
काठमाडौं,असोज,२०-नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको आज भएको अक्सनमा रु.१५ लाखमा १२ खेलाहरु बिकेका छन्।
१५ लाखमा बिक्रि (सोल्ड) हुने खेलाडीहरुको नामावली ।।
१. ललितनारायण राजवंशी – जनकपुर बोल्ट्स
-ललितनारायण राजवंशी १५ लाख रुपैयाँमा बिक्री भएका छन्। उनलाई किन्न आठै टोलीमा इच्छा देखाएका थिए। तर, बिड १५ लाखसम्म पुगेपछि गोला प्रथाबाट जनकपुर बोल्ट्समा पुगेका हुन्।
२. सूर्य तामाङ – लुम्बिनी लायन्स
-सूर्य तामाङ १५ लाख रुपैयाँमा बिक्री भएका छन्।सबै टिमले रुचि राख्दा बिड १५ लाखसम्म पुगेपछि गोलाप्रथाबाट लुम्बिनी लायन्समा पुगेका हुन्।
३. लोकेश बम – विराटनगर किङ्स
-लोकेशलाई काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र विराटनगरले अधिकतम १५ लाख रुपैयाँको बोली लगाए पछि।गोलाप्रथाबाट लोकेश विराटनगर पुगेका हुन्।
४. प्रतीश जिसी – विराटनगर किङ्स
-जिसीलाई काठमाडौं गुर्खाज, विराटनगर किङ्स र लुम्बिनी लायन्सले १५ लाख रुपैयाँको बोली लगाए पछि गोलाप्रथाबाट उनी विराटनगर पुगेका हुन्।
५. शाहब आलम – काठमाडौं गुर्खाज
-आलमलाई काठमाडौं र पोखरा एभेन्जर्सले अधिकतम १५ लाख रुपैयाँको बोली लगाएपछि गोलाप्रथाबाट उनी काठमाडौं पुगेका हुन्।
६. सागर ढकाल – पोखरा एभेन्जर्स
– सागरलाई सुदूरपश्चिम रोयल्स,चितवन राइनोज,कर्णाली याक्स र पोखरा एभेन्जर्सले अधिकतम १५ लाख रुपैयाँको बोली लगाएका पछि गोलाप्रथाबाट उनी पोखरा पुगेका हुन्।
७. विवेक यादव – लुम्बिनी लायन्स
-यादवलाई सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र चितवन राइनोजले अधिकतम १५ लाख रुपैयाँको बोली लगाएका पछि गोलाप्रथाबाट उनी लुम्बिनी पुगेका हुन्।
८. अनिलकुमार साह – जनकपुर बोल्ट्स
-साहलाई सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, काठमाडौं गुर्खाज, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स र कर्णाली यक्सले अधिकतम १५ लाख रुपैयाँको बोली लगाए पछि गोलाप्रथाबाट उनी जनकपुर पुगेका हुन्।
९. आरिफ शेख – सुदूरपश्चिम रोयल्स
-शेखलाई सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज र कर्णाली यक्सले अधिकतम १५ लाख रुपैयाँको बोली लगाए पछि गोलाप्रथाबाट उनी सुदूरपश्चिम रोयल्स पुगेका हुन्।
१०. भीम सार्की – काठमाडौं गुर्खाज
-सार्कीलाई चितवन राइनोज, काठमाडौं गुर्खाज र कर्णाली यक्सले अधिकतम १५ लाख रुपैयाँको बोली लगाए पछि गोलाप्रथाबाट उनी काठमाडौं गुर्खाज पुगेका हुन्।
११. सन्दीप जोरा – लुम्बिनी लायन्स
-जोरालाई पोखरा एभेन्जर्स, चितवन राइनोज र लुम्बिनी लायन्सले अधिकतम १५ लाख रुपैयाँको बोली लगाएका थिए। गोलाप्रथाबाट उनी लुम्बिनी पुगेका हुन्।
१२. गुलसन कुमार झा – कर्णाली याक्स
-झालाई चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले उनीमाथि बोली लगाएका थिए।गोलाप्रथाबाट उनी कर्णाली याक्स पुगेका हुन्।
आयोजक नेपला क्रिकेट संघ (क्यान)का अनुसार अक्सनमा डेढ सयभन्दा बढी खेलाडीहरुले सहभागी जनाएका थिए।
क्यानले यसअघी नै नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने ८ टिमका लागी मार्की खेलाडी टुङ्ग्याई सकेको थियो।
यस्तै: चितवन राइनोजमा कुशल मल्ल, लुम्बिनी लायन्समा रोहित पौडेल, काठमाडौं गुर्खाजमा करण केसी, पोखरा एभेन्जर्समा कुशल भुर्तेल, विराटनगर किंग्समा सन्दीप लामिछाने, जनकपुर रोयल्समा आसिफ शेख, कर्णाली याक्समा सोमपाल कामी र सुदूरपश्चिम रोयल्समा दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगिता आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय छ।
]]>
विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ।माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ।
दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ।जसले व्रतका दिन आडिलो बनाउँछ।तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई भोलिको व्रतका लागि पूर्व तयारी गर्छन् ।
आज दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ।तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ।
यसैविच : आज नेपालमा मानव बेचबिखन विरुद्ध राष्ट्रीय दिवस विभीन कार्यक्रम गरि मनाईदैछ।नेपालमा आजकै दिन हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। तर विडम्बना नेपालमा यो दिवस औपचारिक कार्यक्रम गरेर मनाए पनि यसले कुनै अर्थ भने राखेको छैन्।वर्षो देखी नेपालमा नक्कली भुटानी शरणार्थी बनाएर विभिन्न नाममा बेच्न नेपालका राजनीतिक दलका नेताहरु अग्रसर देखिन्छन्।
गत वर्ष केहि उच्च अहोदामा रहेका व्यक्तीलाई सरकारले पक्राउ गरे पनि त्यसको मुल नाईके पक्राउ पर्न सकेका छैनन्।
]]>
टोकियो,असार,९-जापानको टोकियोमा नेपाल मगर संघ जापानले एक अनौपचारिक कार्यक्रम गरि भव्यताका साथमा आज आईतबार भुम्या पर्व मनाएको छ।जापानको राजधानी टोकियो स्थित कासाई रिन्काई पार्कमा भुम्या पर्व मनाएको हो।
आज गरिएको भुम्या पर्व कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै नेपाल मगर संघ केन्द्रीय जापानका वरिष्ठ उपाध्यक्ष प्रेम प्रकाश रोका मगरले संसारभरी छरिएर बस्नु भएका आम मगर समुदायमा भुम्या पर्वको शुभकामना व्यक्त गर्दै,परा पुर्वकालदेखी चलिआएको यो रितिरिवाजलाई नयाँ आगन्तुक पिडीहरु समक्ष हस्तान्तरण गर्नु पर्ने र मगर समुदायको परम्परा अहिलेलेको पिडीलाई सिकाउनु पर्ने अपरिहार्य कार्य रहेको भन्दै मुलत:आजको भुम्य पर्वको अवसरमा यो कार्य गरेको र आगामी दिनमा पनि यस पर्वलाई विशेष पर्वको रुपमा मनाउने बताउनुभयो ।
यसैगरी:भुम्या पर्व कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित हुनु भएका एनआरएनए जापानका अध्यक्ष नबिन निउरेले आफ्नो शुभकामना मन्तव्यमा देश विदेशमा छरिएर रहेका सम्पूर्ण मगर समुदायलाई भुम्या पर्वको शुभकामना दिदै यस पर्वले विदेशमा रहेका सम्पूर्ण नेपालीलाई एक ठाँउमा ल्याउदै भाईचाराको सम्बन्धलाई अझ बढी भन्दा बढी प्रगाढ सम्बन्ध राख्ने र यसलाई संरक्षण गर्नु अति अपरिहार्य रहेको बताउनुभयो।
यस्तै:नेपाल जनजाती महासंघ जापानकाका वरिष्ठ उपाध्यक्ष श्री गुरुङले सम्पूर्ण मगर समुदाय लाई भुम्या पुजाको शुभकामना व्यक्त गर्दै भुम्या पुजा सबै समुदायले मनाउनु पर्ने र यसको संरक्षण र प्रवर्धन गर्नु पर्ने कुरामा जोड दिनुभयो।
यसैगरी:नेपाल मगर संघ जापानका अध्यक्ष तथा आजको भुम्या पुजाको सभापति रहनु भएका रामहरी खपांगी मगरले सम्पूर्ण देश विदेशमा छरिएर बस्नु भएका मगर समुदायलाई शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि यस पर्वलाई अझ भव्यताका साथ मनाउने र नेपाल मगर संघ जापान सधैव नेपाली कला संस्कृतिको जगेर्ना गर्न तल्लिन रहनु पर्ने विचार व्यक्त गर्नु गर्नुभयो।
साथै उहाँले जापानमा रहेका सम्पूर्ण मगर समुदायको जनगणना गर्नु पर्ने कुरामा जोड दिदै यसका लागी क्यूआर कोडको व्यवस्था गरेको र यसलाई जापानमा रहेका सम्पूर्ण मगर समुदायले स्क्यान गरि मतगणनामा सहयोग गरिदिन अपिल गर्दै यसले भावी दिनमा भैपरि आउने समस्या समाधान गर्न सहज हुने बताउनुभयो।
त्यसैगरी:आजको भुम्या पुजाको प्रमुख अतिथिमा एनआरएनए आईसीसीका उपाध्यक्ष रोबिन शेरचन रहनु भएको थियो भने बिशेष अतिथिमा एनआरएनए जापानका अध्यक्ष नबिन निउरे यस्तै नेपाल जनजाती महासंघ जापानका वरिष्ठ उपाध्यक्ष श्री गुरुङ,यसैगरी नेपाल सरकार अर्थ मन्त्रालयका उपसचिव श्रीस पुन मगरको उपस्थिति रहेको थियो।
यसैविच:भुम्या पुजा कार्यक्रमको संचालक नेपाल मगर संघ जापानका महासचिव भिक्टर ठाडा मगरले गर्नु भएको थियो।कार्यक्रममा जापानको राजधानी टोकियो आसपास बस्ने २ सय भन्दा बढी मगर समुदायको उपस्थिति रहेको थियो।
विशेष:गरि देश विदेशमा रहेका मगर समुदायले भुम्या पर्व जेष्ठ मसान्त देखी अषाढ मसान्त सम्म यो पर्व मनाउदै आएका छन्।
भुम्या पर्वमा मगर समुदायले भूमिलाई देवताको रूपमा पुज्ने गर्छन्।यो पर्वमा भूमिको पूजा गरे प्राकृतिक विपत्तिबाट बच्न सकिने जनविश्वास रहेको छ।
भुम्या पर्व पूजापाठ तथा नाचगान गरी मनाइन्छ।भुम्या थानमा देवतालाई बलि दिएर पूजा गरिसकेपछि लगातार पाँच दिनसम्म भूम्या नाच नाच्ने चलन पनि मगर समुदायमा रहेको छ।
]]>
टोकियो,जापान,असार,३-जापान नेपाल फुटबल संघ (एन्फा, जापान) ले आयोजना गरेको च्यारिटी म्याचको उपाधी नेपाल राजदूतावासको टिम नेपाल रातो (अ) ले जितेको छ।
जापान स्थित नेपाली राजदुत महामहिम डा.दुर्गा बहादुर सुवेदी ज्यूले नेतृत्व गर्नु भएको टिम नेपाल रातोले उपाधि जितेको हो।
उहाँको टिमले पूर्व राष्ट्रीय टिमका कप्तान राजु काजी शाक्यले नेतृत्व गर्नु भएको नेपाल निलो (अ) टिमलाई पेनाल्टी सुट आउटमा जितेको हो।
खेलको निर्धारित समयमा खेल बराबरीमा सकिए पछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो।
पेनाल्टी सुट आउटमा नेपाल एमबिसीको टिम रातोले ३-० गोल अन्तरले जितेको हो।नेपाल एमबिसीको टिम रातोलाई जित दिलाउन जर्सी नं. ९ का खेलाडी प्रेम गुरुङ त्यसैगरी जर्सी नं. ४ का खेलाडी मिलन र यसैगरी जर्सी नं. १४ का खेलाडीले पेनाल्टी मार्फत सहजै गोल गर्दै जित दिलाएका थिए।
त्यसैगरी टिम नेपाल निलोको खेलाडी भने सबै पेनाल्टी मार्फत गोल गर्न चुकेका थिए।पेनाल्टी सुट आउटमा हार्दै राजु साक्यले नेतृत्व गरेको टिम रनअर अप हुन सफल भएको छ।भने पूर्व राष्ट्रीय टिमका खेलाडी अर्थात कप्तान हरि खडकाले नेतृत्व गरेको टिम सगरमाथा (अ) तेस्रो भएको थियो।
आज भएको उक्त च्यारिटी म्याचमा कुल ६ टिमले सहभागिता जनाएको थियो।
साथै : आजै आईतवार “जापान नेपाल फुटबल संघ (एन्फा,जापान)”को कार्यसमिति गठन गर्दै कार्यालयको उदघाटन पनि गरिएको छ।
]]>धनगढी,जेठ,१६-कैलालीको धनगढीमा २८ वर्षपछि उच्च तापक्रम मापन गरिएको छ।बुधवार धनगढीको तापक्रम ४३.३६ डिग्री मापन गरिएको हो।
मंगलबार ४२ डिग्री सेल्सियस मापन भएको तापक्रम बुधबार साँझ ५ बजेर ४५ मिनेटमा ४३.३६ डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले धनगढीमा जानकारी दिनुभयो।
धनगढीमा गत वर्ष भने उच्च तापक्रम ४१ डिग्री सेल्सियस रेकर्ड भएको थियो।यस वर्ष धनगढीमा ह्वात्तै गर्मी बढे पछि सर्वसाधारण निकै समस्यामा परेका छन्।
आगामी दिनमा अझै गर्मी बढ्न सकिने आँकलन गरिएको छ।यो गर्मीमा राम्रो संग विद्युत आपुर्ती हनुदा र बेला बेला लोडसेडिङ भैईरहदा सर्वसाधारण झनै समस्यामा पर्ने गरेका छन् ।

टोकियो,जापान,चैत्र,२५-जापानमा यतिखेर “साकुरा” फुलेर ढकमक्कै भएका छन्।साकुरा भन्नेबित्तिकै सबैको मनमस्तिष्कमा यसको सौन्दर्यले जोकोहीलाई मोहित पार्छ।“साकुरा” जापानको राष्ट्रिय फूल पनि हो।
जापानले सन् १९९२ देखि मार्च २७ लाई साकुरा दिवसका रूपमा मनाउँदै आईरहेको छ।यहाँ साकुरालाई शान्तिको प्रतीक मानिन्छ।
वसन्त ऋतुको आगमनसँगै मार्चको अन्तिम सातादेखि अप्रिलको पहिलो सातासम्म जापानका बाटो,पार्क, वनजंगल,घरअगाडीका बगैँचाहरू “साकुरा” फूलले सेताम्मे र राताम्मे फुलेका देखिन्छन्।जापानमा हाल ६०० प्रजातिका “साकुरा” फूलहरु पाईन्छ।“साकुरा” फूलले यतिबेला छुट्टै विशेषता र सौन्दर्य थपेको छ।
जापानमा “साकुरा फुल्ने समयमा यसले वातावरणीय सौन्दर्यसँगै पर्यटन प्रवर्द्धनका लागि पनि टेवा पुर्याएको छ। साकुरा फुलेपछि त्यसको अवलोकन गर्न ठूलो भीड लाग्ने गर्दछ।जापानीज र यहाँ रहेका विदेशीहरु पनि साकुराको सौन्दर्यतामा एकै साथ रमाउने गर्दछन्।जापानमा रहेको नेपाली समुदाय त झन् यो परिवेशमा पूरै परिचित र घुलमिल हुँदै साकुराप्रति अपनत्व महसुस गर्न थालिसकेका छन्।
जापानी परम्पराअनुसार परिवारजन,साथीभाइ तथा प्रेमी-प्रेमिकासँग साकुराको फूलको फेदमुनि बसेर फूलको सौन्दर्यको आनन्द लिदै मीठा-मीठा परिकार र पेय पदार्थसँगै खाना खाएमा वर्षभरी नै सुखशान्ति हुने विश्वास गरिन्छ।
जापानमा यसलाई स्थानीय भाषामा ‘हाना’ को अर्थ फूल हो।‘मी’ को अर्थ हेर्नु हो।भावको हिसाबले यसको पूरा अर्थ फूल हेर्ने उत्सवको रूपमा बुझिन्छ।जापानीहरु यस मौसममा साकुरासँगै ‘हानामी’मा फूलको बँगैचामा भुइँमा बसेर एकआपसमा खुलेर कुरा गर्ने गर्छन्।जापानीले यसलाई विशेष अवसरका रुपमा समेत लिने गरेका छन्।
जापानमा साकुरा फूलको वसन्तको पहिलो आगमनको सूचना दिने रूख यही हो भन्ने बुझिन्छ।साकुराले आफ्ना शरीरभरि यसरी फूलैफूलले भरिन्छिन्, जसलाई हेर्नेबित्तिकै हर कसैको मुखमा ‘वाह’ शब्द ननिस्की धर नै पाउँदैन।साकुरा फूल्ने समयमा सायद जो कोहीको क्यामेरामा यो फूल कैद नभएको सायदै नहोला।यो समय सामाजीक संजाल फेसबुक ईन्स्टाग्राम,एक्स,टिकटकमा साकुराको फोटो र भिडीयो बनाएर नहाल्ने सायदै विरलै होला।
हाल साकुराको गरिमा जापानमा मात्रै सीमित छैन। यसप्रतिको आकर्षण र रौनक विश्वभरि फैलिएको छ। जापानले विश्वमा शान्ति र भाइचाराको सिद्धान्तस्वरूप धेरै मुलुकलाई ‘साकुरा’ का बिरुवा उपहारस्वरूप दिने गरेको छ।
जापानले नेपालमा पनि “साकुरा” फूलको वृक्षारोपण गरेको छ।
जापानले वि.सं २०७४ मा नेपाल जापान सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले जापानी राष्ट्रिय फूल ‘साकुरा’ रोप्न वृद्ध जापानीको समूह नेपाल पठाएको थियो।विश्वमा शान्ति, भ्रातृत्व र समृद्धिको सन्देश प्रवाह गर्न जापानीले वि.सं २०७४ सालमा मात्र नेपाल लगायत २३ देशका ३५ शहरमा साकुरा रोपेका थिए।नेपालमा उक्त वर्ष पहिलो पटक दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन राष्ट्रिय शहीद स्मारक गोकर्णमा डेढ फिट उचाइका २०० साकुरा फूल रोपिएको थियो।
नेपालमा साकुरा रोप्न पुगेका चेरी ब्लुस्म एशोसिएसनका अधिकांश व्यक्ति ६० वर्षभन्दा बढी उमेरका थिए।नेपालका गाउँगाउँमा साकुरा रोपेर दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने चाहनाले बाह्र जनाको वृद्धको समूह नेपाल पुगेको थियो।
पुष्परोपण शुरुवात गर्दै नेपालका लागि तत्कालीन नेपाल स्थित जापानी राजदूत मासासी ओगावाले नेपालमा पनि साकुरा हुर्कन सक्ने वातावरण भएकाले शान्तिको सन्देश फैलाउने उद्देश्यले रोपिएको बताउनुभएको थियो।
जापानको “साकुरा” र नेपालमा पाईने “पैयुँ” विच फरक
जापानमा पाईने “साकुरा फूल” र नेपालमा पाईने पैँयो हेर्दा उस्तै देखिन्छ।तर यी दुई विच भिन्नता भने धेरै नै फरक रहेको छ।मुलतःयी दुई फूलका बोट फरक फरक जातीका हुन।अब भने हामी हामी साकुरा र पैयुँ विच संक्षिप्तमा चर्चा गर्छौ।
“साकुरा”
जापानमा पाईने साकुरा मार्चको अन्तिम सातादेखि अप्रिलको पहिलो सातासम्म फूल्ने फूल हो।जापानमा मात्र हाल ६०० प्रजातीका साकुरा पाईन्छ।तर मानिसको ध्यान यसका मुख्य चार प्रजातिमा छ।
योसिनो सोमेई, विपिङ चेरी, याएजाकुरा र खान्जाकुरा प्रमुख प्रजाति हुन्, जसको रङ र फुल्ने शैली अनि समय फरक छन्।अधिकांश साकुरा मार्च अप्रिलमा फुल्ने भए पनि ठाउँअनुसार फरक-फरक महिनामा फुल्ने गरेको पाइन्छ।खान्जाकुरा जनवरीको पहिलो हप्तादेखि नै फुल्ने गर्दछ।साकुरा फूल्ने मात्र गर्छ यसले फल भने दिदैँन।जापान सरकारले साकुरा फूलको सरकारी स्तरबाटै संरक्षण र वृक्षारोपण गर्दै आईरहेको छ।
“पैयुँ”
नेपालमा हेमन्त ऋतुको सुरुआत भएसँगै “अर्थात” कात्तिक लाग्न सुरु भएपछि पैयुँ ढकमक्क फुल्न थाल्छ।हिउँदको सुरुवातसँगै फूलहरु फुल्ने क्रम रोकिएपछि पैयुँ फुल्ने भएकाले यसलाई हिउँदमा फुल्ने फूलको रानी समेत भनिन्छ। यो फूलको रस माहुरीको लागि प्रमुख आहारा मानिन्छ।पैयुँ फुल्न थालेपछि पहाडी क्षेत्रमा गहुँ खेती गर्ने याम सुरु भएको समेत विश्वास गरिन्छ।पैयुँको बिरुवा कसैसँग आयत गरेर ल्याएको बिरुवा नभएको र नेपालको रैथाने वनस्पति मानिन्छ।यो नेपालको पहाडी क्षेत्रमा पाइन्छ।
नेपालको पैयुँभनिने जापानको साकुरा अमेरिकाको चेरी भनेर चिनिन्छ।तर यीनीहरुको जातमा भने फरक रहेको छ।सबैको कुरा मिले पनि नेपालमा पाईने पैयुँले फल दिन्छ,भने अमेरिका र जापानमा पाईने साकुराले फल भने दिदैन्।खासगरी अप्रिलमा फुल्नुपर्ने यो फुल विश्व तापमानको कारण मार्चमै फुल्ने क्रम देखिएको अध्ययन अनुसन्धानहरुले देखाएको छ।नेपालमा पाईने पैयुँको फल चराचुरङ्गी र फूलको रस माहुरीको लागि प्रमुख आहारा मानिन्छ।
‘‘विवाह गर्दा पैयुँ चाहिने, पूजाआजा गर्दा पैयुँचाहिने, कुल पूजा गर्दा समेत मौलो पैँयुकै हाल्नुपर्ने हुन्छ।तर अहिले यसको बोट नेपालमा हराउन थालेपछि हाम्रो संस्कृतिमा समेत असर पर्न थालेको छ।’’नेपालका पहाडी क्षेत्रमा पाइने पैँयुलगायत वनस्पतिहरु हराउँदै जानु र फूल फुल्ने समयमा समेत परिवर्तन हुनाका कारण जलवायु परिवर्तनको असर भए पनि विश्वका विभिन्न देशमा विभिन्न अध्ययनहरु भइरहेको भए पनि नेपालमा त्यति महत्व दिइएको पाइँदैन।
पैयुँ संरक्षण, वृक्षारोपण तथा गुराँस संरक्षणमा सरकारले केही प्रयास गरे पनि पर्याप्त भने नभएको विज्ञहरु बताउँछन्।पैयुँ नेपालका पहाडी क्षेत्रका वनहरुमा आफैँ उम्रिने बिरुवा भए पनि अहिले लोप हुन थालेका छन्।दुर्लभ सारु मगर ॥
]]>दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको थियो। मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए।
सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रसमा चढेको उनका अनुयायीको भनाइ छ।
येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ।उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ।
नेपालमा चार सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय खि्रस्टियन महासङ्घका जनाएकोछ। ‘हाल नेपालमा आठ हजार पाँच सय भन्दा बढी चर्च र ३० लाखभन्दा बढी क्रिस्चियन धर्मावलम्बी छन्, विसं २०६४ अघि चर्चमा मात्र सीमित हुने गरेको क्रिसमस हाल सार्वजनिकस्थलमा पनि मनाउन थालिएको छ।
क्रिसमसका उपलक्ष्यमा काठमाडौँको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थलमा विशेष महोत्सव हुने गरेको छ।क्रिसमस टि्रलगायतको सजावटले बजार र ठूला व्यापारिकस्थलमा आकर्षण थपिने गर्छ।यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिन थालेको थियो ।
]]>
टोकियो,जापान,मंसिर,१९-जापानको राजधानी टोकियो शहर विश्वकै सबैभन्दा सुरक्षित शहर रहेको छ।
टोकियो शहर सन् २०२३ मा विश्वको सबैभन्दा सुरक्षित शहरको रुपमा देखिएको हो।
इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको सुरक्षित सहर इन्डेक्स (एससिआई) ले गरेको एक अध्ययनअनुसार टोकियो सबैभन्दा सुरक्षित शहर रहेको ‘वल्र्ड अफ स्टाटिसटिक्स’ ले जनाएको छ।
वल्र्ड अफ स्टाटिसटिक्सले सार्वजनिक गरेको विवरणअनुसार तेस्रो सुरक्षित शहर पनि जापानकै ओसाका देखिन्छ।दोस्रो सुरक्षित शहर भने सिंगापुर रहेको छ।
यस्तै चौथो सुरक्षित सहर नेदरल्यान्डको राजधानी एम्सटर्डम, पाँचौमा अस्ट्रेलियाको सिड्नी, छैठौंमा क्यानडाको टोरोन्टो र सातौंमा अमेरिकाको राजधानी वासिन्टन डिसी रहेको छ।
यस्तै डेनमार्कको राजधानी कोपनहेगन आठौं, दक्षिण कोरियाको राजधानी सोल नवौं र अस्टेलियाको राजधानी मेलवर्न १० औं सुरक्षित सहर देखिएका छन्।
सुरक्षित सहरको मापन गर्न एससिआईले सहरको डिजिटल सुरक्षा, स्वास्थ्य सुरक्षा,पूर्वाधार र व्यक्तिगत सुरक्षा सहितका विभिन्न ५७ वटा सूचकलाई आधार बनाएको छ।
यसैविच : नेपालको काठमाडौं शहर भने विश्वकै प्रदूषित अवस्थामा पुगेको छ।गएको वैशाख महिनामा विश्वका प्रमुख १०० शहरमध्ये काठमाडौंको वायु सबैभन्दा बढी प्रदूषित अवस्थामा पुगेको हो।
स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरले बैशाखमा गरेको एक अध्ययनका अनुसार काठमाडौंको वायु अस्वस्थकर तहमा पुगेको जनाएको थियो।
वैशाखमा १७४ एक्यूआई रहेको काठमाडौंको वायु प्रदूषणको अवस्थामा अहिले १९४ एक्यूआईमा पुगेको छ।आईक्यूएअरका अनुसार अहिले भक्तपुर क्षेत्रमा बढी वायुप्रदूषण छ।वायु प्रदूषणले मानिसको शरीरमा आक्रमण नगर्ने कुनै अंग नै नरहेको विज्ञहरुले बताउँने गरेका छन्।
‘वायुमा हुने दूषित कण श्वासप्रश्वासमार्फत् सुरुमा फोक्सोमा पुग्ने भएकोले यसमा बढी असर देखिन्छ,’ तुलाधर भन्छन्, ‘अन्तिममा हातखुट्टामा पनि असर देखिन्छ।तर मृत्युतर्फ हेर्ने हो भने चाहिँ सबैभन्दा धेरै प्रदूषणकै कारण ज्यान जाने गरेको छ।’
वायु प्रदूषणको जाँच आँखाले देख्न नसकिने पीएम १० र पीएम २.५ को मापदण्डमा जाँचिन्छ।पीएम १० भनेको हावामा आउने धुलोमा मिसिने कणहरुसँग सम्बन्धित छ भने पीएम २.५ भनेको कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड जस्ता हानिकारक ग्यासहरुसँग सम्बन्धित हुन्छन्।वायु प्रदूषणले नै स्ट्रोक र हृदयघातको समेत प्रचूर सम्भावना बढाइदिन्छ।
]]>
काठमाडौं,असोज,९-मुटु रोगबाट बच्नका लागि स्वस्थकर खानापान र जीवनशैलीमा ध्यान दिनु पर्ने विज्ञहरुले बताएका छन।विश्व मुटु दिवसको पूर्व सन्ध्यामा रोटरी क्लब अफ पाटन र नेपाल एनसीडी एलायन्सले संयुक्त रुपमा सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा चिकित्सकहरुले सो कुरा बताएका हुन्।मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले मुटुरोगबाट विश्वमा सबैभन्दा धेरै मानिसले अकालमै ज्यान गुमाइरहेको बताए।
उनले विश्वभर वर्षेनी २ करोड मानिसले मुटु रोगको कारण ज्यान गुमाउने गरेको तथ्य सार्वजनिक गरे।विभिन्न कारणले नेपालमा पनि वर्षेनी मुटुरोगीहरुको संख्या बढ्दै गएकोले यसतर्फ सचेत हुनु पर्ने डा. रेग्मीले बताएका छन।उनका अनुसार नेपालमा वार्षिक ३० लाख मानिसको मुटु सम्बन्धी रोगबाट मृत्यु हुने गरेको छ।समयमै उपचार गरे ८० प्रतिशत मुटु रोग निको हुने भएकाले स्वस्थ जीवनशैलीमा ध्यान दिन उनको सुझाव छ।
धेरैजसो सर्वसाधारणले रोग लाग्दा लापरवाही गर्ने भएका कारण अकालमै मृत्युवरण गर्नु पर्ने अवस्था रहेको रेग्मीको भनाई छ।फिजिसियन डा.दिल्जान मन्सुर (कुर्द) ले मुटु रोगबाट बच्नका लागि विशेषगरी खानपानमा ध्यान दिन आग्रह गरेका छन।उनले स्वाद मेटाउनकै लागि आफ्नो स्वास्थ्यको कुनै प्रवाह नगरी जथाभावी खाने बानीले शरीरको नियमित प्रक्रियामा असर पर्ने भएकाले यसबाट मुटु रोगको जोखिम बढ्ने बताए।
उनले जाँड, रक्सी, चुरोट, गुट्खा, खैनी, सुर्ति सेवनबाट टाढा रहन सके मुटुलाई स्वस्थ राख्न मदत पुग्नेमा जोड दिए।चिल्लो, तारेको, भुटेको, बोसोयुक्त खाना र जंक फुडको सेवनका कारण स्वास्थ्यमा जटिलता थपिने भएकाले यसतर्फ सजग हुन पनि डा. कुर्दले आग्रह गरेका छन । शरीरको तौल, पेटको साईज, रक्तचाप, रगतमा ग्लुकोजको मात्रा, रगतमा कोलेस्टेरोलको मात्रा थाहा पाउन स्वास्थ्य परीक्षण गराउन अल्छी नगर्न उनले सुझाएका छन।
डा. कुर्दले रक्तचाप सन्तुलनमा राख्न नसके यसले हृदयघात लगायतका जोखिम बढाउने सम्भावना धेरै हुने भएकाले नियमित चेकजाँच गराउनु समेत अनुरोध गरे।स्वस्थ रहनका लागि कम्तीमा दैनिक ३० मिनेट शारीरिक अभ्यास गर्न समेत उनले सुझाव दिए ।
रोटरी क्लब अफ पाटनका अध्यक्ष महेन्द्र सिंह रावलले वार्षिक योजना अनुसार विश्व मुटु दिवस २०२३ का अवसरमा मुटु सम्बन्धी जनचेतना जगाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए। स्वास्थ्य क्षेत्रमा समेत रोटरीले विभिन्न कामहरु गर्दै आएकाले यस वर्ष ५ हजार विद्यार्थीको मुटु चेकजाँच गर्ने लक्ष्य रहेको रावलले जानकारी दिए।
कार्यक्रममा अन्य सहभागीहरुले कसरी मुटु स्वस्थ राख्न सकिन्छ भन्ने विषयमा आम सर्वसाधारणमा सचेतना बढाउनु पर्नेमा जोड दिएका छन।उनीहरुले पछिल्लो समय खाद्यान्न तथा तरकारीमा मिसावट र विषादीको जथाभावी प्रयोग बढ्दै गएकाले जनस्वास्थ्यमा चुनौती थपिएको प्रति चिन्ता व्यक्त गरेका छन।विषादी नहालेको तरकारी पाउनै मुश्किल हुने भएकाले शहरी क्षेत्रमा बसोबास गर्नेहरु यसबाट अझ धेरै प्रभावित भइरहेको उनीहरुको भनाई छउनीहरुले बढ्दो जनसंख्याका कारण वातावरण प्रदूषित बनीरहेकाले यसतर्फ सरकारले ध्यान दिएर नीतिगत व्यवस्था गरी यसको कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका छन।
हरेक वर्ष सेप्टेम्बर २९ तारिखलाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिन्छ।यस वर्ष २०२३ को विश्व मुटु दिवसको नारा “मन लगाउँ, आफ्नो मुटु बचाउँ” भन्ने तय गरिएको छ ।
]]>काठमाडौं,जेठ,१७-आज ३१ मे अर्थात विश्व धुम्रपान रहित दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ।“खाद्यान्न बढाऊ, सूर्ति घटाऊ” भन्ने नारासहित बुधबार यो दिवस मनाउन लागिएको हो ।
सन् १९८७ मा विश्व स्वास्थ्य संगठनले सूर्तिजन्य पदार्थको घातक असरबारे सचेतना जगाउने उद्धेश्यसहित विश्व धुम्रपान रहित दिवस मनाउन प्रस्ताव गरेको थियो।
सन् १९८८ अप्रिल ७ मा विश्व स्वास्थ्य संगठनको सभाले उक्त प्रस्ताव पारित गरेपछि मे ३१ लाई विश्व धुम्रपान रहित दिवसको रुपमा मनाउन थालिएको हो।
विश्वमा हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ।यसैगरि करिब ७० लाख मानिसले प्रत्यक्ष सेवन गर्ने गर्दछन् भने लगभग १२ लाख मानिसलाई अप्रत्यक्ष अर्थात वातावरणीय असर हुने गरेको छ।
नेपाल धुम्रपान गर्ने राष्ट्रहरुमध्ये २२ औं स्थानमा पर्दछ । सन् २००० सम्म नेपालमा ६४ प्रतिशतले धुम्रपान गर्ने गरेकोमा अहिले उक्त संख्या घटेर लगभग ३० प्रतिशतमा झरेको छ ।