
WordCamp US 2026 is here! Watch daily recordings on YouTube
वर्डप्रेस चिन्नुहोस्
विश्वभरका लाखौँ वेबसाइटहरूको रोजाइमा परेको खुला स्रोत प्रकाशन मञ्च — स्रष्टाहरू, साना व्यवसाय र ठूला उद्यमहरूसम्मका लागि।


डिजाइन
लचकदार डिजाइन उपकरणहरू र ब्लकहरू को शक्तिको प्रयोग गरेर कुनै पनि वेबसाइट सिर्जना गर्नुहोस्। खाली क्यानभासबाट सुरु गर्नुहोस् वा थिम छान्नुहोस्। कुनै पनि कोडको आवश्यकता बिना प्रत्येक विवरण कस्टमाइज गर्नुहोस्।

बनाउनुहोस्
तपाईँले सामग्री थप्दा, सम्पादन गर्दा र पुनःक्रमबद्ध गर्दा समेत, तपाईँको साइट वास्तविक समयमा कस्तो देखिन्छ भन्ने हेर्नुहोस्—सबै कुरा व्यवस्थापन गर्न सहज सम्पादन र एकीकृत सुविधाहरू सहित।

विस्तार गर्नुहोस्
आफ्नो साइटलाई आफ्नो आवश्यकता अनुरूप बनाउनुहोस्। पसल, एनालिटिक्स, न्युजलेटर, सामाजिक मिडिया एकीकरण थप्नुहोस्; वृहत् प्लगिन लाइब्रेरी मार्फत पूर्ण नियन्त्रण प्राप्त गर्नुहोस्।
वर्डप्रेस ७.१ ले स्टाइलिङ
र सम्पादन सजिलो बनाउँछ
Customize block styles responsively across screen sizes and interactive states without CSS. A streamlined media editor that puts the right tools front and center, while Notes now support rich text and @mentions. The admin bar also stays with you across the Site Editor and block editor.

एक प्लेटफार्म, सम्भावनाहरूको ब्रह्माण्ड
संसारभरबाट सुन्दर डिजाइन, प्राविधिक आविष्कार र वर्डप्रेसको असीमित शक्तिलाई हाइलाइट गर्न क्युरेट गरिएका वेबसाइट उदाहरणहरूको सङ्ग्रह पत्ता लगाउनुहोस्।









वर्डप्रेस समुदायलाई भेट्नुहोस्
यस प्रविधिको पछाडि संसारभरका विविध व्यक्तिहरूको सहकार्य र भेला भएको समूह रहँदै आएको छ। हामीले वर्डप्रेस र नवीनतम प्रविधि प्रवृत्तिहरूबारे थप जान्न, उद्योगका अन्य विज्ञहरूसँग जडान हुन, र तपाईँको व्यवसायिक विकासलाई प्रवर्द्धन गर्न नियमित रूपमा कार्यक्रमहरू आयोजना गर्दै आएका छौँ।
हामी खुला स्रोतको भावना र अवरोधबिनै निर्माण, रूपान्तरण र साझा गर्ने स्वतन्त्रताले एकताबद्ध भएका छौँ। सबैलाई स्वागत छ।

आफ्नै लागि निर्माण गर्नुहोस्, तर एक्लै होइन
चाहे तपाईँ एक उद्यमी, व्यावसायिक डेभलपर वा सुरुवाती ब्लगर हुनुहुन्छ, त्यहाँ संसाधन र सिकाउने टुलहरूको लाइब्रेरी तपाईँको लागि तयार छ। साथै, तपाईँसँग सम्पूर्ण वर्डप्रेस समुदायको साथ पनि छ।
सुरु गर्नुहोस्
तपाईँलाई सुरु गर्न आवश्यक सबै चिजहरू फेला पार्नुहोस्, प्लेटफर्म डाउनलोड गर्नुहोस्, होस्टिङ खोज्नुहोस् र अरू पनि — चाहे तपाईँको पहिलो साइट होस् वा ९१ औँ साइट।