
टोकियो,भदौ,१६-जापानमा क्रियाशिल रहेको बोहोराफाँट समाज जापानले नेपालमा आएको विनाशकारी बाढी-पहिरोबाट प्रभावित पीडित परिवारको पीडामा साथ दिन सहयोग तथा पुनःस्थापनाका लागि ६ लाख ६० हजार येन आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
समाजले यस वर्ष आयोजना गर्न लागेको तीज विशेष दर खाने कार्यक्रम रद्द गरी राहत स्वरुप आर्थीक सहयोग गरेको हो।
नेपालमा बाढी-पहिरोले ठूलो धनजनको क्षति पुर्याएको र धेरै परिवार घरबारविहीन बनेको दुःखद परिस्थितिमा रमाइलो कार्यक्रम गर्नु उचित नहुने भन्दै समाजका महिला दिदीबहिनी तथा कार्यसमितिको सामूहिक छलफल र सहमतिमा तीज कार्यक्रम रद्द गरी कार्यक्रमका लागि खर्च हुने रकम तथा समाजका सदस्य एवं शुभेच्छुकहरूबाट संकलित सहयोग बाढीपीडितहरूको लागि राहतमा उपलब्ध गराउने निर्णय गरि हस्तान्त्रण गरिएको बोहोराफाँट समाज जापानका अध्यक्ष प्रकाश बोहोरा क्षेत्रीले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।
“उहाँका भन्नुभयो”विपद्को समयमा आफ्नो मातृभूमि र पीडित नागरिकप्रतिको जिम्मेवारी पूरा गर्नु प्रत्येक प्रवासी नेपालीको मानवीय कर्तव्य भएको बताउनुभयो।उहाँले राहत अभियानमा साथ,सहयोग र समर्थन प्रदान गर्ने सम्पूर्ण सहयोगी मनहरूप्रति आभार व्यक्त गर्नुभयो।
यस्तै:समाजका वरिष्ठ उपाध्यक्ष पवन बोहोरा क्षेत्रीले तीज कार्यक्रम रद्द गरेर पीडितहरूको सहयोगमा जुट्ने निर्णयले समाजको मानवीय भावना, एकता र सामाजिक उत्तरदायित्वलाई अझ बलियो बनाएको बताउनुभयो।
यसैगरी:उपाध्यक्ष नारायण बोहोरा क्षेत्रीले दुःखमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको घाउमा थोरै भए पनि मलम लगाउने उद्देश्यले समाजले राहत अभियान सञ्चालन गरेको बताउनुभयो।
यता:समाजका कोषाध्यक्ष छम बोहोरा क्षेत्रीले बाढीपिडितका लागि सहयोगार्थ अभियानमार्फत संकलित सम्पूर्ण सहयोग रकम पारदर्शी ढङ्गले सम्बन्धित निकाय जापान रेमिट फाईनान्स मार्फत आज मगंलबार नेपाल सरकारले जारी गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख ६० हजार येन अर्थात नेपाली (रु. ६ लाख २७ हजार) सहयोग हस्तान्तरण गरेको जानकारी दिनुभयो।

त्यसैगरी:समाजका महासचिव केशव कार्कीले समाजले मनोरञ्जनभन्दा मानवीय सेवाको कार्यलाई प्राथमिकता दिँदै तीज कार्यक्रम रद्द गरि बाढीपिडितका लागि आर्थीक सहयोग अभियान सञ्चालित गरि ७६ जना सहयोगी मनहरुबाट आर्थिक सहयोग प्राप्त भएको जानकाकरी दिदैँ अभियानमा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।
त्यस्तै:यता निवर्तमान अध्यक्ष एकबहादुर बोहोरा क्षेत्रीले समाजको निर्णय उदाहरणीय र प्रशंसनीय रहेको बताउँदै विपद्को घडीमा सबै नेपाली एकजुट भएर पीडितहरूको साथमा उभिनु एकदमै सकारात्म रहेको धारणा राख्नुभयो।
बोहोराफाँट समाज जापानले राहत अभियानलाई सफल बनाउन आर्थिक, नैतिक तथा व्यवस्थापकीय रूपमा सहयोग गर्ने सम्पूर्ण सदस्य, महिला दिदीबहिनी, जापानवासी नेपाली समुदाय तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद एवं कृतज्ञता व्यक्त पनि गरेको छ।
“उत्सवभन्दा ठूलो मानवता, रमाइलोभन्दा ठूलो पीडितको सेवा।” (जय बोहोराफाँट समाज जापान )
सहयोगीहरूको संशोधित नामावली
१. प्रकाश बोहोरा — रु. २०,००० येन
२. छम बोहोरा (लाहुरे) — रु. १०,००० येन
३. भुवन बोहोरा (बेसी) — रु. ५,००० येन
४. कौशल बोहोरा — रु. १०,००० येन
५. केशब कार्की — रु. १०,००० येन
६. कृष्णा बोहोरा (काडरुखा) — रु. १०,००० येन
७. एक बहादुर बोहोरा — रु. १५,००० येन
८. कृष्णा बोहोरा (गलिपरी) — रु. १०,००० येन
९. गोविन्द खड्का — रु. १०,००० येन
१०. जेनिश बोहोरा — रु. १०,००० येन
११. नारायण बोहोरा (जिम्माल) — रु. १०,००० येन
१२. भुवन बोहोरा (गैरावारी) — रु. १०,००० येन
१३. दिप्सन बोहोरा (डाँडाबारी) — रु. १०,००० येन
१४. राम बहादुर बोहोरा (पिपलारुखा) — रु. २०,००० येन
१५. पवन बोहोरा — रु. १०,००० येन
१६. काजी बोहोरा — रु. ५,००० येन
१७. बसन्त बोहोरा — रु. १०,००० येन
१८. ईश्वर बोहोरा — रु. ५,००० येन
१९. रबिन बोहोरा (ढुङ्गेघरा) — रु. ५,००० येन
२०. सुनिल बोहोरा (मुखे) — रु. ५,००० येन
२१. तेजुन खड्का — रु. ५,००० येन
२२. अर्जुन बोहोरा (मजारा) — रु. १५,००० येन
२३. सुनिल बोहोरा (काडारुखा) — रु. ७,००० येन
२४. बिनोद बोहोरा (जिम्माल) — रु. ५,००० येन
२५. सन्देश बोहोरा (सिर्मरुख) — रु. १०,००० येन
२६. कोपिला बोहोरा (बुरचउरा) — रु. १०,००० येन
२७. सरु कार्की — रु. १०,००० येन
२८. खडक बोहोरा (जिम्माल) — रु. २१,००० येन
२९. जमुना बोहोरा क्षेत्री (चनपाटा) — रु. ५,००० येन
३०. कमला बोहोरा (जिम्माल) — रु. १०,००० येन
३१. बुद्ध बोहोरा (चनपाटा) — रु. १०,००० येन
३२. पुष्पा बोहोरा (निउरे) — रु. ५,००० येन
३३. सेरु बोहोरा र ईश्वर बोहोरा (मजारा) — रु. १०,००० येन
३४. कशमीरा बोहोरा — रु. ५,००० येन
३५. हरि पौडेल (बेसी) — रु. ५,००० येन
३६. मेखबहादुर बोहोरा (पाखरमाथि) — रु. १५,००० येन
३७. रिमा खत्री बोहोरा — रु. ५,००० येन
३८. लक्ष्मण बोहोरा (डाँडाबारी) — रु. १०,००० (नेपालबाट)
३९. मधु थापा — रु. १०,००० येन
४०. नरबहादुर बोहोरा (लाहुरे) — रु. ५,००० येन
४१. देवी बोहोरा (बस्नेत) — रु. १०,००० येन
४२. हरि बोहोरा (जिम्माल) — रु. ५,००० येन
४३. छम बोहोरा (अमृत बोहोराको पाखारा) — रु. २०,००० येन
४४. उदय बोहोरा (जिम्माल) — रु. ५,००० येन
४५. एम बोहोरा (मुखे) — रु. ५,००० येन
४६. लक्ष्मण बोहोरा (बेरपाटा) — रु. १०,००० येन
४७. राम बोहोरा र लाल बोहोरा (पुइँयरुखा) — रु. १०,००० येन
४८. राजन बोहोरा (भुल्केपानी) — रु. १०,००० येन
४९. पुरन बोहोरा, राजु बोहोरा र निर्मल बोहोरा (माझघरा) — रु. १५,००० येन
५०. रेशम बोहोरा (लाहुरे) — रु. ५,००० येन
५१. केशब बोहोरा (डाँडाबारी) — रु. ५,००० येन
५२. सहल बहादुर बोहोरा (बुरचउरा) — रु. ५,००० येन
५३. अनुराग शर्मा — रु. ५,००० येन
५४. जीवन कार्की — रु. ५,००० येन
५५. राजु खत्री (रातामाटा) — रु. १०,००० येन
५६. मन बोहोरा (माजरा) — रु. ५,००० येन
५७. अमर बोहोरा (माजरा) — रु. ५,००० येन
५८. अर्जुन खत्री (रातामाटा) — रु. १०,००० येन
५९. किशान बोहोरा (डाँडाबारी) — रु. ५,००० येन
६०. रामु बोहोरा (बुरचउरा) — रु. १०,००० येन
६१. चन्दु बोहोरा अधिकारी — रु. १०,००० येन
६२. प्रकाश बोहोरा (खरिया) — रु. १०,००० येन
६३. कुल बोहोरा (नायघरा) — रु. २०,००० येन
६४. निर्मल बोहोरा (ढुङ्गेघरा) — रु. ५,००० येन
६५. कुल बोहोरा (गैरपखरा) — रु. ५,००० येन
६६. हुम बोहोरा (पिपलारुखा) — रु. ५,५०० येन
६७. अनमोल र गुन्जा बोहोरा (डाँडाबारी) — रु. ५,००० येन
६८. चित्र बोहोरा (गल्लीपरी) — रु. ६,००० येन
६९. पम्फा बोहोरा थापा — रु. ५,००० येन
७०. भगवान् बोहोरा (गल्लीपरी) — रु. ५,५०० येन
७१. जीवन बोहोरा — रु. ५,००० येन
७२. अर्जुन बोहोरा (उझिन्डुगा) — रु. ५,००० येन
७३. माचुमोटो–सान (जापान) — रु. ५,००० येन
७४. जङ्ग बोहोरा (बुडचौरा) — रु. ५,००० येन
७५. मनबहादुर बोहोरा (पाखरमाथि) — रु. १५,००० येन
७६. गोमा बोहोरा — रु. १०,००० येन

टोकियो,साउन,२४-जापानको टोकियोमा मिनी फुटसल प्रतियोगीता हुने भएको छ।
बिहानी एफसीको आयोजनामा यहि अगष्ट २१ गते शुक्रबारका दिन टोकियो स्थित सिन्जुकुमा रहेको सिन्जुकु सेन्ट्रल पार्क फुटसल मैदानमा मा पहिलो पटक मिनी फुटसल प्रतियोगिताको आयोजना हुँदैछ।
उक्त प्रतियोगिता बेलुकि ४ बजेर ४५ मिनेट बजे देखि बेलुकिको ८ बजेसम्म सञ्चालन हुने आयोजक टिमले जनाएको छ।
प्रतियोगितामा सहभागी हुने टिमले प्रवेश शुल्क १५,००० येन तिर्नु पर्नेछ।मिनी फुटसल प्रतियोगितामा विजेता टिमले प्रथम पुरस्कार बापत ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद पुरस्कार प्राप्त गर्नेछन्।
नगद पुरस्कारको घोषणा भने दर्ता भएको टिमको आधारमा तय गरिने आयोजकले जनाएको छ।यस्तै उप विजेता टिमले दोस्रो पुरस्कार बापत मेडल तथा प्रमाणपत्र पाप्त गर्ने छन्।

उक्त प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्देश्य टोकियोमा रहेका नेपाली दाजुभाईविचको भाईचाराको आपसी सम्बन्धलाई प्रगाढ राख्नु र खेलमा रुची भएका र अवसर नपाएका खेलाडीलाई अवसर सिर्जना गर्नु रहेको आयोजकले जनाएको छ।
मिनि फुटसल प्रतियोगितामा धेरै टिमले सहभागिता जनाउने अपेक्षा आयोजत टिमले राखेको छ।
तसर्थ टोकियोमा रहेका खेलप्रेमी तथा फुटसल टिमहरूलाई अगष्ट १८ तारिख भित्र आफ्नो टिम दर्ता गराई सहभागी हुन आयोजक टिमले अनुरोध गरेको छ।
टिम दर्ताका लागि तल दिएको क्लबको आधिकारीक व्यक्तीलाई सम्पर्क गर्नु होला।
सुमन बिष्ट -०९०-३८६८-२४०७
पृथ्वी सापकोटा- ०७०-९०७४-५६९९
]]>

टोकियो,साउन,४-जापान सरकारले आगामी वर्षको अप्रिल महिनादेखि लागू हुने गरी खाद्यवस्तुमा लाग्ने उपभोग कर दुई वर्षका लागि १ प्रतिशतमा झार्ने आधारभूत नीति अनुमोदन गरेको छ।
सरकारले अगस्ट ५ गते बुधबारका दिनमा बसेको विशेष मन्त्रिपरिषद् बैठकबाट उक्त नीति पारित गरेको हो।यस नीतिमा कर कटौतीसँगै आगामी दिनमा लागू गरिने कर छुट तथा राहत कार्यक्रमको कार्यान्वयन प्रक्रिया पनि समेटिएको छ।
निर्णयअनुसार, खाद्यवस्तुमा हाल लागू रहेको उपभोग कर आगामी वर्षको अप्रिलदेखि दुई वर्षसम्म १ प्रतिशत मात्र रहनेछ। साथै, न्यून तथा मध्यम आय भएका नागरिकलाई थप १ प्रतिशत बराबरको अनुदान उपलब्ध गराइनेछ,जसका कारण उनीहरूका लागि खाद्यवस्तुमा व्यवहारिक रूपमा शून्य प्रतिशत उपभोग कर लागू हुने सरकारको दाबी छ।
सरकारले यस कार्यक्रमका लागि आवश्यक बजेट घाटा पूर्ति गर्ने सरकारी ऋणपत्र जारी नगरी व्यवस्थापन गर्ने जनाएको छ। त्यसका लागि अनुदान कार्यक्रम, विशेष कर छुट तथा गैर(कर राजस्वको व्यापक पुनरावलोकन गरिनेछ।यस सम्बन्धमा अन्तिम निर्णय आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियाका क्रममा गरिने सरकारको योजना छ।
दुई वर्षे कर छुट अवधि समाप्त भएपछि सन् २०२९ आर्थिक वर्षदेखि आयस्तरमा आधारित नयाँ वार्षिक राहत प्रणाली लागू गरिनेछ।यस अन्तर्गत प्रदान गरिने राहतको रकम र लाभ पाउने आय सीमा स्थायी वित्तीय स्रोत सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय कर तथा सामाजिक बीमा योगदानको अवस्थासँग तुलना गरेर निर्धारण गरिनेछ।
सरकारले यो नयाँ प्रणालीलाई “रिफन्डेबल ट्याक्स क्रेडिट ९च्भागलमबदभि त्बह ऋचभमष्त०” लागू गर्ने दिशामा पहिलो कदमका रूपमा व्याख्या गरेको छ।यस प्रणालीमा आयकरमा छुट र सरकारी आर्थिक सहायता दुवै समावेश हुनेछन्। सरकारका अनुसार, यसको दीर्घकालीन स्वरूपबारे थप अध्ययन र छलफल जारी रहनेछ।
आधारभूत नीति स्वीकृत भएसँगै सत्तारुढ गठबन्धनले अब खाद्यवस्तुको उपभोग कर कटौती समेटिएको समग्र कर सुधार प्रस्ताव तयार पार्नेछ। त्यसपछि सरकारले आवश्यक कानुनी संशोधन विधेयक आगामी शरद ऋतुमा बस्ने विशेष संसद् अधिवेशनमा पेश गर्ने तयारी गरेको छ।
यदि यो प्रस्ताव कार्यान्वयनमा आएमा, सन् १९८९ मा जापानमा उपभोग कर लागू भएयता पहिलो पटक यसको दर घटाइनेछ।
]]>
टोकियो,वैशाख,५-फुकुओकामा दुई दिने १३ औँ नेपाल फेस्टिवल आज देखि सुरु भएको छ।
यो फेस्टिवल फुकुओका स्थित तेन्जिन सेन्ट्रल पार्कमा आज अप्रिल १८ तारिख शनिबार र भोली अप्रिल १९ तारिख आईतबार सम्म हुने क्यूसु एनआरएनए जापानले जनाएको छ।
यस फेस्टिवल गर्नुको मुख्य उद्देश्य जापानीज समुदाय माझ नेपाली समुदायको कला, संस्कृति, परम्परा, स्वादिष्ट नेपाली परिकार तथा पर्यटन प्रवर्द्धनका लागि उत्सव मनाउन लागेको यस फेस्टिवलका सल्लाहकार देवराज उप्रेतीले बिहानी अनलाईलाई जानकारी दिनुभयो।
उहाँका अनुसार यस १३ औं नेपाल फेस्टिवलमा विभिन्न व्यवसायका स्टलहरु र दुई दर्जन बढी नेपाली स्थानीय कलाकार र जापानीज कलाकारको साँस्कृतिक कार्यक्रम रहेको जानकारी दिनुभयो।
यो उत्सवलाई सफल पार्न फुकुओका लगायत जापानभरी रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई समय मिलाएर आफ्ना जापानी साथीहरूलाई समेत साथमा लिएर उपस्थित भई फेस्टिवललाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सबैलाई उपस्थितिका लागि आयोजकले अनुरोध पनि गरेको छ।
नेपाल फेस्टिवल कार्यक्रम बिहान १० बजे देखि बेलुकि ५ बजे सम्म संञ्चालन हुनेछ।
]]>
टोकियो,चैत्र,२६-नेपाल मगर संघ केन्द्रिय समिति जापानले भुम्या पर्व मनाउने भएको छ।
हरेक वर्ष जस्तै यस वर्ष पनि भुम्या पर्व संगै बाबिक्यू (BBQ) वनभोज कार्यक्रमगरि मनाउन लागेको नेपाल मगर संघ जापानका अध्यक्ष भिक्टर ठाडा मगरले जानकारी दिनुभयो।
उहाँका अनुसार भुम्या पर्वमा भूमिलाई देवताको रुपमा पूजा गर्ने गरीन्छ।भूमिको पूजाले प्राकृतिक विपत्तिबाट बचिने जनविश्वास रहेको हुनाले पुर्खौ देखी चलिआएको यस रितिरिवाजलाई प्रवासमा पनि मनाउन लागेको बताउनुभयो।
साथै भुम्या पर्वको अवसरमा बाबिक्यू कार्यक्रम पनि राखिएको हुनाले यस्ता कार्यक्रमले प्रवासमा रहेका एक अर्का नेपाली समुदायको बिचमा भाईचाराको सम्बन्ध प्रगाढ रहने र हाम्रो पुर्खो देखि चलिआएको रितिरिवाज नयाँ पुस्ताले पनि सिक्न पाउने र पुस्तान्तरण हुने भएकोले गर्दा पनि यो कार्यक्रम हरेक वर्ष जापानमा पनि गर्दै आईरहेको अध्यक्ष भिक्टर ठाडा मगरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।
यो भुम्या पर्व नेपाल लगायत विश्वभर छरिएर रहेका मगर समुदायले हरेक वर्ष असारको पहिलो साता मनाउने गर्दछन्। जहाँ मगर समुदायले पुर्ख्यौली पूजापाठ र मौलिक कला संस्कृति प्रस्तुत गर्ने गर्दछन्।
यसैबिच : यस वर्ष नेपाल मगर संघ जापानले भने भुम्या पर्व संगै बाबिक्यू कार्यक्रम आउने जुन महिनाको ७ तारिख आईतबारको दिन टोकियो स्थित खासाई रिन्काई पार्कमा गर्न लागेको नेपाल मगर संघ जापानका महासचिव सागर थापाले जानकारी दिनुभयो।
उहाँका अनुसार उक्त दिन कार्यक्रममा टोकियो आसपासमा बस्दै आउनु भएका र जापानमा भएका सबै प्रवासी नेपालीलाई समय मिलाएर उपस्थित भैईदिन अनुरोध गर्नु भएको छ।
साथै कार्यक्रममा उपस्थित हुँदा सके सम्म संस्कृति झल्किने भेषभूषासहित आईदिईन अपिल गर्नु भएको छ।
कार्यक्रम हुने मिति र स्थान तल उल्लेख गरिएको छ।
कार्यक्रम : भुम्या पर्व तथा बाबिक्यू (BBQ)
मिति : जुन ७ तारिख आईतबारको दिन
समय : बिहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म
ठेगाना : खासाई रिन्काई पार्क / 134-0086 Tokyo to Edogawa ku Rinkaicho 6-2

टोकियो,मंसिर,२-जापानको राजधानी टोकियोमा चर्चित लोकरक ब्याण्ड नेपथ्यले सांगीतिक कन्सर्ट गरेको छ।
हजारौंको संख्यामा उपस्थित दर्शकलाई नेपथ्यले आफ्ना लोकप्रिय गीतमार्फत मनोरञ्जन प्रदान गरेका हुन्।
मंगलबार बेलुकी टोकियो स्थित टोकियो डमको तोयोसु पिट हलमा दुईवटा म्युजिक भिडियो र १६ वटा गीत गाएर दुई घन्टा भन्दा बढी अवधि प्रस्तुति दिएका थिए।
कन्सर्टको सुरुवातमा नै ‘घिनिनिनि, तिनिनिनि, तिनिनिनि ,घिनिनिनि’ बाट प्रस्तुति सुरु गरेको नेपथ्य लोकरक ब्याण्डले आफ्नो चर्चित चर्चीत गितहरु ‘भेंडाको ऊनजस्तो’, ‘मैं नाचें छमछमी’, ‘रेशम’, ‘तालको पानी’ गाउँदै हलभरी दर्शकलाई झुमिझुमी छमछमी नचाएका थिए।

गाउँदा गाँउदै विच विचमा संगितमा झुमिरहेका दर्शक संग गायक अमृत गुरुङले आफ्नो तीन दशकभन्दा लामो यात्राको अनुभव सुनाउदै भन्नुभयो,तपाईंहरुको यो मायाले गर्दा आज नेपथ्य ब्याण्डले टोकियोमा दोस्रो पटक सांगितीक प्रस्तुती दिईरहेका छौं।
उहाँले विगत सम्झिदै “भन्नुभयो” सांगितिक यात्राको क्रममा साथीहरुबीच मिलन बिछोड सम्मका अनेकौ यादहरु रहेको बताउदै “उन्नुभयो” तपाईहरु विदेशमा अध्ययन, रोजगारीको लागि आउनु भएको छ।यहाँको सिप र धन सम्पती कमाएर आफ्नो देशलाई नभल्नु है,भन्दै सबैलाई स्मरण उराउनु भएको थियो।
उहाँले विच विचमा चर्चित गितहरु ‘आँगनैभरि हिउँ नै झरे, आरु फूल टिपि राखे है’ गाँउदै दर्शकलाई नचाउदै फेरी अनुभव साट्दै तपाईहरु विभिन्न कारणले यहाँ आईपुग्नु भएको छ।
नेपालमा अझै हजारौं मान्छेले शिक्षा पाएका छैनन्, उपचार पाएका छैनन्,तपाईहरुको एक दिनको कमाई भएनी नेपालमा भएका त्यस्ता व्यक्तीलाई सहयोग गर्नुहोला है भन्दै हलबाटै सबैलाई आग्रह गर्नुभयो।
नेपथ्यको देश प्रति चिन्ता ।।
अनुभव साट्दै गित गाउदै नचाउदै गर्दा नेपथ्य ब्याण्डले देश प्रति पनि उत्तिकै चिन्ता प्रकट गरेको छ।
भर्खरै भएको जेन्जी आन्दोलनलाई सम्झिदै“भन्नुभयो” अबको परिवर्तन भनेको चुनावबाटै गर्न सकिन्छ।तपाईहरु पढे लेखेको मान्छे हुनुहुन्छ,चुनावमा भोट हाल्दा आफू नगए पनि आफ्नो घर परिवार र छर छिमेकिलाई राम्रो मान्छे चुन्नको लागि अपिल गर्न आग्रह गर्नुभयो।
उहाँले फेरी दोहोर्याएर भन्नुभयो देश सम्वृद्ध र परिवर्तन बनाउनु छ,भने त्यो भनेको एउटा मात्र विकल्प चुनाव नै रहेको बताउनुभयो।

अन्तिममा उपस्थित दर्शकलाई देशभक्ती प्रती प्रेरित गर्न राष्ट्रिय गित ‘रातो र चन्द्रसूर्य’ गाउँदा उपस्थित सबै दर्शकले छातीमा हात राखेर गाउन बाध्य भए जुन गितले देशप्रतिको माया र देशभक्ती बन्न अझै प्रेरित गरेको त्यो हलमा गुञ्जयमानले बताईरहेको थियो।
गायक अमृत गुरुङले कन्सर्टको विट मार्दै “भन्नुभयो” यो हिमालयन देशलाई या भनौं रातो र चन्द्र सुर्य अंकित झण्डालाई सहिल्यै झुक्न नदिनुहोला।
हाम्रो पुर्खाजहरुले आर्जेको देशलाई कहिल्यै नभल्नुहोला, भन्दै बर्मा र भुटानबाट लखेटिनु परेका नेपाली नागरिकको विगतलाई स्मरण गर्दै यस्ता कुराहरु विश्वमा भवितव्य आईपर्ने हुन्छ,त्यसैले हामीले पुर्खाले बनाएको देशलाई कहिल्यै भुल्न नहुने भन्दै दर्शकलाई सजक गराउनुभयो।
यसैबिच: टोकियोमा आज भएको कन्सर्टमा गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामाले, किबोर्डमा सुरज थापाले, बेस गितारमा सुविन शाक्यले, र गितारमा निरज गुरुङले र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
]]>
टोकियोमा आईतबार बसेको नेपाल मगर संघ जापानको पछिल्लो कार्यसमितिको प्रथम पुर्ण बैठकले दुर्लभ सारु मगरलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
नेपाल मगर संघ जापानको विगतको कार्यसमितिमा नरहे पनि उहाँले समाजलाई गर्दै आईरहेको सहयोग र भुमिकालाई मध्यनजर गर्दै प्रवक्ताको जिम्मेवारी दिएको नेपाल मगर संघ जापानका अध्यक्ष भिक्टर ठाडा मगरले जानकारी दिनुभयो।
अध्यक्षका अनुसार समाजको गतिविधिलाई वृहत रुपमा संचालन गर्न दुर्लभको भुमिका महत्वपूर्ण रहने संघको विश्वास छ।
उहाँ विगत लामो समय देखिनै संञ्चारकर्मीमा आवद्ध भईसकेको व्यक्ती हुनाले गर्दा नेपाल मगर संघलाई अझै फाईदा हुने अपेक्षा राखेर नै हामीले प्रवक्ताको जिम्मेवारी दिएको बताउनुभयो।
यसैविच : नेपाल मगर संघ केन्द्रिय समिति जापानको नयाँ कार्यसमितिको पुर्ण बैठकले अन्य रिक्त रहेको पदमा सदस्य मनोनित गरेपछि २०२५ देखि २०२७ सम्मको २ वर्षे कार्यकालका लागि चयन गरिएको नयाँ कार्यसमितिले पनि पुर्णता पाएको संघका महासचिव सागर थापाले जानकारी दिनुभयो।

नेपाल मगर संघ केन्द्रिय समितिमा मोनोनीत हुने सदस्यहरु
संरक्षक : श्री ठानु राना मगर
वरिष्ठ सल्लाहकार : श्री नविन थापा मगर
सल्लाहकारहरु
श्री ओम काउचा मगर
श्री रामहरी खपाङ्गी मगर
श्री प्रेम प्रकाश रोका मगर
श्री लक्ष्मण घर्ती मगर
श्री चन्द्र पुन मगर
श्री गंगा घर्ती मगर
श्री नर बहादुर जुग्जाली मगर
श्री मिना पुन मगर
श्री प्रितम पुन मगर

यस्तै
प्रवक्ता : श्री दुर्लभ सारु मगर
साँस्कृतिक संयोजक : श्री विकाश फगामी मगर
सदस्यहरुमा
श्री घनश्याम राना मगर
श्री आकाश पुन मगर
श्री सुजन थापा मगर
श्री धरमेन्द्र बुर्जा मगर लगायत मनोनीत भएका हुन् ।
यसैगरी:नेपाल मगर संघ जापानले आगामी दिनमा जापानमा रहेका प्रवासी नेपालीमाझ आफ्नो नेपालको रितिरिवाज, चालचलन, भेषभुषा, भाषा संस्कृती जगेर्ना गर्नको लागि नबिर्सिऊन भन्ने उद्देश्यले साँस्कृतिक र सामाजीक कार्यहरु वार्षिक क्यालेण्डर बनाएर गर्ने भएको छ।
आउदै गरेको माघे संक्रान्ती पर्व,गत वर्ष जस्तै गरि यसवर्ष पनि जापानभरी नै मनाउन लागेको हुनाले त्यसको तयारीका लागि अहिल्यै देखि नै जुटेको संघले जनाएको छ।
]]>
टोकियो,असोज,१५-नागोयामा फुटसल टुर्नामेण्ट हुने भएको छ।
नागोया नेप्लिज फुटबल क्लब (NNFC) ले प्रवासमा रहेका फुटबल खेलप्रमी नेपाली समुदायमा फुटबल खेल मार्फत भाईचाराको सम्बन्धलाई अझ प्रगाढ राखौं भन्ने मुख्य उद्देश्यका साथ फुटसल टुर्नामेण्टको आयोजना गर्न लागेको क्लवका अध्यक्ष रोशन गुरुङले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।
उहाँका अनुसार नागोयामा रहेको नेपाली रेष्टुरेण्ट नेपाल स्टेशनका मालिक सागर ढकाल ज्यूले प्रायोजीत गर्नु भएको फुटसल टुर्नामेण्ट यहि आउँदो नोभेम्बर महिनाको १ तारिख शनिवारका दिन नागोया स्थित युबी टोकाई फुटसल क्लबको खेल मैदानमा टुर्नामेण्ट हुने बताउनुभयो।
“अध्यक्ष गुरुङले भन्नुभयो” आगामी नोभेम्बर १ तारिख हुने टुर्नामेण्टका लागि हामिले टिम दर्ता खुल्ला गरिसकेका छौं र समय मै आफ्नो टिम दर्ता गरी सहयोग गरीदिन सबैमा अपिल गर्दछौं।
त्यसैगरि नागोया नेप्लिज फुटबल क्लब (NNFC) ले आयोजना गर्न गईरहेको टुर्नामेण्टमा सहभागि हुने टिमलाई दर्ताको लागि ४ मान दस्तुर तोकिएको छ।
उक्त टुर्नामेण्टमा विजेता टिमले नगद ४ लाख ११ हजार १ सय ११ येन सहित ट्रफि र मेडल पाउने छ भने उपविजेता टिमले नगद २ लाख ११ हजार १ सय ११ येन तथा ट्रफि र मेडल पाउने छ।
यस्तै उत्कृष्ट गोलकर्ता, उच्च गोलकर्ता र प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच,पाँच हजार जापानीज येन सहित ट्रफी पाउने आयोजकले जनाएको छ।
टिम दर्ताका लागि आयोजक टिमको नाम रहेको जापान पोष्ट (JP) बैंकको खाता नम्बरमा जम्मा गर्नु पर्ने छ।
खातामा नाम : NNFC名古屋 エヌエヌエフシーナゴヤ
खाता नम्बर : 12040-05721681 ( रहेको छ।)
खेलको बारेमा विस्तृत जानकारी र ठेगाना हेर्न परे तल दिएको सम्पर्क नम्बरमा फोन गर्न सक्नु हुनेछ।
रोशन गुरुङ : ०९०-९५७४-८१५२
नवराज क्षेत्री :०७०-९३१२-३२४५
बबिन घले : ०७०-२४३५-४७४३
खेल हुने स्थान :
VENUE: UB TOKAI FUTSAL CLUB
AICHI KEN TOYOTA SHI KOSHIDOCHO HIGASHIKOSASA 60 (056-43-0506)

टोकियो,भदौ,२२-नेपाल मगर संघ जापानको २२ औं केन्द्रीय महाधिवेशन आउदो अक्टोबर ११ तारिख शनिबारका दिन हुने भएको छ।
संघले आफ्नो २१ औं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै टोकियो स्थित ईकेबुकुरोमा रहेको तोशिमा वार्ड प्रदर्शन कला केन्द्रको सभाहलमा अधिवेशन गर्न लागेको हो।
सन् १९९५ मा स्थापना भएको नेपाल मगर संघ जापानले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै तिन दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको नेपाल मगर संघ जापानका केन्द्रीय महासचिव भिक्टर ठाडा मगरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।
जापानभरी मगर संघले आफ्नो ६ शाखा विस्तार गरिसकेको छ,भने सेन्दाईमा पनि क्षेत्रिय समितिको चाडैँ विस्तार गर्ने तयारी भैई रहेको जनाएको छ।
यसैविच : नेपाल मगर संघ जापान क्षेत्रिय समितिको अधिवेशनले गुम्मा केनको अध्यक्ष पदमा बालकृष्ण पुर्जा मगर लाई चयन गरेको छ भने क्षेत्रिय समिती सिजोउका केनको अध्यक्षमा शोभा पुर्जा मगर यस्तै क्षेत्रिय समिति तोकाई (नागोया) को अध्यक्ष पदमा रोशन थापा मगर चयन हुनु भएको थियो।
यसगरी : क्षेत्रिय समिती कान्साई ( ओसाका )को अध्यक्षमा पूर्ण गर्बुजा मगर लाई चयन गरेको छ भने क्षेत्रिय समिती क्युस्यु (फुकुओका) केनको अध्यक्ष पदमा युकेश राना मगर र क्षेत्रिय समिती ओकिनावामा अध्यक्ष पदमा राम बहादुर थापा मगर लाई चयन गरिएको नेपाल मगर संघ जापानका केन्द्रिय समितिका महासचिव भिक्टर ठाडा मगरले जानकारी दिनुभयो।
यस संघले स्थापनाकाल देखी नै आफ्नो मुख्य पर्वहरु माघे संक्रान्ती लगायत नेपाली संस्कृती झल्किने विभिन्न सांगितिक कार्यक्रम तथा सामाजीक कार्य गर्दै आईरहेको छ।
संघको २२ औं केन्द्रीय अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न शाखाका अध्यक्ष, पदाधिकारीहरु एवं सदस्यहरु, संस्था सम्बद्ध सल्लाहकारहरु, विभागीय प्रमुखहरु, खेलाडीहरु, संस्थाका समस्त शुभचिन्तक, मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई गरिमामय उपस्थितिको लागी आयोजकले अनुरोध गरेको छ।
नेपाल मगर संघ केन्द्रिय समितीको महाधिवेशन हुने स्थान र समय तालिका तल उल्लेख गरिएको छ।
स्थान :Tokyo to Toshimaku Higashi Ikebukuro 4-5-2 Toshima Ward Performing Arts Center
]]>
गुन्मा,जापान,भाद्र,१५-जापानको गुन्मामा नेपाल फेस्टिवल हुन लागेको छ।गुन्मा प्रिफेक्चरको ओइजुमी माचीमा आउँदो सेप्टेम्बर ६ र ७, २०२५ मा आयोजना हुने “संयुक्त प्रथम नेपाल फेस्टिवल २०२५” भव्य तयारीका साथ अन्तिम चरणमा पुगेको छ।
“अनेकतामा एकता, नेपाली कला, संस्कृत र पहिचानलाई विश्व समुदायमाझ चिनाउने हाम्रो प्रतिबद्धता” भन्ने मूल नारा सहित आयोजना गर्न लागिएको यस महोत्सव सुरु हुन अब ५ दिन मात्रै बाँकी रहेको आयोजक समितिले जानकारी गराएको छ।
यस फेस्टिवलको आयोजना गर्नुको मुख्य उद्देश्य जापानमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सहकार्य, एकता र सामाजिक आत्मीयता विस्तार गर्नुका साथै नेपाली भाषा, कला, संस्कृति, परम्परा र पहिचानलाई प्रवर्धन गर्दै विदेशीहरूमाझ चिनाउनु रहेको छ।
फेस्टिवल गुन्मा केनमा सक्रिय १० वटा नेपाली संघ-संस्थाहरूको संयुक्त पहलमा आयोजना गर्न लागिएको हो।फेस्टिवलमा विविध सांस्कृतिक प्रस्तुतिहरू,स्वादिष्ट नेपाली परिकार, प्रदर्शनी तथा सामुदायिक मेलमिलापका गतिविधिहरू रहनेछन्।
फेस्टिवलमा चर्चित नेपाली कलाकारहरु निर्जला गुरुङ, सुर्य खड्का, चेतन घर्ती, रितु थापा , दिपा थापा , कर्मदोङ तामाङ, सोनम कहानी, रविना राई,दावा के शेर्पा, सुवास मोक्तान ,सोनु मगर ,सविना मगर लगायत चर्चित जापानीज गायिका कोटो मारिया को विशेष प्रस्तुति रहनेछ भने नेपाली पन्चे बाजा र विभिन्न संघ संस्था हरु एवंम एकल जातीय संस्थाहरुको उत्कृष्ट झाँकी समेत प्रस्तुत गरिने छ।
यसैगरी,नेपाली संगीत क्षेत्रलाई अन्तराष्ट्रिय स्तरमा पुऱ्याउँदै आएको लोकप्रिय ब्याण्ड “कन्दरा” ले गुन्मामा पहिलोपटक आफ्नो लाइभ शो प्रस्तुत गर्नेछ। Hong Kong Pokhara, Tagaroma Rumal Rakha जस्ता चर्चित गीतका कारण नेपाली मनमा बस्न सफल कन्दरा फेस्टिवलको मुख्य आकर्षण हुने अपेक्षा गरिएको छ।
यो फेस्टिवलले प्रवासमा रहेका नेपालीको कला, संस्कृति, खानपान र पहिचानलाई उजागर गर्ने विश्वास आयोजकले लिएको छ।
नेपाल फेस्टिवलमा जापानमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा विदेशी मित्रहरूलाई कार्यक्रममा उपस्थित भई नेपाली कला-संस्कृति र परम्पराको स्वाद लिन आयोजक समितिले हार्दिक निमन्त्रणा गरेको छ।
फेस्टिवल हुने स्थान
स्थान: Izumi no Mori, Oizumi machi, Gunma
मिति: सेप्टेम्बर ६ र ७, २०२५
समय: बिहान १०:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म