
आजभोली घरमा छोरा बुहारीहरूले हेला गरेर बुढा भएका आमा बाबु बृद्धाआश्राममा जाने गरेका छन् । आफूहरू पनि बृद्द हुने हुदा घरमा सबैले माया गर्नु पर्ने वडा अध्यक्ष चन्द्र बहादुर ओलीले बताउनु भयो उक्त कार्यक्रममा १११ एक सय एघार जना जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको वडा अध्यक्ष ओलीले बताउनु भयो ।
]]>महोत्सवको कामलाई छिटो छरितो रुपमा कार्य सम्पादन गर्न १४ वटा समितिहरु गठन गरिएका छन् । जसमा स्वागत संयोजक गणेशदत्त जोशी,सुरक्षा संयोजक जंग वहादुर मल्ल, भौतिक निमार्ण संयोजक तेज सिंह कार्की, स्टल बुकिङ्ग माधव प्रसाद जोशी, सचिवालय तथा प्रचार प्रसार संयोजक दिपेन्द्र प्रकाश साउद,सांस्कृतिक संयोजक मदनराज पन्त, आर्थिक संयोजक खगेश्वर प्रसाद वोहरा यसै गरि टिकट व्यवस्थापिन संयोजक गजेन्द्र बहादुर चन्द , पर्यटन प्रर्वद्धन संयोजक गणेश चटौत, कृषि उद्यम विकास संयोजक सिद्धराज भट्ट, मञ्च व्यवस्थापन संयोजक करन पाल, महिला उद्यम विकास संयोजक निर्मला भट्ट् सापकोटा, प्रयोजन तथा व्यानर समितिमा राहुल भट्ट, वाल उद्यान तथा र्पाकिङ्ग व्यवस्थापनमा धर्म सिंह रावललाई जिम्मेवारी प्रदान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रत्येक वर्ष शिवरात्रीको अवसर पारी आयोजना हुने महोत्सवको यो ११ औँ संस्करण हो । यस वर्षको महोत्सवले राष्ट्रिय स्तरका उत्पादनहरुको प्रर्वद्धन, निकासी जन्य वस्तुको पहिचान गर्ने, स्वदेशी उत्पादनको उपभागका लागि प्रचार प्रसार , सुदुर पश्चिमाञ्चल क्षेत्रको पर्यटन प्रर्वद्धनको जन चेतना एवं कञ्चनपुरका पर्यटकिय गन्तव्य स्थलको पहिचान गराउनका साथै स्थानिय कला संस्कृति एवं खाद्य परिकारको समेत व्यापक जनजागरण ल्याउने उद्देश्य रहेको छ । १५० स्टल रहने मेलामा स्थानिय ,राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादन र सेवाहरु, दैनिक उपभोग्य वस्तुहरुको प्रर्दशनी तथा खरिद विक्री ,कृषिजन्य वस्तु,तरकारी फलफुलको प्रर्दशनी तथा खरिद विक्री,पर्यटकिय क्षेत्रहरुको विस्तृत जानकारी ,विविध सांस्कृतिक कार्यक्रम देउडा,थारु नाच, लोक दोहोरी नृत्य प्रर्दशन , स्थानिय तथा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति, थारु तथा राना समुदायको रहन सहन तथा साँस्कृतिक झाँकी प्रर्दशन , बाल उद्यान लगायत विभिन्न कार्यक्रमहरु र डोटेली ,थारु र राना समुदायका खानाका परिकारहरु मुख्य आर्कषणको रुपमा रहने छन् । मेला अवलोकनकर्ताका लागि रु.५० तथा विधार्थीका लागि रु.२५ दरका टिकट निर्धारण गरिएको छ ।
महोत्सवमा प्रदेश नं.७ का सवै जिल्लाको प्रतिनिधित्व हुने छ भने मेला अवलोकनका लागि नेपाल तथा छिमेकी मुलुक भारतका गरि करिव २ लाख अवलोकनकर्ता पुग्ने र करिव ५ करोडको कारोवार हुने अनुमान आयोजकले गरेको छ ।
]]>महेन्द्रनगर,मंसिर,१४-
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिती मंसिर २१ गते नजिकिदै जादाँ कञ्चनपुरमा चुनावी सरगर्मी वढेको छ । दोस्रो चरणमा हुन लागेको चुना
कञ्चनपुरमा विभिन्न पार्टिहरु चुनावि मैदानमा उत्रे पनि नेपाली कांगेस्र (लोकतान्त्रि गठवन्धन) र संयुक्त बाम गठबन्धनका उम्मेद्वारहरु वीच नै कडा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यि पार्टिहरुले आआफनो उम्मेद्वार र पार्टिका घोषणा पत्र सार्वजनिक गरि सकेका छन् ।
अव मतदाताहरुले कसलाई पत्याउने हुन हेर्न भने मंसिर २१ नै पर्खनुपर्ने हुन्छ । यसै क्रममा कञ्चनपुरका तीनवटै क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेद्वारहरु आफनो पक्षमा मत परिणाम ल्याउन तीव्रताका साथ प्रचार प्रसारमा लागेका छन् ।
कञ्चनपुर क्षेत्र नं.१ मा प्रतिनिधि सभाका लागि कांगेस्रका दिवान विष्ट र वाम गठवन्धनका तर्फवाट बिना मगर,क्षेत्र नं.२ मा कांगेस्रका प्रभावशाली नेता तथा पुर्वमन्त्रि एन.पी. साउँद, वाम गठवन्धनका विधार्थी नेता नर वहादुर धामी र कञ्चनपुर क्षेत्र नं. ३ मा कांगेस्रका अर्का प्रभावशाली नेता तथा पुर्वमन्त्रि रमेश लेखक र बाम गठवन्धनका तर्फवाट डा.दिपक प्रकाश भट्ट चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । कञ्चनपुरमा प्रतिनिधि सभाका उम्मेद्
पछिल्लो समयमा दुवै गठवन्धनका उम्मेद्वारहरु चुनावी प्रचारका क्रममा समाजिक सञ्जालहरु र भाषणमा एक अर्का विरुद्ध उत्रेका छन् । सभा तथा घरदैलो गर्दै उम्मेद्वारहरुले विकास र दिगो लोकतन्त्रका लागि मत वटु्ल्दै छन् । गत स्थानिय तहको निर्वाचनमा कञ्चनपुरमा नेकपा एमालेको पकड क्षेत्रको रुपमा देखिएको थियो ।
विभिन्न कार्यक्रमहरु साथै घरदैलो कार्यक्रममा युवा र पाका उमेरका मतदाताहरुको सहभागिता उल्लेख्य रहने गरेको दावी दुवै गठवन्धनका उम्मेद्वारहरुको छ । यहि मंसिर २१ गते हुने दोस्रो चरणको चुनावका लागि १८ गते देखि मौन अवधि सुरु हुनेछ सो अवधिमा चुनावी प्रचार प्रसार गर्न पाइदैन ।
]]>सुदूर पश्चिमको प्रशिद्ध उग्रतारा भगवती मन्दिरमा शुक्रबार धार्मिक बिधिवत रुपमा पुजाआजा संगै देहिजाँत मेला सम्पन्न भएको छ । बिहिबार देखि नै श्रद्धालुभक्त जन एवं मेला भर्नेको डडेल्धुरा सदरमुकाम लगायत मन्दिर क्षेत्रमा बाक्लो घुईचो लागेको थियो ।
एक साता अघि देखिनै उग्रतारा मन्दिर क्षेत्रमा छिमेकी राट्र भारतका विभिन्न स्थान लगायत मुलुकका कयौ स्थानका व्यापारीहरुले आ आफ्नो स्थान ओगटी बसेको उग्रतारा क्षेत्र विकास समिती अध्यक्ष तेजबहादुर र्साकीले बताए ।

उनका अनुसार, देहिजाँत सभ्यभव्य रुपमा सम्पन्न भएको छ । भाईटिका देखि डाँडा गन्तिका हिसाबले १५ दिन पछि देहिजाँत मेला लाग्ने प्रचलन रहेको समिती अध्यक्ष र्साकीले बताए । बिहिबार बिहान करिब चार बजे दुमडा, खनमडा, छचोडा, जिलोडा गरी चार गाउबाट बाजागाँजा डोली, धामि, भक्तजन, श्राद्धालुहरु सहित देउरो उग्रतारा मन्दिर पुगे पछि धार्मिक विधिवत रुपमा बिहानको समयमा उग्रतारा भगवती माताको पुजाआजा गरिएको पुजारी लोकराज भट्टले बताए ।
उनले भने, बिहान पुजाआजा पछि दिउसो मेला लाग्दछ भने मध्यान्हको समयमा बाजागाँजा, धामि सहित पाँच वटा स्थानमा रहेका देविका थपनाहरुमा गाँज नाचाईन्छ । उनले थपे, बेलुका पाँच बजे पछी बिहान चार वटै गाउबाट मन्दिरमा भित्र्याईएका देउरा चार गाउमा लगि भ्रणमा राखिए पछि पुजा समापन गरिन्छ ।
देहिजाँतमा टाढा टाढा बाट श्रद्धालुभक्तजन एवँ आस्थावान व्यक्तिहरु आउने भएकाले आफन्तजन संगको भेटघाटले निकै महत्व राख्दछ भने स्थानिय स्तरमा उत्पादित लोप हुन लागेका कृषि उपज पाईने भएकाले जाँतको महत्व अझै बढेको छ ।
देहिजाँतमा बेलुकापख स्थानियले देउडा खेल खेल्ने प्रचलन पनि छ । सुदुरपश्चिमको धार्मिक परम्परा संगै सास्कृतिक कल संस्कृती पनि जोडीएकाले मेलामा लाखौ मेला भर्नेको घुईचो देखिन्छ । बिहिबार सम्पन्न मेलामा देउडा खेल खेल्ने र हेर्ने एवं सुन्ने दर्शकको पनि बाक्लो भिड थियो । रेडियो सुदूर आवाजको सहयोगमा
]]>
महेन्द्रनगर,कार्तिक,१७-
आउदो मसिंर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कञ्चनपुरमा स्वतन्त्र र राजनैतिक दलका ७६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । प्रतिनिधि सभा तर्फ ५ जना स्वतन्त्र सहित २९ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश सभा तर्फका ६ स्थानका लागि ४७ जनाको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकुतको कार्यालयले जनाएको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा २ जना स्वतन्त्र सहित ९ जना ,क्षेत्र नम्वर २ मा १ जना स्वतन्त्र सहित १० जना र निर्वाचन क्षेत्र नम्वर ३ मा २ जना स्वतन्त्र सहित ९ जनाको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृत डा.राजेन्द्रकुमार आचार्यले जानकारी दिए । जिल्ला 
बाम गठबन्धन बाट प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा विना मगर ,प्रदेश सभा ‘क’ मा तारालामा तामाङ्ग ‘ख’ मा कुलवीर चौधरी ले उम्मेद्वारी दर्ता गराएका छन् । ‘ख’ मा नेकपा एमालेले मर्यादा विष्टलाई टिकट दिएकोमा उम्मेदवार दर्ताका दिन प्रदेश सभा ‘ख’ मा हेरफेर गरिएको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा नरवहादुर धामी , प्रदेश सभा ‘क’ मा महेश जोशी र ‘ख’ मा लाल वहादुर खड्काले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर ३ मा डा.दिपकप्रकाश भटट्, प्रदेश सभा ‘क’ मा प्रकाश रावल र ‘ख’ मा मान बहादुर सुनारले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसका तर्फवाट प्रतिनिधि सभा १ मा दिवानसिंह विष्ट , प्रदेश सभा ‘क’ मा गोपाल गुरुङ्ग र ‘ख’ मा रामलाल राना ले उम्मेद्वारी दिएका छन् । क्षेत्र नम्वर २ मा कांग्रेसका नेता एनपी साउँद ,प्रदेश सभा ‘क’ बाट पुष्करराज ओझा र ख मा बहादुर सिंह थापाको उम्मेदवारी परेको छ ।
यस्तै गरी प्रतिनिधि सभा क्षेत्र नम्वर ३ मा कांग्रेसका नेता रमेश लेखक, प्रदेश सभा ‘क’ मा यज्ञराज जोशी र ‘ख’ मा बेलबहादुर रानाले उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यस्तै कञ्चनपुरमा राष्टिय जनमोर्चा,राप्रपा,नयाँ शक्ति पार्टी,विवेकशील साझा,एकीकृत राप्रपा सहितका साना पार्टीका जम्मा ७६ जना उम्मेद्वारहरुले आफनो उम्मेद्वारी दर्ता गराएका छन् । उम्मेद्वारी दर्ता गर्दै बाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारहरुले सविधान कार्यान्वयन र मुलुकको सम्वृद्धिका लागि आफनो उम्मेद्वारी रहेको वताएका छन् ।
]]>महेन्द्रनगर,कार्तिक,१६-
अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रदेश नम्वर् ७ मा प्रमुख दलहरुले छ जना महिलाहरुलाई उम्मेद्वार बनाएका छन् । ७ नम्वर प्रदेशमा प्रतिनिधि सभाका लागि १६ र प्रदेश सभाका लागि ३२ सिट गरी ४८ सिट रहेकोमा दलहरुले छ जना महिला उम्मेद्वार को नाम टुंगो लगाएका हुन् ।
तथापी दलहरुले सवै क्षेत्रको उम्मेद्वार छनोट गरि सकेका छैनन् । प्रत्यक्षतर्फ धेरै महिला आकांक्षी भएपनि कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले प्रतिनिधि सभा तीन र प्रदेश सभाको निर्वाचनमा तीन गरी छ जना महिला उम्मेद्वारको नाम टुंगो लगाएका छन् ।
प्रतिनिधि सभाका लागि काँग्रेस कैलाली क्षेत्र नम्वर ५ मा डा.आरजु राणा, क्षेत्र नम्वर १ मा नेकपा एमालेका केन्द्रिय सदस्य मदनकुमारी शाह (गरिमा) र कञ्चनपुरको क्षेत्र नम्वर १ मा माओवादी केन्द्रले बिना मगरलाई मात्रै उम्मेदवार बनाएका छन् ।
त्यसैगरी प्रदेश सभा तर्फ दलहरुले अहिले सम्म तीन जना महिला उम्मेद्वार वनाएका छन् । नेकपा एमाले ले कञ्चनपुरको क्षेत्र नम्वर १ को (क) क्षेत्रमा मर्यादा विष्ट, कांग्रेसले बझाङ्ग (क) क्षेत्रमा चन्द्रादेवि जोशी र बझाङ्ग (ख) क्षेत्रमा माओवादी केन्द्रले देवकी मल्ललाई उम्मेद्वार वनाएको छ । ७ नम्वर प्रदेशमा धेरै महिला प्रत्यक्ष तर्फ आकांक्षी भए पनि सिफारिसमा समेत नपरेको महिला नेतृहरुले गुनासो गरेका छन् ।
]]>