
टोकियो,साउन,२४-जापानको टोकियोमा मिनी फुटसल प्रतियोगीता हुने भएको छ।
बिहानी एफसीको आयोजनामा यहि अगष्ट २१ गते शुक्रबारका दिन टोकियो स्थित सिन्जुकुमा रहेको सिन्जुकु सेन्ट्रल पार्क फुटसल मैदानमा मा पहिलो पटक मिनी फुटसल प्रतियोगिताको आयोजना हुँदैछ।
उक्त प्रतियोगिता बेलुकि ४ बजेर ४५ मिनेट बजे देखि बेलुकिको ८ बजेसम्म सञ्चालन हुने आयोजक टिमले जनाएको छ।
प्रतियोगितामा सहभागी हुने टिमले प्रवेश शुल्क १५,००० येन तिर्नु पर्नेछ।मिनी फुटसल प्रतियोगितामा विजेता टिमले प्रथम पुरस्कार बापत ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद पुरस्कार प्राप्त गर्नेछन्।
नगद पुरस्कारको घोषणा भने दर्ता भएको टिमको आधारमा तय गरिने आयोजकले जनाएको छ।यस्तै उप विजेता टिमले दोस्रो पुरस्कार बापत मेडल तथा प्रमाणपत्र पाप्त गर्ने छन्।

उक्त प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्देश्य टोकियोमा रहेका नेपाली दाजुभाईविचको भाईचाराको आपसी सम्बन्धलाई प्रगाढ राख्नु र खेलमा रुची भएका र अवसर नपाएका खेलाडीलाई अवसर सिर्जना गर्नु रहेको आयोजकले जनाएको छ।
मिनि फुटसल प्रतियोगितामा धेरै टिमले सहभागिता जनाउने अपेक्षा आयोजत टिमले राखेको छ।
तसर्थ टोकियोमा रहेका खेलप्रेमी तथा फुटसल टिमहरूलाई अगष्ट १८ तारिख भित्र आफ्नो टिम दर्ता गराई सहभागी हुन आयोजक टिमले अनुरोध गरेको छ।
टिम दर्ताका लागि तल दिएको क्लबको आधिकारीक व्यक्तीलाई सम्पर्क गर्नु होला।
सुमन बिष्ट -०९०-३८६८-२४०७
पृथ्वी सापकोटा- ०७०-९०७४-५६९९
]]>

जापानको टोकियो शहरमा पहिलो पटक आउन लागेको आयोजक टिम परिचयका म्यानेजर दिपन मगरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।
उहाँका अनुसार ‘द एक्स’ ब्यान्ड नेपाली रक संगीत प्रेमीमाझ निकै लोकप्रिय ब्यान्ड हो।जापानमा रहेका नेपाली दर्शक यो ब्यान्डको प्रत्यक्ष प्रस्तुति हेर्न उत्साहित हुने आफूहरुले विस्वास लिएको बताउनुभयो।
टिम परिचय जापानको आयोजना र Royal Lounge Bar को प्रायोजन रहेको यस कार्यक्रमले जापानमा रहेका नेपाली संगीत प्रेमीलाई एकै स्थानमा नेपाली रक संगीतको ऊर्जा र उत्साह अनुभव गर्ने अवसर प्रदान गर्नेछ।
नेपालको चर्चित रक ब्यान्ड ‘द एक्स’ (The Axe) को विगतलाई हेर्दा ।
सन् १९९३ मा स्थापना भएको ‘द एक्स’ नेपाली रक संगीतको ईतिहासमा स्थापित भएको एक ब्यान्ड हो।नेपाली लोक भाकालाई रक संगीतसँग मिश्रण गर्दै यो ब्यान्डले तीन दशकभन्दा बढी समयदेखि श्रोताको मन जित्दै आएको छ।
‘द एक्स’ ब्याण्डको चर्चीत एल्बमहरु एउटा ‘चिठ्ठी’,को साहाराले, चिया बारिमा,‘मेरो एउटा साथी छ’ लगायतका लोकप्रिय गीतमार्फत नेपालभित्र मात्र होइन, विश्वभर रहेका नेपालीमाझ पनि विशेष स्थान बनाएको छ।
विशेष गरि यस ब्याण्डले नेपाली रक संगीतलाई मुख्यधारामा स्थापित गर्न योगदान पुर्याएको छ।लाइभ कन्सर्टमा ऊर्जा र दर्शकसँगको अन्तरक्रियाका कारण निकै लोकप्रिय बनेको पुरानो ब्याण्ड पनि हो।
तीन दशकभन्दा बढी समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय भई युवा पुस्तादेखि पुराना संगीतप्रेमीहरू सम्मको रोजाइमा पर्ने यस ब्यान्डले नेपाली रक इतिहासका सफल र दीर्घकालीन ब्यान्डमध्येमा आफ्नो नाम पनि दर्ज गरेको छ।
आयोजकका अनुसार कार्यक्रमलाई भव्य र स्मरणीय बनाउन विशेष तयारी गरिरहेको जनाएको छ।जापानमा रहेका नेपाली समुदायबीच यस कार्यक्रमप्रति उत्साह बढ्दै गएको छ।
जुलाई १२ मा जापानको टोकियोस्थित Atom Tokyo, Shinjuku मा नेपालको चर्चित रक ब्यान्ड ‘द एक्स (The Axe)’ ले विशेष सांगीतिक प्रस्तुति दिने आयोजक परिचय टिमका म्यानेजर दिपन मगरले जानकारी दिनुभयो।
यस कार्यक्रमको लागि टिकट तपाई बस्ने नजिकैको नेपाली रेष्टुरेण्ट र नेपाली हलाल पसलमा पाईनुका साथै अनलाईन टिकटको व्यवस्था पनि गरिको आयोजकले जनाएको छ।
अनलाईन टिकटका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोस्।
]]>
काठमाडौं,जेठ,२८-विश्वकप फुटबल खेल आज देखी सुरु हुदैछ।
फिफा विश्वकप फुटबलको २३औं संस्करण आज बिहिबार देखी सुरु हुँदैछ।यसपालीको विश्वकप इतिहासमै पहिलोपटक तीन देशको १६ सहरमा आयोजना हुन लागेको प्रतियोगितामा साबिक विजेता अर्जेन्टिनासहित ४८ राष्ट्रको सहभागिता छ।
करिब एक महिना चल्ने विश्वकपमा सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ। छनोट चरणको यात्रा पार गरेर युरोपका १६, एसियाका ९, अफ्रिकाका १०, तीन आयोजक देशसहित उत्तरी अमेरिका, क्यारेबियन र मध्यअमेरिकाका ६, दक्षिण अमेरिकाका ६ र ओसियानाका एक गरी ४८ देशले विश्वकपको २३औं सस्करण खेल्दै छन्।
विश्वकपको उद्घाटन समारोह तीनवटै आयोजक राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा हुनेछ।जहाँ विश्व चर्चित सेलेब्रेटी क्याटी पेरीदेखि नोरा फतेहीसम्मले प्रस्तुति दिनेछन्।
उत्तर अमेरिकाका तीन राष्ट्रमा पहिलोपटक हुन लागेको विश्वकपमा फुटबल, संगीत र मनोरञ्जनलाई एकसाथ जोडिने जनाइएको छ। फिफा विश्वकपको इतिहासमै पहिलोपटक तीन फरक राष्ट्रमा उद्घाटन समारोह आयोजना गर्न लागिएको हो।
बिहीबार राति मोक्सिकोस्थित मेक्सिको सिटीमा विश्वकपको उद्घाटन हुनेछ। विश्वकपको पहिलो खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने हुन लागेकाले पनि मेक्सिको सिटीमा उद्घाटन गर्न लागिएको हो।
विश्वकपको उद्घाटन हेर्न संसारभरका फुटबलप्रेमी मेक्सिको सिटी पुग्न थालेका छन्।मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलअघि विभिन्न चर्चित तथा स्थानीय कलाकारले आफ्नो प्रस्तुति दिनेछन्।आयोजक राष्ट्रको प्रतिनिधित्व गर्दै अलेक्जान्द्रो फर्नान्डिजले मेक्सिकोको राष्ट्रिय गान गाउनेछन् भने टाइलाले दक्षिण अफ्रिकाको राष्ट्रगान गाउनेछिन्।
उद्घाटन समारोहमा फिफा विश्वकप २०२६ की विशेषदूत सलमा हायेक पिनाउल्टले समर्थकहरूलाई स्वागत गर्नेछिन्।उनले विश्व फुटबलको यो मञ्चमा फुटबलको एकताको सन्देश प्रवाह गर्नेछिन्।
त्यसपछि रयान कास्त्रो र जे बाल्विनले आफ्नो सांगीतिक प्रस्तुति पस्किने छन्। उनीहरूसँगै साकिरा, जो बेलिन्डा, बनाए राय, ड्यानी ओसन, लिला डाउन्स, लस एञ्जल्स, अजुरेस, मानालगायतले मेक्सिको सिटी रंगशालामा धुम मच्चाउने छन्।
मेक्सिको सिटीको उद्घाटन समारोहमा फुटबल, संगीत र सांस्कृतिक उत्सवको जोजोल्यमान हुने विश्वास गरिएको छ।
त्यसैगरी : शुक्रबार बिहान अमेरिकाको लस एन्जलसमा उद्घाटन समारोह हुनेछ।जहाँ क्याटी पेरी, फुचुरे, अनित्ता, लिसा, रेमा र टाइलाले प्रस्तुत दिनेछन्। ९० मिनेटको उद्घाटन समारोहले विश्वकपको असाधारण स्तरलाई प्रदर्शन गर्ने फिफाले जनाएको छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यहाँ हुने उद्घाटन समारोहले अमेरिकाको सांस्कृतिक विविधता, विभिन्न आप्रवासी समुदायको जीवन्तता र त्यसले संगीत, मनोरञ्जन र संस्कृतिमा परेको प्रभावलाई उजागर गर्नुका साथै विश्वभरका मानिसलाई एकताबद्ध गर्न संगीतको शक्तिलाई प्रदर्शित गरिने बताउनुभयो।
यस्तै, क्यानडामा शुक्रबार हुने उद्घाटन समारोहमा अलानिस मोरिसेट, एलेस्सिया कारा, एलिएना, जेस्सी रेयेज, माइकल बबल, नोरा फतेही, सन्जोए, भेगेड्रिम र विलियम प्रिन्सले प्रस्तुति दिनेछन्।
फिफा विश्वकपको उद्घाटन खेलमा सहआयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच हुँदा अर्को खेलमा समूह ‘ए’मा रहेका चेक गणतन्त्र (चेकिया) र दक्षिण कोरिया आमने सामने हुनेछन्। समूह ‘ए’का अधिकांश खेल मेक्सिकोमा हुनेछ।
दुई खेल मेक्सिको सिटीमा हुनेछ भने ग्वाडालाजारा र मोन्टेरीमा एक एक खेल हुनेछ।मेक्सिको बाहिर यो समूहको एउटामात्र खेल हुनेछ।त्यो जुन १८ मा चेकिया र दक्षिण अफ्रिकाले अमेरिकाको एट्लान्टामा खेल्नेछन्।
मेक्सिकोका तीनमध्ये दुई खेल हालै मात्र पुनर्निर्माण गरिएको एज्टेका रंगशालामा हुनेछ।यो त्यही रंगशाला हो,जसमा सन् १९७० र १९८६ को विश्वकपका फाइनल खेल आयोजना गरिएको थियो।
चार दशकपछि पहिलोपटक विश्वकप आयोजना गर्न लागेको मेक्सिको चार वर्षअघि कतारमा समूह चरणबाटै बाहिरिएको थियो।त्यो निराशा बिर्संदै टोली सफलताको अर्को अध्याय सुरु गर्न चाहन्छ।
मेक्सिको यसअघि सन् १९७० र १९८६ मा आफैंले विश्वकप आयोजना गर्दा मात्र अन्तिम आठमा पुगेको थियो।मेक्सिकोको अहिलेको योजना कम्तीमा पुरानो इतिहास दोहोर्याउने हुनेछ।मेक्सिकोको यो लक्ष्यमा धेरै आशा १७ वर्षीय गिल्बर्टो मोरामाथि टिकेको छ।
मेक्सिकोको राष्ट्रिय टिमबाट खेल्ने इतिहासकै सबैभन्दा कम उमेरको खेलाडीका रूपमा गत वर्ष मोराले १६ वर्षमा अन्तर्राष्ट्रिय ‘डेब्यु’ गरेका थिए। मेक्सिका भेट्रान प्रशिक्षक जाभियर अग्विरेको नेतृत्वमा विश्वकपमा मैदान उत्रँदै छ।
यसैगरी : यता दक्षिण अफ्रिकाले सन् २०१० मा आफैंले विश्वकप आयोजना गरेको थियो। त्यो संस्करणपछि दक्षिण अफ्रिका विश्वकपको मैदानमा फर्किएको यसपालि पहिलो पटक हो। १६ वर्षअघि फ्रान्समाथि २–१ को स्तब्धतापूर्ण जित निकाले पनि दक्षिण अफ्रिका समूह चरणबाट माथि उठ्न सकेको छैन।
दक्षिण अफ्रिकालाई प्रशिक्षकको भूमिकामा रहेर बेल्जियमका ह्युगो ब्रुसले नेतृत्व गरिरहेका छन्।सन् २०२१ देखि लगातार दक्षिण अफ्रिकी टिमको नेतृत्वमा रहेका ब्रुसले अधिकांश स्थानीय क्लबका खेलाडीहरूबाट विश्वकपको टिम तयार गरेका छन्।
यस्तै : विश्वकप इतिहासमा सबैभन्दा सफल एसियाली राष्ट्र हो, दक्षिण कोरिया। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा यसपालि दक्षिण कोरियाको १२औं सहभागिता हो।
सन् २००२ मा जापानसँग मिलेर आफैंले प्रतियोगिता आयोजना गर्दा सेमिफाइनल पुग्नु विश्वकपमा दक्षिण कोरियाको हालसम्मको सबैभन्दा उत्कृष्ट नतिजा हो।एसियाली छनोट प्रतियोगितामा अपराजित हुँदै उत्तर अमेरिकाको टिकट काट्न सफल भए पनि यसको अभ्यास खेलहरूमा टिमको प्रदर्शन सोचेजस्तो रहन सकेको छैन।
गत महिनाका अभ्यास खेलमा टोलीले आइभोरी कोस्टलाई ४-० र अस्ट्रियालाई १-० को नतिजा सुम्पिएको थियो। कोरियाका सबैभन्दा ठूला स्टार तथा कप्तान सन ह्युङ मिन हुन्।
सन् अहिले अमेरिकी मेजर लिग सकरको टोली लस एञ्जल्स एफसीबाट खेलिरहेका छन्। टिममा उपलब्ध अरू स्टार नाम भनेको पेरिस सेन्ट जर्मनका मिडफिल्डर ली काङ इन र बायर्न म्युनिखका रक्षक किम मिन जाई हुन्।
त्यसैगरी : चेक गणतन्त्रले सन् २००६ पछि पहिलो पटक विश्वकपमा स्थान बनाउनका लागि युरोपियन प्लेअफमा पेनाल्टी सुटआउटसम्म संघर्ष गर्दै डेनमार्कलाई हराउनु परेको थियो।
२० वर्षअघि उच्च वरीयताका टिममध्ये एकको रूपमा विश्वकपका लागि जर्मनी पुगेको चेक गणतन्त्र समूह चरणबाटै घर फर्किएको थियो।टिमलाई विश्वकपसम्म दोहोर्याउने अभियानमा सहयोग गर्न ३५ वर्षे पूर्वकप्तान भ्यादिमिर डारिया सन्न्यास फिर्ता लिएर मैदान फर्किएका थिए।
]]>
टोकियो,वैशाख,५-फुकुओकामा दुई दिने १३ औँ नेपाल फेस्टिवल आज देखि सुरु भएको छ।
यो फेस्टिवल फुकुओका स्थित तेन्जिन सेन्ट्रल पार्कमा आज अप्रिल १८ तारिख शनिबार र भोली अप्रिल १९ तारिख आईतबार सम्म हुने क्यूसु एनआरएनए जापानले जनाएको छ।
यस फेस्टिवल गर्नुको मुख्य उद्देश्य जापानीज समुदाय माझ नेपाली समुदायको कला, संस्कृति, परम्परा, स्वादिष्ट नेपाली परिकार तथा पर्यटन प्रवर्द्धनका लागि उत्सव मनाउन लागेको यस फेस्टिवलका सल्लाहकार देवराज उप्रेतीले बिहानी अनलाईलाई जानकारी दिनुभयो।
उहाँका अनुसार यस १३ औं नेपाल फेस्टिवलमा विभिन्न व्यवसायका स्टलहरु र दुई दर्जन बढी नेपाली स्थानीय कलाकार र जापानीज कलाकारको साँस्कृतिक कार्यक्रम रहेको जानकारी दिनुभयो।
यो उत्सवलाई सफल पार्न फुकुओका लगायत जापानभरी रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई समय मिलाएर आफ्ना जापानी साथीहरूलाई समेत साथमा लिएर उपस्थित भई फेस्टिवललाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सबैलाई उपस्थितिका लागि आयोजकले अनुरोध पनि गरेको छ।
नेपाल फेस्टिवल कार्यक्रम बिहान १० बजे देखि बेलुकि ५ बजे सम्म संञ्चालन हुनेछ।
]]>
टोकियो,चैत्र,२६-नेपाल मगर संघ केन्द्रिय समिति जापानले भुम्या पर्व मनाउने भएको छ।
हरेक वर्ष जस्तै यस वर्ष पनि भुम्या पर्व संगै बाबिक्यू (BBQ) वनभोज कार्यक्रमगरि मनाउन लागेको नेपाल मगर संघ जापानका अध्यक्ष भिक्टर ठाडा मगरले जानकारी दिनुभयो।
उहाँका अनुसार भुम्या पर्वमा भूमिलाई देवताको रुपमा पूजा गर्ने गरीन्छ।भूमिको पूजाले प्राकृतिक विपत्तिबाट बचिने जनविश्वास रहेको हुनाले पुर्खौ देखी चलिआएको यस रितिरिवाजलाई प्रवासमा पनि मनाउन लागेको बताउनुभयो।
साथै भुम्या पर्वको अवसरमा बाबिक्यू कार्यक्रम पनि राखिएको हुनाले यस्ता कार्यक्रमले प्रवासमा रहेका एक अर्का नेपाली समुदायको बिचमा भाईचाराको सम्बन्ध प्रगाढ रहने र हाम्रो पुर्खो देखि चलिआएको रितिरिवाज नयाँ पुस्ताले पनि सिक्न पाउने र पुस्तान्तरण हुने भएकोले गर्दा पनि यो कार्यक्रम हरेक वर्ष जापानमा पनि गर्दै आईरहेको अध्यक्ष भिक्टर ठाडा मगरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।
यो भुम्या पर्व नेपाल लगायत विश्वभर छरिएर रहेका मगर समुदायले हरेक वर्ष असारको पहिलो साता मनाउने गर्दछन्। जहाँ मगर समुदायले पुर्ख्यौली पूजापाठ र मौलिक कला संस्कृति प्रस्तुत गर्ने गर्दछन्।
यसैबिच : यस वर्ष नेपाल मगर संघ जापानले भने भुम्या पर्व संगै बाबिक्यू कार्यक्रम आउने जुन महिनाको ७ तारिख आईतबारको दिन टोकियो स्थित खासाई रिन्काई पार्कमा गर्न लागेको नेपाल मगर संघ जापानका महासचिव सागर थापाले जानकारी दिनुभयो।
उहाँका अनुसार उक्त दिन कार्यक्रममा टोकियो आसपासमा बस्दै आउनु भएका र जापानमा भएका सबै प्रवासी नेपालीलाई समय मिलाएर उपस्थित भैईदिन अनुरोध गर्नु भएको छ।
साथै कार्यक्रममा उपस्थित हुँदा सके सम्म संस्कृति झल्किने भेषभूषासहित आईदिईन अपिल गर्नु भएको छ।
कार्यक्रम हुने मिति र स्थान तल उल्लेख गरिएको छ।
कार्यक्रम : भुम्या पर्व तथा बाबिक्यू (BBQ)
मिति : जुन ७ तारिख आईतबारको दिन
समय : बिहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म
ठेगाना : खासाई रिन्काई पार्क / 134-0086 Tokyo to Edogawa ku Rinkaicho 6-2

जापान,माघ,४-टोकियोमा आज आईतवार माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
नेपाल मगर संघ जापान केन्द्रिय समितिको आयोजनामा भएको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रममा उपस्थित भरिभराऊ दर्शकले हल हाउसफुल भएको थियो।
टोकियो स्थित नाकानो जिरो हलमा भएको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रम सफलता पुर्वक सकिएको र कार्यक्रममा एक हजार भन्दा बढी दर्शकको उपस्थित भएको र क्षमता भन्दा बढी दर्शक भएपछि केहि हल भित्र प्रवेश गर्न नपाई घर फर्किन परेको नेपाल मगर संघ जापानका अध्यक्ष भिक्टर ठाडा मगरले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो हलमा दर्शक नअटाएपछि घर फर्किन परेकोमा आयोजक नेपाल मगर संघ जापान केन्द्रिय समिति क्षमा माग्दछौं।जुन तरिकाले रमाईलो गर्नको लागि धेरै ताढा ताढाबाट आउनु भयो, यी सबै कुरालाई मध्यनजर गर्दै आगामी वर्षमा हुने कार्यक्रममा त्यस्तो हुन नदिन ठुलो हलको व्यवस्था गर्ने बताउनुभयो।
यसैबिच : माघे संक्रान्ती विशेष कार्यक्रममा प्रमुख अतिथी जापान स्थित नेपाली कार्यवहाक राजदुत र विशिष्ट अतिथी ज्यूहरुले छोटो मन्तव्य राख्दै माघे संक्रान्तिको शुभकामना दिनु भएको नेपाल मगर संघ जापान केन्द्रिय समितिका महासचिव सागर थापाले जानकारी दिनुभयो।
कार्यक्रममा नेपाल देखि आउनु भएका चर्चित लोक तथा दोहोरी गायक देविराम राना मगर जापानमा रहेका लोक तथा दोहोरी गायक चेतन घर्ती मगर, रचना राना मगर, पवित्रा मगर, युवराज मगर, परिचय व्याण्डको विजोड प्रस्तुती रहेको थियो।
यस्तै : नृत्य तर्फ भने कामना फगामी मगर र नेपाल मगर संघ जापानको साँस्कृतिक समुहको टिमले प्रस्तुती दिएका थिए।प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत नेपालीजनलाई समेट्दै मगर संघ जापानले माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रम गरेको हो।मगर समुदायले माघे संक्रान्ती पर्वलाई हरेक वर्ष राष्ट्रिय पर्वको रुपमा मनाउदै आएको छ।
आज टोकियोमा भएको माघे संक्रान्ती विशेष साँगितिक साँझ कार्यक्रमको औपचारिक संञ्चालन महासचिव सागर थापाले गर्नु भएको थियो,भने साँस्कृतिक कार्यक्रमको सञ्चालन द्धय दिपेन बलाल मगर र लक्ष्मी अर्गेजा मगरले गर्नु भएको थियो।कार्यक्रम बेलुकि ६ बजे देखी ९:३० बजे सम्म संञ्चालन भएको थियो।
]]>
टोकियो,माघ,४-नेपाल मगर संघ केन्द्रिय समिती जापानले आज आईतवारका दिन माघे संक्रान्ती पर्व मनाउदै छ।
प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै हाम्रो भाषा,भेषभुषा, कला , संस्कृतिको पहिचानलाई संरक्षण र सम्बर्धन गर्दै सामाजिक न्याय, एकता र सद्भावलाई कायम राख्ने उद्देश्यका साथ नेपाल मगर संघ जापानको केन्द्रिय समितीले आज टोकियो स्थित नाकानो जिरो हलमा माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ कार्यक्रमको आयोजना गरी मनाउन लागेको नेपाल मगर संघ जापानका अध्यक्ष भिक्टर ठाडा मगरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।
उहाँका अनुसार जापानभरी नै रहेका नेपाल मगर संघ क्षेत्रीय समिती जापानका अध्यक्ष र प्रतिनिधी ज्यूहरुको पनि कार्यक्रममा उपस्थित हुने बताउनुभयो।
यसैबिच : आज टोकियोमा हुने माघि विशेष साँस्कृतिक साँझ कार्यक्रममा नेपालबाट आउनु भएका चर्चीत कलाकार देविराम राना मगर, जापानमा रहेका चर्चीत लोक तथा दोहोरी गायक चेतन घर्ती मगर, लोक तथा दोहोरी गायीका रचना राना मगर, पवित्रा मगर, दिपन मगर, युवराज मगर डान्सर कामना फगामी मगर र नेपाल मगर संघ जापानको सांस्कृतिक समुहको विजोड प्रस्तुती रहने नेपाल मगर संघ केन्द्रिय समिति जापानका महासचिव सागर थापाले जानकारी दिनुभयो।
उहाँका अनुसार प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत नेपालीजनलाई समेट्दै यो सांगीतीक कार्यक्रम गर्न लागेको बताउनुभयो।मगर समुदायले माघे संक्रान्ती पर्वलाई हरेक वर्ष राष्ट्रिय पर्वको रुपमा मनाउदै आएको छ।
आज टोकियोमा हुने माघे संक्रान्ती विशेष साँगितिक साँझ कार्यक्रममा जापानभरी रहेका सम्पुर्ण नेपाली समुदायलाई उपस्थीतीको लागि नेपाल मगर संघ केन्द्रिय समितिले आग्रह समेत गरेको छ।कार्यक्रम बेलुकि ५ देखी ९:३० बजे सम्म संञ्चालन हुनेछ।
]]>
टोकियो,माघ,१-नेपाल मगर संघ जापान क्षेत्रिय समिति नागोयाले आज माघे संक्रान्ती पर्व मनाउदै छ।
नेपाल मगर संघ जापानको केन्द्रिय समिती र क्षेत्रिय समिती नागोयाको संयुक्त आयोजनामा माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ कार्यक्रम आज शनिवारका दिन मनाउन लागेको हो।
प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै यो सांस्कृतिक साँझ कार्यक्रम गर्न लागेको हो।मगर समुदायले माघे संक्रन्ती पर्वलाई हरेक वर्ष महान पर्वको रुपमा मनाउदै आएको छ।
आज नागोयामा हुने माघि विशेष साँस्कृतिक साँझ कार्यक्रममा नेपालबाट आउनु भएका चर्चीत कलाकार देविराम राना मगर, जापानमा रहेका चर्चीत लोक तथा दोहोरी गायक चेतन घर्ती मगर, लोक तथा दोहोरी गायीका रचना राना मगरको प्रस्तुती रहेको नेपाल मगर संघ जापान क्षेत्रीय समिती नागोयाका अध्यक्ष रोशन थापा मगरले जानकारी दिनुभयो।
यस्तै : माघे संक्रान्ति कार्यक्रममा एकल तथा सामुहिक नृत्य हुनेछ।कार्यक्रमा साके सन सिटी भवनमा दिँउसो ३ बजे देखी राती ८ बजे सम्म हुनेछ।
]]>
टोकियो,माघ,२-ओकिनावामा माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
नेपाल मगर संघ जापानको क्षेत्रीय समिति ओकिनावाले आयोजना गरेको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रम बिहिवार सम्पन्न भएको हो।

ओकिनावमा माघे सक्रान्ती कार्यक्रम सफलता पुर्वक सकिएको र कार्यक्रममा उल्लेखिय दर्शकको उपस्थित रहेको नेपाल मगर संघ क्षेत्रीय समिती ओकिनावा अध्यक्ष राम थापा मगरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।
कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष लगायत प्रतिनिधीको उपस्थिती रहेको र उहाँहरुले छोटो मन्त्व्य राख्दै माघे संक्रान्तीको अवसरमा शुभकामना दिएका थिए।
यसैगरी: कार्यक्रममा चर्चीत लोक तथा दोहोरी गायक चेतन घर्तीले उपस्थित दर्शकलाई सालैजो भाका संगै विभिन्न गित गाउदै छमछमी नचाएका थिए।
कार्यक्रम अवधीभर थुप्रै स्थानीय कलाकारले एकल र सामुहिक नृत्य प्रस्तुत देखाएका थिए।
]]>नेपाल मगर संघ जापानको क्षेत्रीय समिति कान्साईले आयोजना गरेको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रम सम्पन्न भएको हो।
ओसाकामा माघे सक्रान्ती कार्यक्रम सफलता पुर्वक सकिएको र कार्यक्रममा आठ सयको हाराहारीमा दर्शकको उपस्थित रहेको नेपाल मगर संघ क्षेत्रीय समिती कान्साईका अध्यक्ष पुर्ण गर्बुजा मगरले जानकारी दिनुभयो।
कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष लगायत प्रतिनिधीको उपस्थिती रहेको र उहाँलेहरुले छोटो मन्त्व्य राख्दै माघि पर्वको शुभकामना दिएका थिए।
कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चीत राष्ट्रीय कलाकार देविराम राना मगर, चेतन घर्ती, रचना राना मगर, पार्वती मगरले आफ्नो गायन प्रस्तुती मार्फत दर्शकलाई छमछमी नचाएका थिए।नेपाल मगर संघ कान्साईको समुहले विजोड नृत्य प्रस्तुत देखाएका थिए।
]]>