, सुन, चाँदीलगायत पुनःप्राप्त गर्न सकिने मूल्यवान् पदार्थ रहने भएकाले वैज्ञानिक संकलन, मर्मत, पुनःप्रयोग तथा पुनर्चक्रणमार्फत औद्योगिक कच्चा पदार्थको उपलब्धता बढाउन, आयात निर्भरता घटाउन र नयाँ उद्यम तथा रोजगारी सिर्जना गर्न सकिने सम्भावनाबारे चर्चा गरिएको थियो।
अर्कोतर्फ, असुरक्षित प्रशोधन, अनधिकृत संकलन, जोखिमयुक्त ब्याट्री व्यवस्थापन, उपयुक्त प्रविधि तथा पूर्वाधारको अभाव र कमजोर जनचेतनाले मानव स्वास्थ्य तथा वातावरणमा जोखिम सिर्जना गर्न सक्ने विषयमा ध्यानाकर्षण गराइएको थियो।
अनौपचारिक क्षेत्रलाई औपचारिक हरित अर्थतन्त्रमा जोड्नुपर्ने
छलफलमा विद्युतीय फोहोर संकलन, मर्मत तथा पुनःप्रयोगमा संलग्न अनौपचारिक क्षेत्रका श्रमिक तथा उद्यमीहरूलाई व्यवस्थित, सुरक्षित र औपचारिक अर्थतन्त्रमा समावेश गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।
अनौपचारिक व्यवसायलाई औपचारिक बनाउने क्रममा श्रमिकको जीविकोपार्जन, व्यावसायिक सुरक्षा, सीप विकास, प्रविधिमा पहुँच तथा बजारसँगको सम्बन्धलाई विशेष प्राथमिकता दिनुपर्ने सुझाव प्रस्तुत गरिएको थियो।
EPR, नीतिगत सुधार र सुरक्षित पुनर्चक्रणमा जोड
कार्यक्रममा विद्युतीय फोहोर व्यवस्थापनसम्बन्धी स्पष्ट नीतिगत व्यवस्था, प्रभावकारी नियमन तथा Extended Producer Responsibility (EPR) अर्थात् विस्तारित उत्पादक उत्तरदायित्वको आवश्यकता औँल्याइयो।
उत्पादक, आयातकर्ता, वितरक तथा विक्रेतालाई उपकरणको बिक्रीपछिको जीवनचक्र व्यवस्थापनमा जिम्मेवार बनाउने, फिर्ता संकलन प्रणाली विकास गर्ने तथा अधिकृत पुनर्चक्रण उद्योगलाई प्रोत्साहन गर्ने विषयमा छलफल भएको थियो।
विशेषगरी ब्याट्री, विद्युतीय उपकरण तथा जोखिमयुक्त सामग्रीको सुरक्षित संकलन, भण्डारण, ढुवानी र प्रशोधनका लागि प्राविधिक मापदण्ड र नियामकीय व्यवस्था सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।
हरित वित्त र निजी क्षेत्रको लगानी विस्तार गर्न आह्वान
विद्युतीय फोहोर व्यवस्थापनलाई आर्थिक रूपमा दिगो व्यवसायका रूपमा विकास गर्न बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र र विकास साझेदारबीच सहकार्य आवश्यक रहेको विषयमा जोड दिइएको थियो।
विद्युतीय फोहोर संकलन केन्द्र, मर्मत तथा पुनर्निर्माण उद्योग, पुनर्चक्रण प्रविधि, सामग्री पुनःप्राप्ति र सुरक्षित प्रशोधन पूर्वाधारमा लगानी विस्तार गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको थियो।
हरित कर्जा, चक्रीय अर्थतन्त्र वित्तीयकरण, मिश्रित वित्त, प्रभाव लगानी तथा सार्वजनिक निजी साझेदारीका सम्भावित मोडेलबारे समेत छलफल गरिएको थियो।
घरेलु तथा साना उद्योगमार्फत हरित रोजगारी सिर्जनाको अवसर
कार्यक्रममा लघु, घरेलु तथा साना उद्योगलाई विद्युतीय फोहोर व्यवस्थापनको मूल्य शृङ्खलामा आबद्ध गर्न सकिएमा स्थानीय स्तरमा हरित उद्यमशीलता, सीप विकास तथा रोजगारी सिर्जनाको नयाँ सम्भावना खुल्ने विषय उठाइएको थियो।
विद्युतीय उपकरण मर्मत, पुनःप्रयोग, पुनर्निर्माण, संकलन, वर्गीकरण तथा पुनर्चक्रण व्यवसायमा महिला, युवा तथा स्थानीय उद्यमीहरूको सहभागिता विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।
यसले स्रोतको अधिकतम उपयोग, उत्पादन लागत न्यूनीकरण, औद्योगिक कच्चा पदार्थको पुनःप्राप्ति तथा स्थानीय आर्थिक गतिविधि विस्तारमा योगदान पुर्याउन सक्ने धारणा व्यक्त गरिएको थियो।
कार्यक्रममा प्रस्तुत विचार, छलफल र सुझावहरूलाई समेटेर “Green Digital Nepal: E-Waste Dialogue 2026” को मस्यौदा तयार गरिएको छ।
प्रस्तावित घोषणापत्रमा विद्युतीय फोहोर व्यवस्थापनसम्बन्धी नीति तथा नियामकीय सुधार, विस्तारित उत्पादक उत्तरदायित्व, अनौपचारिक क्षेत्रको औपचारिकीकरण, चक्रीय अर्थतन्त्र, हरित वित्त, उद्यमशीलता विकास, सुरक्षित ब्याट्री व्यवस्थापन, सार्वजनिक निजी साझेदारी, जनचेतना तथा डिजिटल तथ्याङ्क प्रणालीलाई प्राथमिकता दिइएको छ।
साथै बहुसरोकारवाला सहकार्य संयन्त्र विकास गरी आगामी १२ महिनाभित्र नीतिगत सुझाव, नमुना परियोजना, व्यवसायिक मोडेल तथा लगानीका सम्भावना पहिचान गर्ने प्रस्तावसमेत समेटिएको छ।
संवादबाट कार्यान्वयनतर्फ अघि बढ्नुपर्ने
कार्यक्रमका सत्र अध्यक्ष तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष गुणराज ढकाल ले विद्युतीय फोहोर व्यवस्थापनलाई वातावरण संरक्षणसँगै उद्यमशीलता, औद्योगिक विकास, वित्तीय पहुँच र रोजगारी सिर्जनासँग जोडेर अघि बढाउनुपर्ने विषयलाई प्राथमिकता दिएका छन्।
कार्यक्रमबाट प्राप्त सुझावहरूलाई सम्बन्धित सरकारी निकाय, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र विकास साझेदारसँगको निरन्तर सहकार्यमार्फत व्यवहारिक कार्ययोजनामा रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको छ।
“फोहोरबाट स्रोत, स्रोतबाट उद्यम, उद्यमबाट रोजगारी र रोजगारीबाट दिगो समृद्धि” भन्ने अवधारणालाई अघि बढाउँदै नेपालमा सुरक्षित विद्युतीय फोहोर व्यवस्थापन तथा चक्रीय अर्थतन्त्र प्रवर्द्धनका लागि सबै सरोकारवालाबीच सहकार्य विस्तार गर्न आह्वान गरिएको छ।
]]>